वीरगञ्ज । पर्सा प्रहरीले तीन सय १९ किलोग्राम चरेससहित ट्रक चालकलाई पक्राउ गरेको छ । पर्सा प्रहरीले काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश२–०३–००१ख ६३४८ नम्बरको मालवाहक ट्रकमा लागुऔषध चरेस ल्याउँदै गरेका थाहा नगरपालिका–१२ मकवानपुरका ३६ वर्षे बुद्धिबहादुर स्याङ्तानलाई बुधबार पक्राउ गरेको हो ।
पर्सा प्रहरी प्रमुख गौतम मिश्रले विशेष सूचनाका आधारमा धादिङ जिल्लाबाट लागुऔषध चरेस लोड गरेर आएका चालकलाई वीरगञ्ज महानगर–२१ परवानीपुरबाट पक्राउ गरेको जानकारी दिए ।
“ट्रकको पछाडि सामान बोक्ने भागमा सेतो प्लाष्टिकको बोराभित्र सुनियोजित तरिकाले लुकाइछिपाइ राखिएको अवस्थामा लागुऔषध चरेस फेला पारेका छौँ”, उनले भने, “चालकको साथबाट रु एक लाख ९२ हजारसमेत बरामद गरेका छौँ ।”
चालक स्याङ्तानलाई जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।
लागुपदार्थ कारोबार र दुव्र्यसनले अपराध बढ्दै
महोत्तरी– लागुपदार्थ ओसारपसार र दुव्र्यसनसँगै जोडिएर थप आपराधिक घटना हुने गरेका छन् । महोत्तरीको बर्दिबासमा लागुपदार्थ कारोबार र दुव्र्यसनको कुलतमा लागेकाहरू चोरी, झैझगडासहितका घटनामा भेटिने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।
महोत्तरीको बर्दिबास नगरक्षेत्रमा फाटफुटे चोरीका घटनामा यस्तो कुलतमा लागेका भेटिने गरेका प्रहरी अधिकारीहरूको भनाइ छ । दुव्र्यसनको लतले त्यस्ता पदार्थ किन्न जुटाउन आफ्नै घरका सामान लुकाएर बेच्न र छरछिमेकमा चोरी पनि बढाएको पाइन्छ । लागुपदार्थ किन्ने रकम जुटाउन दुव्र्यसनीले यस्तो चोरी गर्ने गरेका इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक विकास बम बताउँछन्।
बर्दिबास नगरक्षेत्रमा लागुपदार्थ कारोबारी र दुव्र्यसनीको जालो बढ्दै गएको देखिएको छ । चालु आर्थिक वर्षमा यस्ता कारोबारका १९ वटा मुद्दा अदालतमा दर्ता गरिएका प्रहरी नायब उपरीक्षक बमले बताए । जसमध्ये पछिल्ला दुई महिनाभित्रै यहाँ यस्ता कारोबारका १० वटा मुद्दा दर्ता भएका इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।
बर्दिबास पूर्वपश्चिम लोकमार्ग, बिपी राजमार्ग र भारत जोड्ने सम्सी तथा जलेश्वर हुलाकीमार्गको सङ्गम हुँदा पहाड मधेसको सम्पर्क बिन्दु रहँदै आएको छ । कारोबारीले यसै सडक सञ्जालको सुविधा प्रयोग गरी यहीँबाट कारोबार चलाउने गरेका पाइएको इलाका प्रहरी कार्यालय बर्दिबासको निष्कर्ष छ ।
कारोबारीको हिमचिमले यहाँ दुव्र्यसनी बढिरहेका छन् । पछिल्ला केही दिनयता प्रहरीको निगरानीमा विद्यालय पढ्न जाने १६ वर्षमुनिका किशोर पनि यो कुलतमा लागेका पाइएको प्रनाउ बमको भनाइ छ ।
गत आर्थिक वर्षमा गाँजामात्र महोत्तरीमा करिब एक हजार ३०० किलो प्रहरीले बरामद गरेको थियो । यसमा १२ जनाविरुद्ध १० वटा मुद्दा दर्ता गरिएका छन् । गत वर्षको यो आँकडा यसपालि निकै नाघिसकेको छ । चालु आव सुरु भएयता नै हालसम्म लगभग एक हजार ५०० किलो गाँजा बरामद भइसकेको छ ।
यसबाहेक भारतबाट नेपाल भित्रिएका लागुऔषधका गोटी, क्याप्सुल र सिरफसहितको थान सङ्ख्या एक हजार हाराहारी रहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । यसैगरी यसै अवधिमा खैरोहिरोइनसहित पक्राउ परेका घटना पाँच पुगेका छन् ।
लागुपदार्थ कारोबार र दुव्र्यसनले हुने झैझगडाले सुरक्षा चुनौती बढाउनसँगै चोरी पनि बढाएको प्रहरी अधिकारी बताउँछन् । बर्दिबासमा देखिएको यो अवस्था सुरक्षा चुनौतीमात्र नभएर सामाजिक विकृतिसमेत हुँदा यसविरूद्ध सामाजिक सचेतना अभियान जरुरी भएको प्रहरी अधिकारीको निष्कर्ष छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: