काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समितिमा बाल विकास शिक्षाको विषयमा सहमति जुटेको छ । समितिको शुक्रबार बसेको बैठकले पूर्व प्राथमिक शिक्षालाई दुई वर्षको सीमा बढाउन नपाउने व्यवस्थामा सर्वसम्मत सहमति जुटाएको हो ।
यसअघि निजी र सामुदायिक विद्यालयका ईसीडीमा फरक फरक अवधि रहेको थियो । समितिको जारी बैठकमा सभापति अम्मरबहादुर थापाले बाल विकास शिक्षाको विषयमा प्रस्ताव गरेका थिए ।
‘आधारभूत शिक्षा भन्नाले प्रारम्भिक बालविकास शिक्षादेखि कक्षा ८ सम्मको विद्यालय शिक्षा सम्झनुपर्नेछ,’ समितिले जुटाएको सहमतिमा भनिएको छ, ‘स्थानीय तहले राष्ट्रिय मापदण्डको अधिनमा रही बालविकासमा सिकाइप्रति उत्सुकता र सकारात्मक सोचका विकास गर्न विद्यालयमा प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन गर्न अनुमति दिन सक्नेछ ।’
यो ऐन प्रारम्भ हुनुअघि सञ्चालनमा रहेका प्रारम्भिक बाल विकास केन्द्रलाई सम्बन्धित स्थानीय तहले प्रत्येक विद्यालयमा कम्तीमा एउटा-एउटा रहनेगरी समायोजन तथा पुनर्वितरण गर्न सक्ने व्यवस्था पनि समितिले तय गरेको छ ।
'स्रोतको सुनिश्चितता गरी नेपाल सरकारले तोकेको मितिदेखि लागू हुनेगरी सार्वजनिक विद्यालयमा प्रारम्भिक बाल विकास तथा शिक्षालाई दुई वर्षे कार्यक्रमको रूपमा सञ्चालन गर्न सक्नेछन् साथै कुनै पनि विद्यालयले पूर्वप्राथमिक शिक्षालाई २ वर्षभन्दा बढी अवधि हुने गरी सञ्चालन गर्न पाउनेछैन । हाल कार्यरत प्रारम्भिक बाल विकास तथा शिक्षामा बाल विकास सहजकर्तालाई खुला प्रतियोगिताबाट हुने परीक्षामा पहिलो पटक सहभागी हुन उमेरको हद लाग्नेछैन' समितिले जुटाएको सहमतिमा उल्लेख छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १८ गते, २०८३ - १५:३७
काठमाडौं । काठमाडौंको बल्खु क्षेत्रमा बागमती खोला किनार अतिक्रमण गरी बनेका सुकुमवासी बस्ती हटाउने क्रममा मंगलबार बिहानैदेखि डोजर चलाइएको छ। सो अभियानक...
बैशाख १८ गते, २०८३ - १५:१७
काठमाडौँ। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले दशरथ रंगशालामा विशेष बहुआयामिक स्वास्थ्य ...
बैशाख १८ गते, २०८३ - १५:०७
काठमाडौं । आज बल्खु, वंशीघाट, बालाजु र शंखमुललगायत क्षेत्रमा रहेका सुकुमवासी बस्तीहरू हटाइएपछि प्रभावित परिवारलाई अस्थायी रूपमा पाँच स्थानमा स्थानान्त...
बैशाख १८ गते, २०८३ - १४:५२
बागलुङ। पश्चिम बागलुङको बडिगाड गाउँपालिका-३, सिसाखानीमा पिकअप जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बुटवलबाट सिसाखानीतर्फ जाँदै गरेको लु। १...
बैशाख १८ गते, २०८३ - १४:१७
काठमाडौँ । दीपेन्द्रसिंह ऐरीले शतकीय इनिङ्स खेलेपछि आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई जितका लागि दुई सय ९० रनको चुन...
बैशाख १८ गते, २०८३ - १३:४६
काठमाडौँ। काठमाडौँको बल्खु र वंशीघाटस्थित सुकुमबासीवस्तीबाट हटाइएकामध्ये शुक्रबार दिउँसोसम्म ५० घर परिवारले दशरथ रङ्गशालामा पुगेर नाम टिपाएका छन् । ...
बैशाख १८ गते, २०८३ - १३:४३
काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका अव्यवस्थित तथा सुकुमवासी बस्ती हटाउने सरकारी अभियान दोस्रो चरणमा प्रवेश गरेको छ। यसअन्तर्गत आज शंखमूल ...
बैशाख १८ गते, २०८३ - १३:२३
सल्यान। पूर्वी रुकुमबाट रोल्पाको जलजला जाँदै गरेको जिप दुर्घटनामा परी सल्यानकी एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा सल्यानको वनगाड...
बैशाख १८ गते, २०८३ - १३:१६
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा तीन वटा महत्वपूर्ण कामको घोषणा गरेको छन्। आज १३७...
बैशाख १८ गते, २०८३ - १२:५९
काठमाडौँ। पूर्वअर्थमन्त्री रामेश्वर खनालले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने गरी सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याउनुपर्ने बताएको छन् ।...


प्रतिकृया लेख्नुहोस्: