Khabar Dabali २१ बैशाख २०८३ सोमबार | 4th May, 2026 Mon

विष्फोटक पदार्थको व्यवस्था नहुँदा सडक निर्माण रोकियो

खबरडबली संवाददाता

हुम्ला। सिमकोट हिल्सा खण्डको सडकको विकल्पका रूपमा निर्माण सुरु भएको तुम्कोट रङ्गिफुङ हुँदै कोङगुम्वाबाट हिल्साम्मको सडकको निर्माणको काम रोकिएको छ । कडा चट्टानी क्षेत्रमा सडक निर्माण गर्नुपर्ने र तर हालसम्म विष्फोटक पदार्थको व्यवस्था हुन नसकेको कारण काम अगाडि बढ्न नसकेको हो । 

१५ दिनदेखि तुम्कोट रङ्गिफुङ हुँदै कोङगुम्वाबाट हिल्सासम्मको सडकको निर्माण कार्य रोकिएको निर्माण कम्पनी साङ्गे निर्माण सेवाका प्रतिनिधि गोविन्द लामाले बताए। आर्थिक वर्षको अन्त्यतिर आए पनि विष्फोटक पदार्थको व्यवस्था हुन नसक्दा काम रोक्नु र विनियोजित बजेट फिर्ता पठाउनुको विकल्प निर्माण कम्पनीसँग नभएको उनले बताए । 

विष्फोटक पदार्थको सिफारिसका लागि जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको टोली सडक निर्माणस्थलमा एक महिना अगाडि पुगेर विष्फोटक पदार्थ आवश्यक पर्ने सिफारिस गरेको थियो । सो विष्फोटक पदार्थका लागि गृहमन्त्रालयबाट सिफारिस भइसकेको र अहिले नेपाली सेनामा पुगेर रोकिएको उनले बताए । बल्ल हुम्लाबाट विष्फोटक पदार्थको फाइल हुम्लाबाट जुम्ला गएको र जुम्लाबाट सुर्खेत हुँदै काठमाडौँ पुगेपछि अनुमति आउने जानकारी आएकोले काम गर्न कठिन भएको उनले बताए। 

चार हजार ६७० मिटर उचाईको नारा लेकको सडकको वैकल्पिक मार्गको रूपमा यो सडकको निर्माण कार्य सुरु गरिएको हो । कडा चट्टानी क्षेत्र भएको कारण विष्फोटका लागि चार सय वटा होल खोप्ने कार्य भएको भएपनि हालसम्म विष्फोटक पदार्थको व्यवस्था हुन नसक्दा निर्माण कार्य रोकिएको हो । मित्र राष्ट्र चीनको सिमाना जोड्ने सिमकोट हिल्सा सडकलाई बाह्रै महिना सञ्चालनमा ल्याउन र दुरी समेत छोटो पार्न नाम्खा गाउँपालिका– ५ को तुम्कोटबाट हिल्सासम्म वैकल्पिक मार्ग निर्माण गर्न लागिएको हो ।  

२०८२ साल वैशाख ८ गते यो सडकको निर्माणका लागि नाम्खा गाउँपालिकाले निर्माण कम्पनीसँग सम्झौता गरेको थियो । यसका लागि यो आर्थिक वर्षमा ८० लाख बजेटको व्यवस्था गरिएको छ । अर्कोतर्फ लिमीको तीलको तैजुङबाट हिल्सातर्फ पनि सडक निर्माण हिल्सा सिमकोट सडक योजनाले निर्माण सुरु गरेको छ । यो सडक निर्माणलाई अब  बर्सेनि निरन्तरता योजनाले जनाएको छ । 

योजनाले यो वर्ष दुई करोड १५ लाख लागतमा सडकको निर्माण सुरु गरेको छ । नारा लेकमा हिमपात जम्ने भएको कारण पाँँचदेखि छ महिना सडक हिउँदे याममा बन्द हुने गर्छ । हिल्सा सिमकोट सडक योजनाले बर्सेनि हिउँ फाल्नका लागि बजेट खर्च गर्दै आएको छ । त्यसैगरी हिमपहिरोको कारण सडक पनि भत्किदै आएको छ । यसलाई बर्सेनि मर्मत गर्नु परिरहेको छ ।

हाल निर्माण सुरु भएको सडकको उचाई तीन हजार १५० मिटर उचाई रहेको छ । यो खण्डको सडक निर्माण भए सधै हिउँ नजम्ने र बाह्र महिना सडक सुचारु हुने नाम्खा गाउपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले बताए। अर्को कुरा तुम्कोट नारा हिल्सा सडक ३७ किलो मिटर लम्बाई रहेको छ भने यता तुम्कोट रङ्गिफुबाट हिल्सासम्म जम्मा २७ किलो मिटर लम्बाई रहेको छ । यस हिसाबले साढे दस किलो मिटर सडक पनि छोटो हुने छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिले फिर्ता पठाए

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाएका छन्। राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसा...

राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सातौँ अध्यादेश जारी गरेका छन्। उनले आइतबार ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३’ जारी गरेका हुन्। य...

सम्पत्ति शुद्धीकरण मुद्दामा रामबहादुर बम्जनले पाए सफाइ

काठमाडौं । सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जन ले सफाइ पाएका छन्। जिल्ला अदालत सर्लाहीले उनलाई आरोप पुष्टि हुन नसकेको ठहर गर्दै सफाइ दिएको हो। ...

बाँकेको खजुरा बजारको सडक फराकिलो बनाउन माग गर्दै हस्ताक्षर सङ्कलन

नेपालगन्ज। स्तरोन्नतिको चरणमा रहेको नेपालगन्ज–गुलरिया सडक खण्डको खजुरा बजार क्षेत्रको सडक फराकिलो बनाउन माग गर्दै स्थानीयबासीले दवाव दिन हस्ताक्षर सङ्...

अब बाँकी रहेका कम्युनिस्ट शक्तिहरूलाई पनि एकताबद्ध गर्नेछौँ - प्रचण्ड

रुकुम पश्चिम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्तिको सपना अझै पूरा नभएको बताएका छन्।...

ढाकामा नेपालका १० फोटोपत्रकार सम्मानित

काठमाडौँ। बङ्गलादेशको राजधानी ढाकामा आयोजित ‘इम्पेरियल फोटो जर्नालिस्ट अप्रिसिएसन अवार्ड २०२६’ बाट नेपालका १० जना फोटोपत्रकार सम्मानित भएका छन् । ब...

स्थानीय चुनावका लागि रास्वपाको नयाँ मापदण्ड: ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ उत्तीर्ण गर्नुपर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बन्न चाहने सदस्यहरूका लागि नयाँ योग्यता मापद...

रवि लामिछानेको उद्योगी व्यवसायीलाई आश्वासन - डर–त्रासमा नपर्न आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी व्यवसायीहरूलाई डर–त्रासमा नपर्न आग्रह गरेका छन्। आइतबार निजी क्षेत्रक...

घाउमा इन्फेक्सन भएपछि ओलीको भेटघाट बन्द, अझै १०-१५ दिन सुरक्षित बस्ने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को हाल राजनीतिक भेटघाट नियन्त्रित गरिएको छ। हालै पत्थरीको शल्यक्रिया गरेका उनी ...

स्वतन्त्र र जिम्मेवार प्रेस नै लोकतन्त्रको आधारस्तम्भ - सञ्चारमन्त्री

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले स्वतन्त्र प्रेसबिना सुशासन, पारदर्शिता र जनविश्वास मजबुत हुन नसक्ने बताएका छन् । ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending