कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१०, खल्ला बस्तीका गङ्गाराम चुनारा परम्परागत काठका भाँडाकुँडा बनाउने सीपमा निपूर्ण छन् । बाजेबाट बुबा हुँदै आफूसम्म हस्तान्तरण भएको यो सीप अहिले पनि उहाँको परिवारको मुख्य जीविकाको आधार बनेको छ ।
“बाजेबाट बुबाले सिके, बुबाबाट मैले”, गङ्गाराम सुनाउँछन्, “यो नै परिवार पाल्ने माध्यम हो ।” पहिले फलामका औजारले हातैले बनाइने भाँडाकुँडा अहिले मेसिनबाट उत्पादन गर्न थालिएको छ, तर चुनारासँग आफ्नै मेसिन छैन । उनी अहिले विभिन्न फर्निचर उद्योगमा कामदारका रूपमा गएर परम्परागत भाँडाकुँडा बनाउने काम गर्छन् । एकै ठाउँमा काम नपाउने भएकाले विभिन्न ठाउँमा जानुपर्ने बाध्यता रहेको उनी बताउँछन् ।
दैनिक रु एक हजारदेखि रु एक हजार ५०० सम्म आम्दानी हुने भए पनि कहिले काम नहुँदा आठ जनाको परिवार पाल्न मुस्किल हुने गरेको गुनासो उनको छ । उनले ठेकी, डोक्नी (मसाला पिस्ने काठको भाँडो), गिलास, मादल, अम्खोरा, गजुरजस्ता सामग्री बनाउने गर्नुहुन्छ । प्रति भाँडाकुँडा निर्माणमा रु १०० देखि रु ६०० सम्म पारिश्रमिक पाइन्छ ।
“आफ्नै मेसिन भए सहज हुन्थ्यो”, गङ्गाराम भन्छन्, “तर आर्थिक अभावले किन्न सकिएको छैन ।” पालिका, प्रदेशदेखि सङ्घसम्म मेसिनको लागि सहयोग माग्दा पनि कुनै सुनुवाइ नभएको उनको भनाइ छ । स्थानीय सीपलाई आधुनिकीकरण गर्नुपर्ने आवाज उठाइरहँदा बेवास्ताको चपेटामा परिरहेको उनी बताउँछन् ।
स्थानीय तह र जनप्रतिनिधिले सीपलाई संरक्षण गर्न कार्यक्रम नल्याउँदा पेसा पलायनको अवस्था आएको चुनाराको गुनासो छ । “पुख्र्यौली सीप बोकेका युवाहरू भारतमा दरवान र कुल्लीको काम गर्न बाध्य छन्, कोही पनि यो कार्य चाहँदैनन् यसको कारण जीविका चलाउन मुस्किल छ, पैसा छ, सम्मान र अनुदान छैन”, उनी भन्छन्, “सनबोरा नदी किनारको एक कट्ठा ऐलानी जमिनमा कच्ची घर छ, कमाएको पैसाले घर चल्छ, तर सुरक्षित आवास बनाउन सकिएको छैन ।”
नागरिक अधिकार, सुरक्षित आवास र आत्मनिर्भरताको सवालमा आवाज उठाउँदै आएका राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहार गरी खाने दलित समुदायलाई नजिकको सरकार नगरपालिकाले मेसिन खरिद गर्न अनुदान दिनुपर्ने बताउँछन् ।
“सुरक्षित नागरिक आवास कार्यक्रममा दलित परिवारलाई समेट्दै मेसिनलगायतका आयआर्जन हुने कार्यक्रममा अनुदान दिनुपर्छ, त्यसका लागि आवाज उठाउन तयार छौँ”, उनले भने, “बञ्चितीकरणमा परेका समुदायका आवाज सम्बोधन गर्नका लागि ध्यानाकर्षणपत्र बुझाउने कार्य भएको छ, माग सम्बोधन नभए अधिकारका लागि सङ्घर्ष गर्छौँ ।”
शुक्लाफाँटा–१० का वडाध्यक्ष लालबहादुर ऐरले दलित सीपको संरक्षण र व्यवसायीकरणका लागि वडा तथा नगरपालिकाले पहल लिने बताए । “वडाको बजेटले नपुग्ने भएकाले सङ्घ र प्रदेश सरकारसँग माग गर्छौँ”, उनले भने, “गैरसरकारी संस्थासँगको साझेदारीमा ११ दलित परिवारका लागि आवास निर्माण सम्पन्न भएको छ । छुटेका परिवारका लागि पनि पहल गर्छौँ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: