Khabar Dabali २४ बैशाख २०८३ बिहीबार | 7th May, 2026 Thu

मृत जन्मको चुनौती : डडेल्धुरा अस्पतालमा २२ शिशुको गर्भमै मृत्यु

खबरडबली संवाददाता

डडेल्धुरा। मृत जन्मको चुनौती कायमै रहेको छ । यस वर्षको वैशाख महिनासम्म डडेल्धुरा अस्पतालमा डेलीभरी हुन पुगेकाहरु मध्ये २२ शिशु मृत जन्मिएका छन् । गत वर्षकोभन्दा यो सङ्ख्या कम भए पनि मृत जन्मदरको चुनौती कायमै रहेको छ ।

आर्थिक वर्ष २०७९/८० मा जन्मेकाहरु मध्ये २४ शिशु मृत जन्मिएका थिए । यो वर्ष दुई हजार १५८ शिशुको जन्म डडेल्धुरा अस्पतालमा भएको थियो । मृत जन्मदरको सङ्ख्या आर्थिक वर्ष २०८०/८१ मा बढेर ३८ पुगेको थियो । यो वर्ष एक हजार ८८१ शिशुको जन्म अस्पतालमा भएको थियो । चालुआर्थिक वर्षको वैशाख महिनासम्म एक हजार ६२८ शिशुले डडेल्धुरा अस्पतालमा जन्म लिएका छन् । यस वर्षका दुई महिना बाँकी रहेकाले मृत जन्मदरको सङ्ख्या बढ्न सक्ने स्वास्थ्य कार्यालय डडेल्धुराका कार्यालय प्रमुख केशर साउदले बताए ।

उहाँका अनुसार मृत जन्मदरको चुनौती देशैभर छ । अस्वास्थ्यकर खानपिन, समयमै चेकजाँच नहुनु मृत जन्मदरको मुख्य चुनौती रहेको छ । प्लासेन्टको मुख्य चुनौती रहेको उहाँको भनाइ छ । प्लासेन्टबाट बच्चाले अक्सिजन पाउने हो । उहाँले भन्नुभयो, ‘‘बच्चा जन्मिनुभन्दा पहिले नै पाठेघरको भित्ताबाट प्लासेन्ट छुट्टिक्रम चाँडो सुरु हुन्छ र बच्चाले अक्सिजन पाउदैन । एउटा कारण यो हो ।’’

महिलाहरु लाई हुने विभिन्न संक्रमणका करण पनि मृत जन्म हुने उनको भनाइ छ । कतिपयमा जन्मजातका विकृतिहरु हुने हुन्छन । उनले भने, ‘‘मुटु, मष्तिस्कलगायतका भागहरु राम्रोसँग विकसित भएका हुँदैनन् । यस्तो अवस्था भयो भने जन्मिने क्रममा वा गर्भ रहेको २० हप्ता पछाडि बच्चाको मृत्यु हुने सम्भावना धेरै हुन्छ ।’’

प्लासेन्ट र बच्चाको नाभिमा जोडिएको कम्व्लिकलकर्ड भन्ने एउटा पाईप हुन्छ । कहिलेकहीँ त्यो पाईप बच्चाको घाँटीमा बेरिने सम्भावना हुने र बच्चालाई सप्लाइ हुने अक्सिजन नपुगेपछि पनि बच्चाको मृत्यु हुने उनले बताए । धेरै कारणहरु हुन्छन । उनले भने, ‘‘३०–५० प्रतिशत थाहा नै नभइ मृत्यु भएको भन्ने छ ।’’

गर्भवती आमाको स्वास्थ्यका हिसाबले पनि बच्चाको मृत्यु हुने उनले बताए। आमामा उच्च रक्तचाप, सुगर, थाईराइडलगायतका विभिन्न रोगको सङ्क्रमण छ भने पनि बच्चाको मृत्यु हुनसक्ने अवस्था रहेको उनले बताए । कतिपय आमाहरुले मद्यपान, धुम्रपान गर्ने लगायत वातावरण प्रदूषण र घरबाट निस्कने धुवालेसमेत पेटभित्रै बच्चाको मृत्यु हुन सक्ने उनको भनाइ छ ।

समयमै पहिचान गर्नसक्यो भने मृत जन्मदर रोक्न सकिने उनले बताए। आमाको स्वास्थ्य कस्तो छ रु बच्चाको स्वास्थ्य उमेर अनुसार वृद्धिविकास भएको छ वा छैन भनेर अल्ट्रासाउण्ड गरिनुपर्दछ । उनले भने, ‘‘आठ पटक स्वास्थ्य जाँच गराउनु पर्दछ । ग्रामिणभेगमा पनि रुलर अल्ट्रासाउण्ड गरिन्छ । एएनसी जाँच भन्ने हुन्छ । अल्ट्रासाउण्ड गर्दा कस्तो ठाउँमा डेलीभरी गराउने भन्ने जानकारी हुने भएकाले मृत जन्मदर कम गर्न सकिने उनले बताए ।’’ 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जबर्जस्ती करणी आरोपमा बहालवाला वडाध्यक्ष पक्राउ

जुम्ला। जुम्लाको पातारासी गाउँपालिका–५ का बहालवाला वडाध्यक्ष दत्तबहादुर बुढा जबर्जस्ती करणी आरोपमा पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय जुम्ल...

मेरो नाम जोडेर नियोजित रूपमा ‘फेक न्युज’ फैलाइयो, कानूनी उपचार खोज्ने छु: रास्वपा सांसद खरेल

काठमाडौं । पूर्व सञ्चारमन्त्री तथा रास्वपा सांसद जगदीश खरेलले आफ्नोविरुद्ध नियोजित रूपमा गलत प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन्। सामाजिक सञ्जालम...

साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने व्यावसायिक जहाजलाई सुरक्षा एस्कोर्ट उपलब्ध गराउने महत्त्वाकांक्षी नौस...

सर्लाहीमा बस र मोटसाइकल जुध्दा चालकको मृत्यु

सर्लाही। बाँके–सङ्ग्रामपुर सडकअन्तर्गत सर्लाहीको हरिपुर्वा नगरपालिका–९, खीला गाउँनजिक बिहीबार बस र मोटरसाइकल जुध्दा एक युवकको मृत्यु भएको छ ।  दुर्...

परराष्ट्रमन्त्रीसँग सार्क महासचिवको भेट

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव मोहम्मद गोलाम सरवारले उनको कार्यकक्षमा शिष्टाचार भेट ...

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति प्रक्रिया अघि बढ्यो

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि सिफारिस प्रक्रिया अघि बढाउन लोकसेवा आयोगका अध्यक्ष...

जमलमा एसएलआरका ६ राउन्ड जिउँदो गोली फेला, अनुसन्धान जारी

काठमाडौं । काठमाडौं महानगरपालिका–२७ स्थित जमल क्षेत्रमा एसएलआर बन्दुकका ६ राउन्ड जिउँदो गोली फेला परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्य...

सिन्धुलीमा जन्ती बोकेको बलेरो दुर्घटना हुँदा पाँच जना घाइते

सिन्धुलीमाढी। मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका–१, राँगेमा बिहीबार बिहान जन्ती बोकेको डबलक्याप बलेरो दुर्घटना हुँदा पाँच जना घ...

ठमेलको सार्वजनिक कमलपोखरी मासेर बनाइएको छायादेवी कम्प्लेक्स भत्काउन माग गर्दै प्रदर्शन

काठमाडौं । ठमेलस्थित सार्वजनिक कमलपोखरी मासेर निर्माण गरिएको छायादेवी कम्प्लेक्स तत्काल भत्काउन माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ। बिहीबार सम्प...

विदेश उपचार खर्च फिर्ता गराउनुपर्ने मागसहित पूर्वभिआईपीविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं । राज्यका पूर्व विशिष्ट पदाधिकारीहरूले विदेशमा गरेको उपचार खर्च गैरकानुनी रूपमा राज्यकोषबाट भुक्तान गरिएको भन्दै उक्त रकम फिर्ता गराउनुपर्ने ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending