Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

पहिचानका मुद्दामा माओवादी

विदुर कटुवाल
विदुर कटुवाल

कोशी प्रदेशमा ‘पहिचान’को मुद्दा पेचिलो बन्दै छ । कोशी प्रदेश नामकरणमा असन्तुष्ट बनेका समूहहरू गोलबन्द हुँदै छन् । पहिचानको आन्दोलनलाई राजनीतिक आन्दोलनका रूपमा अघि सार्ने नेकपा (माओवादी केन्द्र)ले कोशी नामकरणमा भने आफूहरूलाई धोका दिएको पहिचानवादीको आरोप छ । त्यो आरोप लगाउनेमा माओवादी केन्द्रकै सदस्यता लिएकाहरू समेत सक्रिय छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल, धर्म निरपेक्षता, समावेशी र समानुपातिक व्यवस्था माओवादीकै एजेन्डाका रूपमा संविधानमा लिपिबद्ध छन् तर माओवादीले नै अघि सारेको पहिचानसहितको संघीयता अलिखित छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माण गर्न माओवादीको त्याग, तपस्या र बलिदान अकल्पनीय मानिन्छ । पहिचानको सवालमा माओवादी प्रस्ट हुँदा पनि धोकाको आरोप भिर्न बाध्य छ ।

देशका सात प्रदेशमध्ये पहिचानका आधारमा मधेस प्रदेश मात्र नामकरण छ । अन्य प्रदेशमा पनि नामकरण हुँदा पहिचानको माग भएका थिए तर त्यस्तो आवाज बुलन्द हुन सकेनन् । कारण, प्रदेशसभामा पहिचानविरोधी राजनीतिक शक्तिहरूको बाहुल्य थियो अर्थात् माओवादी अल्पमतमा थियो । मधेसमा मधेसवादी दलहरूको शक्ति भएकाले मधेस प्रदेश नामकरण दर्ज हुन सफल भयो अनि उसले माओवादीको साथ समेत पाएको थियो ।

माओवादी र पहिचानको मुद्दाको सम्बन्ध नङ र मासुजस्तै थियो र छ । जनयुद्धबाटै पहिचानसहितको संघीयता अभ्यास गरेको माओवादी अहिले पनि पहिचानकै पक्षमा प्रस्ट देखिन्छ । यस विषयमा बुझ्न इतिहास, विचारधारा र व्यवहारसँगै हालको राजनीतिक अवस्थाको गहिरो अध्ययन गर्नुपर्छ ।

जनयुद्धको मुख्य एजेन्डामध्ये एक थियो— जातीय, भाषिक, क्षेत्रीय, लैङ्गिक र वर्गीय विभेदको अन्त्य गर्नु । त्यसका लागि एकात्मक राज्य व्यवस्थाको नेतृत्व गर्ने राजतन्त्रको अन्त्य गर्नु अनिवार्य थियो, जो पूरा भएको छ तर त्यसका अवशेषहरू चलमलाउँदै छन् ।

माओवादी शान्ति प्रक्रियामा आएसँगै संसदीय राजनीतिमा ध्रुवीकरण देखापरे । पहिलो संविधानसभाको निर्वाचन २०६४ मा अहिलेका मुख्य दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)ले विभिन्न भाषा प्रयोग गरेर पहिचानसहितको राज्य पुनर्संरचनाको नारा लगाएका थिए । राज्य पुनर्संरचनामा पहिचानको मुद्दा चर्केकै कारण पहिलो संविधानसभा विघटन भयो । २०६४ मा माओवादी ठुलो दल थियो, जो पहिचानसहितको राज्य पुनर्संरचनाको पक्षमा थियो । एमाले र कांग्रेसमा पहिचानका मुद्दा चुनावी नारा मात्र थिए । उनीहरू पहिचानकै मुद्दाका नाममा संविधानसभा विघटन गर्न चाहान्थे, अन्त्यमा त्यही भयो । 

दोस्रो संविधानसभा (२०७०) को निर्वाचनपछि माओवादी कमजोर भयो, यद्यपि ऊ माओवादी पहिचानसहितको संघीयताको पक्षमा उभियो । एमाले–कांग्रेस भने बहुपहिचानको पक्षमा पुगे । अन्य साना दल पनि पहिचानकै पक्षमा थिए । पहिचानवादी शक्तिका रूपमा माओवादी र अन्य दलहरू खुम्चिए तर संविधान निर्माण गरेर गणतन्त्र संस्थागत गर्नुपर्ने बाध्यता माओवादीमा थियो । 

माओवादी र पहिचानको मुद्दाको सम्बन्ध नङ र मासुजस्तै थियो र छ । जनयुद्धबाटै पहिचानसहितको संघीयता अभ्यास गरेको माओवादी अहिले पनि पहिचानकै पक्षमा प्रस्ट देखिन्छ । यस विषयमा बुझ्न इतिहास, विचारधारा र व्यवहारसँगै हालको राजनीतिक अवस्थाको गहिरो अध्ययन गर्नुपर्छ ।

प्रदेशको नाम मात्र भए पनि पहिचानमा आधारित हुनुपर्ने आवाज उठेका थिए । प्रदेशको नामकरण गर्ने अधिकार प्रदेशसभालाई छ । त्यही प्रदेशसभामा माओवादीसहितका पहिचानवादी कमजोर छन् तर नाममै विरोध गरेर माओवादी बस्दा यता संघीयता नै खतरामा थियो, आज पनि छ । संघीयतालाई परिमार्जनसहित जनमुखी बनाउनुपर्ने अभियानमा माओवादी छ । त्यसका लागि माओवादी नेतृत्वले एक कदम अगाडि बढेर दुई कदम पछाडि फर्कनुपर्ने नीति लिएको छ ।  त्यही क्रममा प्रदेश १ को नाम कोशी प्रदेश बन्यो, यो एक बाध्यता थियो तर कतिपय पहिचानवादीले माओवादीलाई पहिचानविरोधी बिल्ला भिराए । माओवादी भने संघीयताको एजेन्डालाई संस्थागत गराउँदै अर्को अभ्यासमा लगेर पूरा गर्ने बाटोमा लम्किरहेको देखिन्छ ।

संस्थागत हुँदै पहिचानको मुद्दा

विभिन्न समुदायको सामाजिक, सांस्कृतिक, भाषिक, भौगोलिक, ऐतिहासिक तथा राजनीतिक विशिष्टताको मुद्दा पहिचान अन्तर्गत पर्छन् । कुनै पनि समुदायको मौलिक जीवनशैली, परम्परा, भाषा, धर्म र भूगोलसँग जोडिएको इतिहासलाई पहिचानले समेटेको हुन्छ ।

हाम्रो सन्दर्भमा हिजो एकात्मक राज्य व्यवस्थाका कारण विभिन्न समुदायको पहिचान मेटिने अवस्था थियो । हाम्रोजस्तो बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुकमा एक भाषी र धर्म विशेषले मात्रै राज्यका सबै तहमा प्रभुत्व जमाउँदा अन्य समुदाय उत्पीडनमा थिए । पहिचानकै आधारमा सात प्रदेश बन्न नसके पनि अहिले संघीयताबाट पहिचानका सम्बन्धमा सानातिना अभ्यास जारी छन् । राजतन्त्र कालमा संकटमा परेका विभिन्न जातजाति तथा समुदायकोे भाषा, रीतिरिवाज तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन सुरु भएका छन् । ऐतिहासिक रूपमा उत्पीडनमा परेका वर्ग तथा समुदाय समावेशिता र आरक्षणको नीतिबाट राज्यको मूल धारमा आइरहेका छन् । यसले प्रस्ट पार्छ कि पहिचानको मुद्दा संस्थागत हुँदै छ ।

पहिचानको मुद्दालाई कमजोर बनाउन २०६४ यता बुर्जुवा वर्ग सक्रिय छन् । पहिचानको चर्को नारा दिएर माओवादीलाई विभाजनकारीको आरोप पनि लगाए, फलतः माओवादीले दोस्रो संविधानसभाको निर्वाचनमा पराजय भोग्नुपर्‍यो । त्यसको मार पहिचानवादीले अहिले पनि भोगिरहेका छन् । अन्य दलको कुरा छाडेर माओवादीमा मात्र हेर्दा हुन्छ, गैरजनजातिलाई ‘अन्ध’ जनजातिले पहिचानविरोधी देख्छन्, जुन प्रवृत्ति माओवादीभित्र मनोरोगका रूपमा विकास हुँदै गएको छ । यसले पहिचानको आन्दोलनलाई संकटमा पार्न सक्छ । अर्कोतिर हिन्दु दर्शनले प्रेरित अर्को समूहले रणनीतिक रूपमा पहिचानवादीलाई जातको नाम दिएर भ्रम छरिरहेको छ । पहिचानवादीका अगुवाहरू पहिचानका नाममा स्वार्थसिद्ध गरिरहेका छन् । यस्तै सुधारवादी नारा लगाउने राष्ट्रिय स्वतन्त्र पार्टी पहिचानको पक्ष वा विपक्षमा खुलेको देखिँदैन । आवश्यकता अनुसार बोलेको देखिन्छ, अर्थात् रास्वपाबाट पहिचानको मुद्दा खतरामा छ । यस्तो अवस्थामा पहिचानको मुद्दालाई स्थापित गर्न सच्चा पहिचानवादीहरु सुझबुझका साथ काम अघि बढ्नुपर्नेछ ।

कार्ल मार्क्र्स र फ्रेडरिक एंगेल्सले लेखेको ‘कम्युनिस्ट घोषणापत्र’ (१८४८) अनुसार समाजमा उत्पीडक र उत्पीडित वर्गबिच स्रोत र साधनका लागि निरन्तर संघर्ष भइरहन्छ । वर्ग संघर्षको सुरुवात निजी सम्पत्तिको उत्पत्तिसँगै भएको हो । तत्कालीन युरोपियन समाजको विभिन्न वर्ग समूहको अध्ययन गर्दै मार्क्र्स–एंगेल्सले मानव इतिहासमा मालिक र दास, सामन्त र भूदास, पुँजीपति (बुर्जुवा) र सर्वहारा वर्ग देखापर्ने र अन्ततः दुई स्वार्थ बोकेका वर्गबिच निर्णायक द्वन्द्व भएर मानव समाज साम्यवादतर्फ अघि बढ्ने वा त्यसतर्फको यात्राको सङ्क्रमणकालीन अवधि समाजवाद हुने भनेका छन् ।

मार्क्सवादी विचाराधारा मान्ने कम्युनिस्ट पार्टी हो माओवादी । मार्क्र्सवादको अन्तिम लक्ष्य स्वतन्त्र र समतामूलक समाज निर्माण गर्नु हो । दक्षिण एसियाली देश नेपाल र भारतमा फरक प्रकारको जातीय उत्पीडन छ । यहाँ जातीय र वर्गीय मुक्तिलाई एउटै सिक्काका दुईपाटाको रूपमा लिन सकिन्छ । तसर्थ वर्गहरूको बिचको विभेद र जातिहरू बिचको विभेदको अन्त्य गर्ने गरी माओवादी जनयुद्ध भएको थियो । यस सवालमा अहिले पनि माओवादी अन्य कम्युनिस्ट पार्टीभन्दा प्रस्ट देखिन्छ । 

नेपालमा वर्ग संघर्षको नाराले मात्रै दलित, मधेसी, जनजाति, महिलाको पीडा सम्बोधन गर्न सक्दैन । त्यसका लागि पहिचानको मुद्दासँगै आर्थिक, राजनीतिक र सामाजिक पक्ष हेरिनुपर्छ । वर्गीय र जातीय संघर्षलाई अलग–अलग होइन अन्तर्सम्बन्धित रूपमा बुझ्नुपर्छ । वर्गीय चेतनाले शोषणको जरासम्म पुर्‍याउँछ अनि पहिचानले त्यसको अनुभव, गहिराइ र सांस्कृतिक आयाम देखाउँछ । 

मार्क्सवादी धारणामा उत्पीडनको मूल कारण वर्गीय संरचना (आर्थिक, सामाजिक–सांस्कृतिक) हुन् । यसैका आधारमा हेर्दा नेपालमा वर्गीय जातीय उत्पीडन छ ।

यतिखेर माओवादीले समाजवादी क्रान्तिको नारा लगाउन थालेको छ । यसको परिमाण हेर्न बाँकी छ तर यहाँ पहिचानको मुद्दा प्रदेशको नाममा मात्रै अड्केको देखिन्छ । अग्राधिकार वा आत्मनिर्णयको अधिकारका कुरा ओझेलमा पर्नु गलत छ ।

माओवादी नेता हरिबोल गजुरेलको पुस्तक ‘मार्क्सवादी दर्शन र जनयुद्ध’मा प्रस्ट रूपमा लेखिएको छ, ‘समाजमा वर्ग उत्पत्तिपछि जातीय समस्या उत्पन्न भएको हो । वर्गको अन्त्य नहुँदासम्म जातीय समस्याको पूर्ण अन्त्य सम्भव छैन । जातीय मुक्ति आन्दोलन वर्गीय मुक्ति आन्दोलन अभिन्न अङ्ग हो । यी दुवै एकअर्काका पुरक हुन् ।’ 

पहिचानका मुद्दाका सन्दर्भमा पहिचानवादी दल र समुदाय स्पष्ट हुनुपर्छ । अन्यथा पहिचानको आन्दोलन नै भ्रमित हुँदै सकिने खतरा निकै निटक देखिन्छ । साभार: राताेपाटी डटकम

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: