तुलसीपुर। तुलसीपुर उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवम जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले घोषणा गरेको हो ।
नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रममा तुलसीपुर उपमहानगर पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको हो । घोषणा सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि शर्माले बालबालिकाहरुलाई नियमितरूपमा खोप दिएर देशका लागि स्वस्थ्य जनशक्ति तयार हुने बताए । उनले पूर्ण खोप सुनिश्चिताका लागि महिला स्वयम सेविका र स्वास्थकर्मीहरूको महत्वपूर्ण योगदान रहेको बताए।
तुलसीपुर उपमहानगरपालिकाले ६ वर्षदेखि लगातार पूर्ण खोप सुनिश्चितताको घोषणा गर्दै आएको छ । स्वास्थ्यकर्मी, महिला स्वयम सेविका, जिल्ला खोप समन्वय समितिका प्रतिनिधि टोलीले पालिकाका सबै वडाहरूमा पुगेर बालबालिकाले खोप लगाए वा नलगाएको खोजी गरेको थियो । जसमा खोप नलगाएका बालबालिका एउटा पनि नभेटिएको र आंशिक खोप मात्र लगाएका ७ जना बालबालिका भेटिएपछि पुन स् छुटेका खोप लगाइएको पालिकाका जनस्वास्थ्य प्रवर्धनका शाखाका फोकलपर्सन विमल केसीले जानकारी दिए । सात जनालाई खोप दिएपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
तुलसीपुर उपमहानगरपालिकाभित्र नौ हजार ८ सय जना बालबलिकाहरुले खोप लगाएका थिए । पालिकाभित्र ६५ वटा खोप केन्द्र रहेका छन् । खोप केन्द्रमा प्रत्येक महिना खोप कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
घोषणा कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले स्वास्थ्यसँग जोडिएको पूर्ण खोप सुनिश्चितता कार्यक्रमलाई निरन्तरता दिइने बताए। उनले स्वस्थ जनशक्ति तयार भएमात्रै सम्मुन्नन नगर हुने बताए ।
कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका किशोरकुमार शर्माले १३ वटा प्राण घातका रोगबाट बचाउनका लागि बालबालिकाहरूलाई खोप अनिवार्य रहेको बताए। उनले १५ महिना मुनिका सबै बालबालिकाहरूलाई खोप केन्द्रमा पुगेर अभिभावकहरूले सम्पूर्ण खोप दिनुपर्ने बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ८ गते, २०८२ - १६:५७
काठमाडौँ । जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । समानुपातिक प्रदेशसभा सदस्य उनीविरुद्ध जिल्ला अ...
आषाढ़ ८ गते, २०८२ - १६:३७
बागलुङ। बागलुङको ढोरपाटनमा गत शुक्रवार भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको छ । दुर्घटनामा परी घाइते हुनुभएकी ढोरपाटन नगरपालिका...
आषाढ़ ८ गते, २०८२ - १६:२९
काठमाडौँ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठकले आगामी आर्थिक वर्षका लागि दुई अर्ब ७४ करोड ४१ लाख बजेट पारित गरेको छ । प्रधानमन्त...
आषाढ़ ८ गते, २०८२ - १६:१०
मन्थली । जिल्ला सदरमुकाम मन्थलीसँगै जोडिएको कुनाउरीमा निर्माणाधीन पक्की मोटरेबल पुल भाँचिएको छ । मन्थली नगरपालिका–६ को कुनाउरीको भलुवाखोलाबाट वडा ...
आषाढ़ ८ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक घटे पनि कारोबार रकममा भने निरन्तर सुधार आएको छ ।साताको पहिलो दिन आइतबार ३२ अंकले नेप्से घट्दा ९ अर्ब...
आषाढ़ ८ गते, २०८२ - १५:३४
काठमाडौँ । नेपालमा चौथो पटक एमपक्स (मङ्की पक्स) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले नेपाला चौथोपटक एमपक...
आषाढ़ ८ गते, २०८२ - १५:२९
काठमाडौं । संघीय संसद् भवन, नयाँबानेश्वरमा रहेको क्यान्टिन माथिको छतबाट एक जना कामदार मर्मतको काम गर्दागर्दै खसेका छन् । उनलाई अहिले सिभिल अस्पतालम...
आषाढ़ ८ गते, २०८२ - १५:२२
काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको एमालेका सांसद सूर्यबहादुर थापाले कांग्रेसबाट सरकारमा नेतृत्व गरिरहेका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिं...
आषाढ़ ८ गते, २०८२ - १५:१४
अमेरिकालाई अन्तर्राष्ट्रिय नियम उल्लङ्घनका लागि जवाफदेही ठहराउन माग
आषाढ़ ८ गते, २०८२ - १५:०३
चितवन। मुग्लिन-मलेखु सडकखण्डको चार वटा पुलमा आरसिसी बिम (गर्डर) राख्ने काम आज बिहान सम्पन्न भएको छ । यससँगै आजबाट रातिको समयमा सडक आवागमन नरोकिने भएको...
प्रतिकृया लेख्नुहोस्: