उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– ३, भुल्केमा रहेको सामुदायिक सर्पदंश उपचार केन्द्रमा पटक/पटक विद्युत् कतौती हुँदा बिरामी मारमा परेका छन् । विद्युत् नहुँदा विभिन्न प्रजातिका विषालु सर्पको डसाइबाट पीडितहरू उपचार समयमै नहुँदा रेफर हुनुपर्ने बाध्यता भएपछि बिरामीहरू मारमा परेका हुन् ।
सामुदायिक सर्पदंश उपचार केन्द्रका सचिव यदुप्रसाद ढकालले विद्युत् कटौती हुँदा गम्भीर प्रकृतिका बिरामी आसियूमा राखी भेन्टिलेटरको सहयोगमा उपचार गराउनुपर्ने भएपछि रेफर गर्नुपर्ने बाध्यत भएको बताए । उनले भने, ‘विद्युत् कटौती कहिले घण्टौँसम्म हुन्छ, कहिले दुई दिनसम्म आउँदैन । सदरमुकाम गाईघाटमा आएको विद्युत् त्रियुगा नदीपारि यो भुल्केमा नआउँदा समस्या भएको छ ।’
उनले हिजोको गएराति (आइतबार) देखिगएको विद्युत् (आज) सोमबारसम्म नआउँदा गम्भीर प्रकृतिको एकजना बिरामी विराटनगर पठाउनुपरेको बताए । उनले भने, ‘त्यसपछि विद्युत् प्राधिकरण गाईघाटका प्रमुख, प्रमुख जिल्ला अधिकारीलगायत विभिन्न सराेकारवालालाई खबर गर्यौँ । अहिलेसम्म विद्युत् आएको छैन ।’ अहिले सामान्य प्रकृतिका तीनजना बिरामी उपचार गराइरहनुभएको छ। अब विद्युत् नआए र बिरामीको अवस्था जटिल देखिएको खण्डमा विराटनगर पठाउनुको विकल्प छैन ।’
उनले गएको हप्ता मात्र विद्युत् कटौतीकै कारण पाँचजना बिरामी विराटनगर पठाउनुपरेको जानकारी दिँदै भने, ‘यस सामुदायिक उपचार केन्द्रमा गम्भीर प्रकृतिका बिरामीको १५ दिनसम्म राखेर उपचार गर्दा महँगोमा ३५ सय पर्छ । सामान्य प्रकृतिका बिरामीको सस्तोमा उपचार हुँदा एक हजार मात्र पर्छ । यहाँबाट विद्युत् कटौतीकै कारण विराटनगर पठाउनुपरेपछि सर्वसाधारण मारमा पर्ने गरेका छन् ।’
विद्युत् प्राधिकरण गाईघाट प्रमुख माधवप्रसाद यादवले हावाहुरी, चट्याङको समस्याले विद्युत् कटौती भइरहेको जानकारी दिए। उनले भने, ‘भुल्के क्षेत्रमा नियमित विद्युत् उपलब्ध गराउने गरी काम भइरहेको छ। त्यस क्षेत्रमा धेरै फल्ट हुने गरेकाले समस्या आएको हो । आज पनि फल्टको काम भइरहेको छ । काम सकिएपछि भुल्के क्षेत्रमा विद्युत् पुग्छ ।’
गएको २०८१ वैशाखदेखि २८ जेठ २०८२ सम्म गरी पाँच सय ५० बिरामी भुल्केको सामुदायिक सर्पदंश उपचार केन्द्रमा भर्ना भएका थिए । त्यसमध्ये विद्युत् कटौतीकै कारण पाँचजनासहित गरी जम्मा नाैजना विराटनगरलगायत विभिन्न अस्पताल रेफर गरिएको र एकजनाको मृत्यु भएको जानकारी सामुदायिक सर्पदंश उपचारको तथ्यंक रहेको छ । सर्पको डसाइबाट बिरामी हुनेहरूमा घाँस–दाउरा गर्ने सर्वसाधारण रहेका छन् ।
गाईघाट क्षेत्रमा चुरे वनसँग जोडिएको छ । यस क्षेत्रमा विशेष गरेर विषालु सर्पमा गोमन, बैरी करेत, हिमाली करेत, घोड करेत पाइने गरेको छ । त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका, कटारी नगरपालिका, उदयपुरगढी गाउँपालिका, रौतामाई गाउँपालिका र खोटाङमा सर्पको डसाइबाट बिरामी परेकाहरूको उपचार केन्द्र सामुदायिक सर्पदंश उपचार केन्द्र भुल्के हो । नेपाली सेनाको १८ नम्बर बाहिनीअन्तर्गत रहेको फिल्ड एम्बुलेन्स गुल्मको सहयोगमा सञ्चालन रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: