Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी: जापान

खबरडबली संवाददाता

टोकियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा घोषित करलाई सहज बनाउने उद्देश्यले भएको वार्तामा ‘प्रगति’ भइरहेको जापानले शनिबार बताएको छ । दुई पक्षबीच ‘सहमतिको बिन्दु’ फेला भने नपरेको जापानी अधिकारीले बताएका छन् । 

अमेरिकाको एक प्रमुख सहयोगी र सबैभन्दा ठूलो लगानीकर्ता जापानमाथि पनि अधिकांश देशहरूमा लगाइएको कर समान १० प्रतिशतको आधारभूत शुल्क लगाउने ट्रम्प प्रशासनले घोषणा गरेको छ । यसबाहेक कार, इस्पात र आल्मुनियममा कडा कर दरको घोषणा गरिएको छ ।

ट्रम्पले अप्रिलको सुरुमा जापानमाथि थप २४ प्रतिशत ‘पारस्परिक’ कर लगाउने घोषणा गरेका थिए । तर पछि जुलाईको सुरुसम्मका लागि अन्य देशहरूलाई जस्तै पनि वार्ताका लागि समय दिएका छन् । जापानले ट्रम्पले घोषणा गरेका सबै कर हटाउन चाहेको छ । अमेरिकाका लागि टोकियोका व्यापार प्रतिनिधि रयोसी अकाजावाले वासिङ्टनमा जापानी पत्रकारहरुसँग भने, “पाँचौं चरणको वार्ताका क्रममा हामीले सम्झौताको दिशामा थप प्रगति गरेका छौँ ।”

उनले भनेका छन्, वार्तामा प्रगति भएको छ तर अहिलेसम्म सहमतिको बिन्दु पत्ता लगाउन सकिएको छैन ।” अकाजावाका अनुसार टोकियोले जतिसक्दो चाँडो सम्झौता गर्ने आशा गरेको छ, तर जुन १५ मा सुरु हुने जी–७ राष्ट्रहरूको शिखर सम्मेलनमा वार्ता जारी रहन सक्छ ।

जापानका प्रधानमन्त्री शिगेरु इशिबा र ट्रम्पले क्यानडामा हुने जी–७ शिखर सम्मेलनको समयमा द्विपक्षीय वार्ता गर्ने योजना बनाएको बताइएको छ । वासिङ्टनको कारमा २५ प्रतिशत कर लगाउने निर्णय टोकियोका लागि पीडादायी छ । सबै जापानी रोजगारीको लगभग आठ प्रतिशत यस क्षेत्रसँग सम्बन्धित छ । 

विश्वको चौथो ठूलो अर्थतन्त्र जापानको अर्थतन्त्र सन् २०२५ को पहिलो त्रैमासिकमा ०.२ प्रतिशतले खुम्चिएको छ, जसले जुलाईमा हुने माथिल्लो सदनको चुनावअघि लोकप्रियता घटिरहेको देखिएका इशिबामाथि दबाब थपेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: