धादिङबेसी। वर्षा सुरु भएसँगै पृथ्वी राजमार्ग अन्तर्गत पहिरो र भासिने सम्भावना भएका जोखिमयुक्त स्थानहरूको स्थलगत अनुगमन सुरु गरिएको छ ।
अघिल्ला वर्षहरूमा लगातारको वर्षातले पहिरो खसेर वा सडक भासिएर गम्भीर दुर्घटना र धनजनको क्षति भएको थियो । यस वर्ष सावधानीपूर्वक जोखिम न्यूनीकरणको पहलस्वरूप यो अनुगमन अघि बढाइएको हो ।
धादिङ जिल्ला समन्वय समितिको संयोजनमा भएको अनुगमनमा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, सुरक्षा निकायका प्रतिनिधिहरू र नागढुंगा–मुग्लिन सडक विस्तार आयोजनाका अधिकारीहरूको सहभागी थिए ।
टोलीले सडक विस्तार भइरहेको स्थान, त्यहाँ देखा परेका चुनौतीहरू र सुरक्षाका उपायहरूबारे अवलोकन गर्दै आवश्यक निर्णयहरू पनि लिएको छ ।
सम्भावित पहिरो क्षेत्र तथा जमिन भासिने सम्भावना भएका ठाउँहरूमा मनसुन अवधिभर कुनै पनि प्रकारको सडक विस्तार कार्य नगर्ने सहमती भएको जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयो ।
उनले भने, “जहाँ काम भइरहेको छ, त्यहाँ उच्च सतर्कताका साथ सवारी सञ्चालन गर्नु”। विपद् आइपरेको अवस्थामा तत्काल राहत र सहयोग प्रदान गर्न आवश्यक तयारी पूरा गरिएको उनले बताए।
पृथ्वी राजमार्गको भौगोलिक स्वरूपअनुसार स्थान(स्थानमा खोल्साहरू, भीरालो जमिन र पहाडी भू–भाग रहेका कारण बर्खाको समयमा जोखिम बढेको छ। प्रमुख जिल्ला अधिकारी घिमिरेले जोखिमयुक्त क्षेत्रमा सवारी रोक्न र जोखिम पहिचान भएपछि सवारी सञ्चालन गर्न सरोकारवालाहरुलाई निर्देशन दिएका छन् ।
निर्माणाधीन सडकमा रहेका खाल्डाखुल्डीहरु तत्काल पुर्न, नालाहरु बनिरहेको स्थानमा पानी निकासको व्यवस्था मिलाउन विस्तार आयोजनालाई भनिएको छ । सडक संकेत चिन्ह थप गर्न भनिएको र समन्वयमा काम गरिरहेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।
हाल नागढुंगा–नौबिसे खण्ड तथा नौबिसे–मुग्लिन खण्डमा सडक र पुल विस्तारका काम तीव्र रूपमा अघि बढिरहेको छ । तर कमजोर भौगोलिक संरचनाका कारण वर्षातका बेला पकट पटक झरीरहने पहिरो र चट्टान हटाउँदै सवारी सञ्चालन गराउनु चुनौतीपूर्ण रहेको आयोजनाका प्रमुखहरूले बताएका छन् ।
अत्यधिक चापयुक्त राजमार्गमा काम गर्दै सवारी सञ्चालन सुनिश्चित गर्नु कठिन कार्य भएको र यही कारण कामको प्रगति अपेक्षाअनुसार हुन नसकेको उनीहरुको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २ गते, २०८३ - १८:१३
काठमाडौँ। १ असारदेखि भदौ मसान्तसम्म कुनै पनि निकायले विनाअनुमति सडक खन्न नपाउने भएका छन्। वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन लगायतका प्रयोजनका ला...
आषाढ़ २ गते, २०८३ - १७:२४
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको कार्यशैली तथा बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाएको छिन्।...
आषाढ़ २ गते, २०८३ - १७:०५
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ( नेपाली कम्युनिष्ट पार्टीका) का मुख्य सचेतक युवराज दुलालले बजेटमा सांसदहरूले सिफारिस गरेका योजनाहरू स्पष्ट रूपमा न...
आषाढ़ २ गते, २०८३ - १६:४०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा भाइरल भइरहेको आफ्नो एउटा भिडियोबारे स्पष्टीकरण दि...
आषाढ़ २ गते, २०८३ - १६:३३
सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनका वडाध्यक्ष प्रकाशप्रसाद गुप्तालाई प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि सर्लाही जिल्ला अदालतको फैसला ...
आषाढ़ २ गते, २०८३ - १६:२६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन गरिएको छ। अब महाधिवेशन भरतपुरस्थित चितवन उद...
आषाढ़ २ गते, २०८३ - १६:०४
काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि छलफल जारी छ। आजको बैठकमा सांसदहरूले सम्बन्धित मन्त्रालयको...
आषाढ़ २ गते, २०८३ - १५:४८
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा ६ जना मन्त्री उपस्थित भएपछि बैठक सुचारु भएको छ। बजेटमाथि मन्त्रालयगत छलफलका क्रममा मन्त्रीहरूको अनिवार्य उपस्थिति...
आषाढ़ २ गते, २०८३ - १५:३८
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज परिसूचक आज सामान्य गिरावटसहित बन्द भएको छ। साताको कारोबार हुने तेस्रो दिन नेप्से ६.३१ अंकले घटेर २७०५.४५ विन्दुमा पुगे...
आषाढ़ २ गते, २०८३ - १४:५६
काठमाडौँ । अमेरिका–इरान शान्ति सम्झौतापछि स्ट्रेट अफ हर्मुज मार्फत ढुवानी पुन: सुरु गर्न मद्दत गर्न सेना पठनउने विषयमा जापानले अझै निर्णय गरी नसकेको ब...



प्रतिकृया लेख्नुहोस्: