काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले देशभित्रको निराशा चिर्दै नयाँ पुस्तालाई जागृत गर्नु आवश्यक रहेको बताएको छन्।
नेपाल प्रज्ञा प्रतिष्ठानको ६८ औँ जन्मोत्सवको अवसरमा काठमाडौँमा आयोजित कवि गोष्ठी तथा स्वास्थ्य शिविर कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले युवापुस्तामा देखिएको पलायनको मनस्थिति रोक्न जरुरी रहेको बताए।
‘केही हुँदैन यो देशमा’ भन्ने भाष्यले युवा पुस्तामा निराशा थपिएको उल्लेख गर्दै मन्त्री पाण्डेले साहित्यको माध्यमबाट समेत उनीहरुमा जागरण ल्याउन जरुरी रहेको बताए।
उनले नेपालमा गृहयुद्ध वा वाह्य शत्रुताको खतरा नरहेको कारण कोही पनि निराश हुनुपर्ने आवश्यकता नरहेको बताए।
उनले भने, ‘नयाँ पुस्तालाई अहिले जगाउनु एकदमै जरुरी छ। उनीहरु पलायन हुने मनस्थितिमा छन्। हामीले बडो निराश बनाएका छौँ। यो देशमा केही हुँदैन भनिरहेका छौँ। यो निराशालाई चिर्ने कुरामा हामीले नयाँ पुस्तालाई जागृत गर्नु जरुरी छ। हाम्रो देश ढलेको छैन, युद्धको चपेटामा परेर चौपट भएको छैन।धार्मिक पर्यटन, सांस्कृतिक पर्यटन तथा प्राकृतिक पर्यटनका धेरै सम्भावना छन्।’
मन्त्री पाण्डेले धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनका असीमित सम्भावना रहेको र तिनको समुचित सदुपयोग गर्न समन्वयात्मक क्षमताको विकास आवश्यक भएको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र ११ गते, २०८२ - १६:४०
अमेरिका । कृत्रिम बुद्धिमत्ता (एआई)ले अमेरिकामा २२ देखि २५ वर्ष उमेर समूहका कर्मचारीलाई विस्थापित गर्न थालेको छ र सन् २०२२ को अन्त्यदेखि एआई(सम्बन्धित...
भाद्र ११ गते, २०८२ - १६:२३
बैतडी। जिल्ला सदरमुकाम नजिक इश्वरीगङ्गाधान जाने बाटो नजिक जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । ब...
भाद्र ११ गते, २०८२ - १६:१४
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर पक्राउ परेका छन् । विद्युतीय अपराधको उजुरीका आधारमा बुधबार काठमाडौं जिल्ला अदालतले महरविरुद्ध पक्रा...
भाद्र ११ गते, २०८२ - १६:०९
काठमाडौं । नेकपा एमाले केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बझाङ निवासी रश्मिला धामीले गाली बेइज्जती तथा चरीत्रहत्या सम्बन्धी ...
भाद्र ११ गते, २०८२ - १५:५६
हुम्ला । हुम्ला सदरमुकाम सिमकोटस्थित काठेचुलीमा जीप ब्रेक फेल भएर दुर्घटना भएको छ । बुधबार दिउँसो १ लु।प्र–०१–००१ज०२८२ नम्बरको जीप ब्रेक फेल भएर सि...
भाद्र ११ गते, २०८२ - १५:४९
काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कोरिया सरकारले नेपालमा इपिएस (EPS) कार्यक्रम सन्चालन गरी नेपाली युवाहरुलाई रोजगार...
भाद्र ११ गते, २०८२ - १५:१८
संयुक्त राष्ट्र। इजरायली सैन्य कारबाही सुरु भएयता गाजा सिटीमा हजारौं मानिस घरबार विहीन भएका छन् । संयुक्त राष्ट्रका मानवीय सहयोगकर्ताले मंगलबार यस्तो ...
भाद्र ११ गते, २०८२ - १५:०७
काठमाडौं । काठमाडौं महानगरपालिकाको ज्यादतीबिरुद्ध कबाड व्यवसायीले आज (बुधबार) तेस्रो दिन पनि आन्दोलन जारी राखेका छन् । भृकुटीमण्डपबाट शुरु भएको कबाड व...
भाद्र ११ गते, २०८२ - १५:००
सिड्नी। अस्ट्रेलियाको उपभोग्य वस्तु तथा सेवाको मूल्यवृद्धि दर सन् २०२५ को जुलाई महिनामा २ दशमलव ८ प्रतिशत पुगेको छ, जुन पछिल्लो एक वर्षको सबैभन्दा उच्...
भाद्र ११ गते, २०८२ - १४:४५
वासिङ्टन। अमेरिकी विशेष दूत स्टिभ विटकफले राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइट हाउसमा ‘ठूलो बैठक’ को अध्यक्षता गर्नुहुने घोषणा गरेको छन् । बैठकमा...
प्रतिकृया लेख्नुहोस्: