खोटाङ । खोटाङका दुई गाउँ ६ दिनदेखि अन्धकार बनेका छन्।विद्युत आपूर्ति बन्दहुँदा रावा बेसी गाउँपालिका–४ डुम्रेधारापानीका दुई गाउँ अन्धकार बनेका हुन्।जेठ ३१ गतेदेखि दुई गाउँका करिब १ सय १० घर अन्धकारमय बनेको स्थानीय एवं धारापानी माध्यमिक विद्यालयका शिक्षक शेरबहादुर बस्नेतले बताए।
जेठ ३१ गते चट्याङसहित आएको पानीले उक्त क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको थियो।त्यसयता आजसम्म विद्युत नआएको शिक्षक बस्नेतले बताए।पानी रोकिएपछि जेठ एक गतेदेखि अन्य ठाउँमा विद्युत आए पनि डुम्रेधारापानीको साविक ६ र ७ नम्बर वडा धारापानी र डाँडागाउँमा विद्युत आएको छैन्।सामुदायिक विद्युतका प्राविधिकले विद्युतको ट्रासफर्मर बिग्रीएको आशंका गरेका थिए।तर, के कारण विद्युत बिग्रीएको भन्नेसमेत थाहा नभएको स्थानीयको भनाइ छ ।
रावा बेसी गाउँपालिकाको वडा नम्बर १ कुभिण्डे, ४ डुम्रेरापानी, ५ दुवेकोल र ऐसेलुखर्क गाउँपालिकाका ज्यामिरे र महेश्वरी दुवेकोल सामुदायिक विद्युत अन्तरगत रहेका छन्।सामुदायिकको आग्रहमा विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रकाका प्राविधिक असार ५ गते गएर परीक्षण गर्दा ट्रासफर्मर बिग्रीएको पाइएको छ।विद्युत बिग्रीनुको कारण थाहा पाउन ६ दिन लागेको र बनिन कति दिन लाग्छ भन्ने टुंगो नभएको स्थानीय बताउछन्।
दिक्तेल वितरण केन्द्रका प्रमुख सोवित कुमार क्षेत्रिका अनुसार दुवेकोल सामुदायिक अन्तरगत रहेकाले उक्त ट्रासफर्मर सोही संस्थाले बनाउनु पर्ने हुन्छ।हाल दिक्तेलमा पनि अतिरिक्त ट्रासफर्मर नभएका कारण तत्काल उक्त क्षेत्रमा विद्युत बाल्न सक्ने सम्भावना नरहेको उनको भनाइ छ।विराटनगरमा ट्रासफर्मर बनाउन पठाएकाले शनिबारसम्ममा आइपुग्ने दिक्तेल वितरण केन्द्रका प्रमुख क्षेत्रिले बताउनुभयो।प्रमुख क्षेत्रिका अनुसार धारापानीका नागरिक अझै केही दिन अन्धकारमा बस्न बाध्य हुने देखिन्छ ।
दुवेकोल सामुदायिक विद्युतका अध्यक्ष लिलानाथ निरौलाका अनुसार आफुहरुले वितरणको विद्युत मात्र हेर्ने गरेको र मुख्य विद्युत लाइन प्राधिकरणकै जिम्मामा रहेको छ।जसकारण ट्रासफर्मर प्राविधकरणकै जिम्मामा भएकाले विद्युत आपूर्ति धेरै दिन बन्द भएको अध्यक्ष निरौलाको भनाइ छ।तर प्राविधकरणका प्रमुखका अनुसार बिग्रीएको ट्रासफर्मर सामुदायिकलेनै बनाउनु पर्ने हुन्छ।
प्राविधकरण र सामुदायिकको दोहोरो कुराले उपभोत्ता भने मारमा परेका छन्।उक्त क्षेत्रका उपभोक्ताहरु प्राविधकरणमै जोड्नु पर्ने आवाज पनि उठाउदै आएका छन्।सामुदायिकमा रहदा विद्युत बिग्रीदा समयमै नबन्ने, बढी महसुल तिर्नु पर्ने बाध्यतामा आफुहरु रहेको स्थानीय उपभोक्ताहरुले गुनासो गर्दै आएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २७ गते, २०८३ - ११:५९
दार्चुला। दार्चुलामा पानीघट्टाको कुलोमा चिप्लिएर लड्दा एक प्रहरी जवानको मृत्यु भएको छ। गएराति करिब १० बजेतिर नौगाड गाउँपालिकास्थित होपरीगाड प्रहरी चौक...
जेष्ठ २७ गते, २०८३ - ११:२९
काठमाडौं । नेकपा एमालेले आर्थिक विधेयकमा करका दर हेरफेर गरिएको विषयमा संसदीय छानबिन गर्न माग गरेको छ। एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले अर्थ मन्त्रा...
जेष्ठ २७ गते, २०८३ - ११:०१
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका करिब २५ लाख किसान आबद्ध भएका छन् । किसानलाई जमिनको विवरण र खेती उत्पा...
जेष्ठ २७ गते, २०८३ - १०:४६
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करका दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित रहेको बताएको छन्। बुधबार बिहान सिंहदरबारमा बसेको सार्वजनिक ल...
जेष्ठ २७ गते, २०८३ - १०:२७
जनकपुरधाम। जनकपुरमा ३३ बिघा छ कट्ठामा फैलिएको जनकपुर चुरोट कारखाना छ तर त्यहाँ चुरोट उत्पादन हुँदैन, मधेश प्रदेशको नीति निर्माण, विकास निर्माण खाका उत...
जेष्ठ २६ गते, २०८३ - १७:४७
जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध पर्सा जिल्ला अदालतमा दायर गरिएको मुद्दामा लगाइएको संगठित अपराधसम्बन्धी ...
जेष्ठ २६ गते, २०८३ - १७:३५
काठमाडौँ। नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा नेतृत्वमा गठित निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलले देशव्यापी रूपमा सुझाव सङ्कलन कार्यक्रम सञ्च...
जेष्ठ २६ गते, २०८३ - १७:१४
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् विस्तार गरेका छन्। आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सुधन गुरुङले गृहमन्त्री तथा महावीर पुनले व...
जेष्ठ २६ गते, २०८३ - १७:०३
तनहुँ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२, देउरालीमा मङ्गलबार दिउँसो कार दुर्घटना हुँदा तीन जना भारतीय पर्यटक घाइते भएका छन् । डुम...
जेष्ठ २६ गते, २०८३ - १६:५९
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–७, गल्छी बजारमा पर्यटक माइक्रो र कार आपसमा ठोक्किँदा सात जना घाइते भएका छन्। मङ्गलबार दिउँ...



प्रतिकृया लेख्नुहोस्: