उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– ३, भुल्केमा रहेको सामुदायिक सर्पदंश उपचार केन्द्रमा पटक/पटक विद्युत् कतौती हुँदा बिरामी मारमा परेका छन् । विद्युत् नहुँदा विभिन्न प्रजातिका विषालु सर्पको डसाइबाट पीडितहरू उपचार समयमै नहुँदा रेफर हुनुपर्ने बाध्यता भएपछि बिरामीहरू मारमा परेका हुन् ।
सामुदायिक सर्पदंश उपचार केन्द्रका सचिव यदुप्रसाद ढकालले विद्युत् कटौती हुँदा गम्भीर प्रकृतिका बिरामी आसियूमा राखी भेन्टिलेटरको सहयोगमा उपचार गराउनुपर्ने भएपछि रेफर गर्नुपर्ने बाध्यत भएको बताए । उनले भने, ‘विद्युत् कटौती कहिले घण्टौँसम्म हुन्छ, कहिले दुई दिनसम्म आउँदैन । सदरमुकाम गाईघाटमा आएको विद्युत् त्रियुगा नदीपारि यो भुल्केमा नआउँदा समस्या भएको छ ।’
उनले हिजोको गएराति (आइतबार) देखिगएको विद्युत् (आज) सोमबारसम्म नआउँदा गम्भीर प्रकृतिको एकजना बिरामी विराटनगर पठाउनुपरेको बताए । उनले भने, ‘त्यसपछि विद्युत् प्राधिकरण गाईघाटका प्रमुख, प्रमुख जिल्ला अधिकारीलगायत विभिन्न सराेकारवालालाई खबर गर्यौँ । अहिलेसम्म विद्युत् आएको छैन ।’ अहिले सामान्य प्रकृतिका तीनजना बिरामी उपचार गराइरहनुभएको छ। अब विद्युत् नआए र बिरामीको अवस्था जटिल देखिएको खण्डमा विराटनगर पठाउनुको विकल्प छैन ।’
उनले गएको हप्ता मात्र विद्युत् कटौतीकै कारण पाँचजना बिरामी विराटनगर पठाउनुपरेको जानकारी दिँदै भने, ‘यस सामुदायिक उपचार केन्द्रमा गम्भीर प्रकृतिका बिरामीको १५ दिनसम्म राखेर उपचार गर्दा महँगोमा ३५ सय पर्छ । सामान्य प्रकृतिका बिरामीको सस्तोमा उपचार हुँदा एक हजार मात्र पर्छ । यहाँबाट विद्युत् कटौतीकै कारण विराटनगर पठाउनुपरेपछि सर्वसाधारण मारमा पर्ने गरेका छन् ।’
विद्युत् प्राधिकरण गाईघाट प्रमुख माधवप्रसाद यादवले हावाहुरी, चट्याङको समस्याले विद्युत् कटौती भइरहेको जानकारी दिए। उनले भने, ‘भुल्के क्षेत्रमा नियमित विद्युत् उपलब्ध गराउने गरी काम भइरहेको छ। त्यस क्षेत्रमा धेरै फल्ट हुने गरेकाले समस्या आएको हो । आज पनि फल्टको काम भइरहेको छ । काम सकिएपछि भुल्के क्षेत्रमा विद्युत् पुग्छ ।’
गएको २०८१ वैशाखदेखि २८ जेठ २०८२ सम्म गरी पाँच सय ५० बिरामी भुल्केको सामुदायिक सर्पदंश उपचार केन्द्रमा भर्ना भएका थिए । त्यसमध्ये विद्युत् कटौतीकै कारण पाँचजनासहित गरी जम्मा नाैजना विराटनगरलगायत विभिन्न अस्पताल रेफर गरिएको र एकजनाको मृत्यु भएको जानकारी सामुदायिक सर्पदंश उपचारको तथ्यंक रहेको छ । सर्पको डसाइबाट बिरामी हुनेहरूमा घाँस–दाउरा गर्ने सर्वसाधारण रहेका छन् ।
गाईघाट क्षेत्रमा चुरे वनसँग जोडिएको छ । यस क्षेत्रमा विशेष गरेर विषालु सर्पमा गोमन, बैरी करेत, हिमाली करेत, घोड करेत पाइने गरेको छ । त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका, कटारी नगरपालिका, उदयपुरगढी गाउँपालिका, रौतामाई गाउँपालिका र खोटाङमा सर्पको डसाइबाट बिरामी परेकाहरूको उपचार केन्द्र सामुदायिक सर्पदंश उपचार केन्द्र भुल्के हो । नेपाली सेनाको १८ नम्बर बाहिनीअन्तर्गत रहेको फिल्ड एम्बुलेन्स गुल्मको सहयोगमा सञ्चालन रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २० गते, २०८२ - २०:३५
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार कतारको दोहामा जारी ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा अपाङ्गता भएका व्यक्तिहरुक...
कार्तिक २० गते, २०८२ - २०:२७
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टीमा ३० वर्षमुनिका युवाको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका छन् । कांग्रेस ...
कार्तिक २० गते, २०८२ - २०:१३
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले आगामी कात्तिक २२ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । नेपालको संविधानको धारा...
कार्तिक २० गते, २०८२ - २०:०८
चितवन । कारागार कार्यालय भरतपुरबाट भागेका वन्यजन्तु अपराधका १६ जना कैदीबन्दी हालसम्म फर्किएका छैनन् । तीमध्ये १२ जना दुर्लभ एकसिङ्गे गैँडा चोरीशिकारका...
कार्तिक २० गते, २०८२ - २०:०४
काठमाडौं । नेपाल वायुसेवा निगमको संचालक समितिको अध्यक्षको जिम्मेवारी निगमकै उपाध्यक्ष विक्रम राई र प्रवक्ताको जिम्मेवारी निगमका कर्पोरेट डाईरेक्टर अनि...
कार्तिक २० गते, २०८२ - १९:४७
काठमाडौं । विभिन्न १० वटा वामपन्थी पार्टीको एकताबाट गठन भएको ‘नेपाली कम्युनिष्ट पार्टी’ले नेतृत्व विकास र हस्तान्तरणको वैज्ञानिक विधि स्थापित गर्दै पा...
कार्तिक २० गते, २०८२ - १९:३९
काठमाडौंं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा. रामवरण यादवबीच बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटवार्ता भएको छ । भे...
कार्तिक २० गते, २०८२ - १९:३२
काठमाडौंं । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग चार विकेटले पराजित भएको छ । दुबईस्थित आइसिसी एकेडेमी...
कार्तिक २० गते, २०८२ - १९:२६
पर्वत । उमेरले ७३ वर्ष पार गरे पनि जोशजाँगर भने लक्काजवानको भन्दा कम छैन पर्वतको मोदी गाउँपालिका–२ कोरुङ्गाका टीकाराम तिमिल्सिनाको । बिहान उठेदेख...
कार्तिक २० गते, २०८२ - १९:२४
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको तिनचुलेको बराह तालमा प्रकृतिलाई खुसी पार्न तोरन तारिएको छ...




प्रतिकृया लेख्नुहोस्: