Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

तीन सय १९ किलोग्राम चरेससहित ट्रक चालक पक्राउ

लागुपदार्थ कारोबार र दुव्र्यसनले अपराध बढ्दै

खबरडबली संवाददाता

वीरगञ्ज । पर्सा प्रहरीले तीन सय १९ किलोग्राम चरेससहित ट्रक चालकलाई पक्राउ गरेको छ । पर्सा प्रहरीले काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश२–०३–००१ख ६३४८ नम्बरको मालवाहक ट्रकमा लागुऔषध चरेस ल्याउँदै गरेका थाहा नगरपालिका–१२ मकवानपुरका ३६ वर्षे बुद्धिबहादुर स्याङ्तानलाई बुधबार पक्राउ गरेको हो । 

पर्सा प्रहरी प्रमुख गौतम मिश्रले विशेष सूचनाका आधारमा धादिङ जिल्लाबाट लागुऔषध चरेस लोड गरेर आएका चालकलाई वीरगञ्ज महानगर–२१ परवानीपुरबाट पक्राउ गरेको जानकारी दिए । 

“ट्रकको पछाडि सामान बोक्ने भागमा सेतो प्लाष्टिकको बोराभित्र सुनियोजित तरिकाले लुकाइछिपाइ राखिएको अवस्थामा लागुऔषध चरेस फेला पारेका छौँ”, उनले भने, “चालकको साथबाट रु एक लाख ९२ हजारसमेत बरामद गरेका छौँ ।” 

चालक स्याङ्तानलाई जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ । 

लागुपदार्थ कारोबार र दुव्र्यसनले अपराध बढ्दै

महोत्तरी– लागुपदार्थ ओसारपसार र दुव्र्यसनसँगै जोडिएर थप आपराधिक घटना हुने गरेका छन् । महोत्तरीको बर्दिबासमा लागुपदार्थ कारोबार र दुव्र्यसनको कुलतमा लागेकाहरू चोरी, झैझगडासहितका घटनामा भेटिने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

महोत्तरीको बर्दिबास नगरक्षेत्रमा फाटफुटे चोरीका घटनामा यस्तो कुलतमा लागेका भेटिने गरेका प्रहरी अधिकारीहरूको भनाइ छ । दुव्र्यसनको लतले त्यस्ता पदार्थ किन्न जुटाउन आफ्नै घरका सामान लुकाएर बेच्न र छरछिमेकमा चोरी पनि बढाएको पाइन्छ । लागुपदार्थ किन्ने रकम जुटाउन दुव्र्यसनीले यस्तो चोरी गर्ने गरेका इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक विकास बम बताउँछन्। 

बर्दिबास नगरक्षेत्रमा लागुपदार्थ कारोबारी र दुव्र्यसनीको जालो बढ्दै गएको देखिएको छ । चालु आर्थिक वर्षमा यस्ता कारोबारका १९ वटा मुद्दा अदालतमा दर्ता गरिएका प्रहरी नायब उपरीक्षक बमले बताए । जसमध्ये पछिल्ला दुई महिनाभित्रै यहाँ यस्ता कारोबारका १० वटा मुद्दा दर्ता भएका इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

बर्दिबास पूर्वपश्चिम लोकमार्ग, बिपी राजमार्ग र भारत जोड्ने सम्सी तथा जलेश्वर हुलाकीमार्गको सङ्गम हुँदा पहाड मधेसको सम्पर्क बिन्दु रहँदै आएको छ । कारोबारीले यसै सडक सञ्जालको सुविधा प्रयोग गरी यहीँबाट कारोबार चलाउने गरेका पाइएको इलाका प्रहरी कार्यालय बर्दिबासको निष्कर्ष छ ।

कारोबारीको हिमचिमले यहाँ दुव्र्यसनी बढिरहेका छन् । पछिल्ला केही दिनयता प्रहरीको निगरानीमा विद्यालय पढ्न जाने १६ वर्षमुनिका किशोर पनि यो कुलतमा लागेका पाइएको प्रनाउ बमको भनाइ छ । 

गत आर्थिक वर्षमा गाँजामात्र महोत्तरीमा करिब एक हजार ३०० किलो प्रहरीले बरामद गरेको थियो । यसमा १२ जनाविरुद्ध १० वटा मुद्दा दर्ता गरिएका छन् । गत वर्षको यो आँकडा यसपालि निकै नाघिसकेको छ । चालु आव सुरु भएयता नै हालसम्म लगभग एक हजार ५०० किलो गाँजा बरामद भइसकेको छ । 

यसबाहेक भारतबाट नेपाल भित्रिएका लागुऔषधका गोटी, क्याप्सुल र सिरफसहितको थान सङ्ख्या एक हजार हाराहारी रहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । यसैगरी यसै अवधिमा खैरोहिरोइनसहित पक्राउ परेका घटना पाँच पुगेका छन् ।

लागुपदार्थ कारोबार र दुव्र्यसनले हुने झैझगडाले सुरक्षा चुनौती बढाउनसँगै चोरी पनि बढाएको प्रहरी अधिकारी बताउँछन् । बर्दिबासमा देखिएको यो अवस्था सुरक्षा चुनौतीमात्र नभएर सामाजिक विकृतिसमेत हुँदा यसविरूद्ध सामाजिक सचेतना अभियान जरुरी भएको प्रहरी अधिकारीको निष्कर्ष छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending