मस्को । इरानका विदेशमन्त्री अब्बास अराघचीले इरानका प्रमुख आणविक केन्द्रहरूमा अमेरिकाले आक्रमण गरेको ४८ घण्टापछि सोमबार प्रमुख सहयोगी भ्लादिमिर पुटिनसँग ‘महत्वपूर्ण’ भेटवार्ता गर्ने भएको छ ।
मस्को तेहरानको एक महत्वपूर्ण समर्थक हो, तर इजरायलले जुन १३ मा आक्रमणको श्रृङ्खला सुरु गरेदेखि मस्कोले देखिने गरी कुनै सहयोग वा यसका लागि आश्वासन दिएको देखिँदैन तर इरानमा भएका आक्रमणप्रति असहमति र आलोचना जनाउँदै आएको छ ।
रुसले इजरायली र अमेरिकी आक्रमणको निन्दा गरे पनि उसले सैन्य सहयोगको प्रस्ताव गरेको छैन र केही महिनाअघि तेहरानसँग भएको रणनीतिक साझेदारी सम्झौताअन्तर्गत आफ्नो दायित्वलाई बेवास्ता गरेको छ । “यो नयाँ खतरनाक परिस्थितिमा रूससँग हाम्रो परामर्श निश्चित रूपमा ठूलो महत्वको हुन सक्छ,” मस्कोमा अवतरण पछि रुसी सरकारी मिडियाले अराघचीलाई उद्धृत गर्दै भनेको छ ।
इरानविरुद्ध संयुक्त राज्य अमेरिका र यहुदी शासनको सैन्य आक्रमणपछि क्षेत्रीय र अन्तर्राष्ट्रिय घटनाक्रमका बारेमा अराघचीले रुसका राष्ट्रपति र अन्य वरिष्ठ अधिकारीहरूसँग परामर्श गर्ने इरानी सरकारी समाचार संस्था आइआरएनए (इरना)ले आइतबार जनाएको छ ।
पुटिनले सुरुमा आफूलाई इरान र इजरायलबीचको सम्भावित मध्यस्थकर्ताको रूपमा प्रस्तुत गरेका थिए तर शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रेमलिन नेताको भूमिकाको विरोध गरेपछि उनले ‘सुझावहरू दिइरहेको’ मात्र बताएका थिए । सेन्ट पिटर्सबर्गमा आयोजित एक आर्थिक मञ्चमा पुटिनले भने, ’हामी कुनै पनि रूपमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न खोजिरहेका छैनौं ।”
उनले भने, “यदि उनीहरु दुवै पक्षका लागि आकर्षक भए भने हामी खुसी मात्र हुनेछौँ ।” रुसको विदेश मन्त्रालयले शनिबार अमेरिकी आक्रमणलाई ‘गैरजिम्मेवार’ भन्दै निन्दा गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - २०:०१
लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...
पौष ४ गते, २०८२ - १९:२७
कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...
पौष ४ गते, २०८२ - १९:२३
ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...
पौष ४ गते, २०८२ - १९:२१
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - १९:१६
सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...
पौष ४ गते, २०८२ - १८:२१
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...
पौष ४ गते, २०८२ - १८:१९
काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...
पौष ४ गते, २०८२ - १८:१६
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...
पौष ४ गते, २०८२ - १८:०३
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...
पौष ४ गते, २०८२ - १८:०१
सिरहा । सिरहाको लहान नगरपालिका– २३ गढिया चोकबाट प्रहरीले कडा खालको मानिने प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित दुईजनालाई पक्राउ गरेको छ। जिल्ला प्रह...




प्रतिकृया लेख्नुहोस्: