Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

प्रधानमन्त्री शनिबार स्पेन जाँदै, यस्तो छ भ्रमण तालिका

खबरडबली संवाददाता

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली शनिबार स्पेनको औपचारिक भ्रमणमा जाँदै छन्। स्पेनमा आयोजना हुने विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली त्यसतर्फ शनिबार साँझ जान लागेको हो। 

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार असार १४ गतेदेखि २१ गतेसम्म हुने प्रधानमन्त्री ओलीको उक्त भ्रमण गत असार २ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरिसकेको छ। स्पेन उड्नु अगाडि प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा शनिबार साँझ ५ बजे पत्रकारसँग कुराकानी गर्नेछन्। 

सोही अनुसार परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको स्पेन भ्रमणको तयारी गरेको हो । स्पेनस्थित नेपाली दूतावासले पनि प्रधानमन्त्री ओलीको भ्रमणको लागि आन्तरिक तयारी गरिरहेको छ। 

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले स्पेनी समकक्षी पेड्रो सेन्चेजसँग द्विपक्षीय भेटवार्र्ता गर्नुहुने जनाइएको छ। उनीहरूको उपस्थितिमा दुई देशीय विकास साझेदारीका केही समझदारीपत्रमा हस्ताक्षर हुने कार्यसूची छ।

सम्मेलनका अवसरमा स्पेनमा अन्य विभिन्न मुलुकका समकक्षी तथा सहयोगी निकायका उच्च अधिकारीसँग छलफल गर्ने गरी स्पेनस्थित नेपाली दूतावासले तयारी गरिरहेको छ।

प्रधानमन्त्री ओलीले औपचारिक कार्यक्रमबाहेक त्यहाँस्थित नेपाली समुदायसँग पनि अन्तर्क्रिया गर्नेछन्। नेपालसँग स्पेनको सन् १९६८ मा दौत्य सम्बन्ध स्थापना भएको हो। 

नेपालले निकै पछि सन् २०१८ मा मात्र स्पेनमा आफ्नो दूतावास स्थापना गरेको थियो। स्पेनमा अध्ययन तथा कामका लागि २० हजारभन्दा बढी नेपाली नागरिक छन्।

स्पेन सरकारले युरोपियन युनियन मातहत तथा प्रत्यक्ष रूपमा पनि नेपालको विकास परियोजना, पर्यटन तथा कला संस्कृति तथा सामाजिक क्षेत्रमा लामो समयदेखि सहयोग पुर्‍याउँदै आएको छ। दुई देशले संसदीय अभ्यासका मामिलामा पनि सहकार्य गर्दै आएको छ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हामी चाहन्छौँ सरकार आफ्नो म्यान्डेटअनुसार काम गरोस्: गगन थापा

काठमाडौँ । कांग्रस सभापति गगनकुमार थापाले स्पष्ट बहुमत हुँदाहुँदै पनि सरकार ‘खतरनाक भ्रम’मा रहेको टिप्पणी गरेका छन्। नेपाल ट्रेड युनियन कांग्रेसको राष...

डोजर चलिरहेकै बेला बल्खु खोलामा एक पुरुष मृत फेला

काठमाडौँ । सरकारले सुकुमबासी बस्ती हटाउने अभियान चलाइरहेको समयमा काठमाडौँको बागमती नदी किनारमा एक सुकुमबासी पुरुष मृत फेला परेका छन्। मृत फेला पर्न...

रोल्पा जिप दुर्घटनामा २० जनाको मृत्यु, सबैको पहिचान खुल्यो

रुकुम । रोल्पाको जलजला क्षेत्रमा बिहीबार भएको जिप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी वीरन्द्...

बल्खु क्षेत्रमा सुकुमवासी बस्ती हटाउने क्रममा मन्दिर पनि भत्काइए

काठमाडौं । काठमाडौंको बल्खु क्षेत्रमा बागमती खोला किनार अतिक्रमण गरी बनेका सुकुमवासी बस्ती हटाउने क्रममा मंगलबार बिहानैदेखि डोजर चलाइएको छ। सो अभियानक...

बागमती किनारका विस्थापितलाई रंगशालामा स्वास्थ्य सेवा र मनोसामाजिक परामर्श

काठमाडौँ। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले दशरथ रंगशालामा विशेष बहुआयामिक स्वास्थ्य ...

काठमाडौंका सुकुमवासी स्थानान्तरण : पाँच स्थानमा अस्थायी बसोबासको व्यवस्था

काठमाडौं । आज बल्खु, वंशीघाट, बालाजु र शंखमुललगायत क्षेत्रमा रहेका सुकुमवासी बस्तीहरू हटाइएपछि प्रभावित परिवारलाई अस्थायी रूपमा पाँच स्थानमा स्थानान्त...

सिसाखानीमा जिप दुर्घटना, दुई जना घाइते

बागलुङ। पश्चिम बागलुङको बडिगाड गाउँपालिका-३, सिसाखानीमा पिकअप जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बुटवलबाट सिसाखानीतर्फ जाँदै गरेको लु। १...

विश्वकप लिग–२ : दीपेन्द्रको शतकमा नेपालले दियो युएईलाई २९० को लक्ष्य

काठमाडौँ । दीपेन्द्रसिंह ऐरीले शतकीय इनिङ्स खेलेपछि आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई जितका लागि दुई सय ९० रनको चुन...

बल्खु–वंशीघाटका ५० सुकुम्बासीले बुझाए विवरण

काठमाडौँ। काठमाडौँको बल्खु र वंशीघाटस्थित सुकुमबासीवस्तीबाट हटाइएकामध्ये शुक्रबार दिउँसोसम्म ५० घर परिवारले दशरथ रङ्गशालामा पुगेर नाम टिपाएका छन् । ...

शंखमूल क्षेत्रमा पनि चल्यो डोजर

काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका अव्यवस्थित तथा सुकुमवासी बस्ती हटाउने सरकारी अभियान दोस्रो चरणमा प्रवेश गरेको छ। यसअन्तर्गत आज शंखमूल ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending