काठमाडौँ। विज्ञान प्रविधि तथा शिक्षा मन्त्री रघुजी पन्तले माध्यमिक तहसम्मको शिक्षाको जिम्मा पालिकालाई दिने गरी सरकारले तयारी गरिरहेको बताएको छन्।
बिहिबार काठमाडौँको गोकर्णेश्वर नगरपालिकास्थित आरुबारीमा अवस्थित अरुणोदय माध्यमिक विद्यालयको हीरक महोत्सव समारोहमा प्रमुख अथितिको आशनबाट मन्त्री पन्तले सो कुरा बताएको हो।
उनले विद्यार्थी संख्या न्यून रहेका विद्यालय गाभेर शिक्षक र विद्यार्थीको संख्या पूरा गर्ने र यसबाट आर्थिक भार पनि कम पर्ने भन्दै यसका लागि पालिकाले पनि सघाउनुपर्ने बताए।
यसैगरी मन्त्री पन्तले एक महिनाभित्र विद्यालय शिक्षा ऐन जारी हुने र शिक्षक समायोजन तथा विद्यालय गाभ्ने प्रक्रिया पनि सुरु गरिने बताएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा गोकर्णेश्वर नगरपालिका–९ का वडाध्यक्ष राजिब थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशेष अतिथिको आशनबाट संघीय संसद, अर्थसमितिका सभापति सन्तोष चालिसेले विद्यालयले प्रमाणपत्र मात्र दिएर शिक्षा दिएको नठानिने हुँदा अब सीप र क्षमता दिनुपर्ने बताए।
उनले मुलुकको आवश्यकता अनुसार शिक्षा प्रणालीलाई समयानुकूल परिमार्जन गर्नु आवश्यक रहे पनि नेपालको शिक्षा कहिले बेलायती मोडल र कहिले भारतीय मोडलमा जाँदा यता न उताको भएको भन्दै अब नेपाली मोडलको शिक्षा आवश्यक रहेको बताए।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले विद्यालयमा दरबन्दी कम रहेको, नगरपालिकाले शिक्षाका लागि मात्र वार्षिक तीन करोडभन्दा बढी खर्च गरिरहेको बताउँदै शिक्षा क्षेत्रका समस्या समाधानका लागि मन्त्री पन्तको ध्यानाकर्षण गराए।
समारोहलाई संविधानसभा सदस्य तथा बागमती प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्री रामश्वर फुयाँलले विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो भने पूर्व विद्यार्थी तथा काठमाडौँ( ३ का पूर्व सांसद कृष्णबहादुर राई, गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामा, अरुणोदय पूर्व विद्यार्थी समाजका अध्यक्ष त्रिलोचन पौड्याल लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक, समाजसेवी, शिक्षा क्षेत्रका विविन्न व्यक्तित्वहरुले आफ्नो मन्तव्य राखेको थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३ गते, २०८३ - १३:३३
काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले संघ, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने काममा सरकार केन्द्र...
आषाढ़ ३ गते, २०८३ - १३:२०
काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राई ले नेपालको चिया उद्योगले वार्षिक ठूलो परिमाणमा तयारी चिया निर्यात गरी अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान द...
आषाढ़ ३ गते, २०८३ - १३:०९
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका –३ स्थित लाछुगाउँनजिक कर्णाली राजमार्गको सडक खण्डमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जन...
आषाढ़ ३ गते, २०८३ - १२:५०
वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...
आषाढ़ ३ गते, २०८३ - १२:४८
वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...
आषाढ़ ३ गते, २०८३ - १२:२४
काठमाडौं । प्रतिनिधिसभामा आफ्नो भूमिकामाथि प्रश्न उठाइएपछि सभामुख डोलप्रसाद अर्यालले त्यसप्रति ध्यानाकर्षण भएको बताएका छन्। नेपाली कांग्रेसका सांसद...
आषाढ़ ३ गते, २०८३ - १२:०९
काठमाडौं। नेपाली कांग्रेसले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद चन्द्रमोह...
आषाढ़ ३ गते, २०८३ - ११:५८
फुङलिङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ११ दम्पतीलाई नगदसहित सम्मान गरेको छ । सामाजिक सद्भाव, समानता र जातीय विभेद अन्त...
आषाढ़ ३ गते, २०८३ - ११:४५
खोटाङ। खोटेहाङ गाउँपालिकाले खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा पक्कि पुल निर्माण गर्न जनस्तरबाट पहल सुरु गरेको छ । दुई वर्षअघिको बाढी...
आषाढ़ ३ गते, २०८३ - ११:३४
काठमाडौँ । काठमाडौँको कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने तथा बढी भाडा असुल्न खोज्ने ३५ जनालाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका ट...



प्रतिकृया लेख्नुहोस्: