भुवनेश्वर भारत। भारतको तटीय राज्य उडिसामा आइतबार एक हिन्दू धर्मावलम्बीको चाडमा अचानक भिड बढेपछि भागदौड मच्चिँदा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएका स्थानीय सरकारी अधिकारीहरूले बताएका छन् ।
हिन्दू धर्मावलम्बीको रथ महोत्सवका अवसरमा पुरी सहरको गुन्डिचा मन्दिर नजिकै हजारौं भक्तजनको भिड लागेको थियो । जिल्ला प्रशासनका अधिकारी सिद्धार्थ स्वैनले भने,, “मन्दिरमा एक्कासी भिड बढ्दा आवागमनमा समस्या भएको र पेलापेल र भागदौडपछि नौ जना भक्तजनलाई श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगिएको थियो । तीन जनाको मृत्यु भएको छ भने अन्यको अवस्था स्थिर छ ।”
स्थानीय सञ्चारमाध्यमका अनुसार महोत्सवमा जाने अन्य थुप्रै व्यक्ति घाइते भएका बताएका छन् भने यसबारे सरकारी अधिकारीहरूले तत्काल पुष्टि गर्न सकेका छैनन् । उडिसाका मुख्यमन्त्री मोहनचरण माझीले भक्तजनको अत्यधिक भिडका कारण यो दु:खद घटना भएको बताउनुभएको छ । माझीले सामाजिक सञ्जाल एक्समा लेखेको छन्, “ज्यान गुमाउनेका परिवारप्रति म समवेदना प्रकट गर्दछु ।”
“यो लापरबाही अक्षम्य छ । सुरक्षामा भएका कमीकमजोरीको तत्काल छानबिन गर्न र दोषीलाई कडा कारबाही गर्न निर्देशन दिएको छु ।” भारतीय धार्मिक चाडहरूमा घातक भागदौड र भिड हुनुलाई एक सामान्य घटना मानिन्छ । गत मे महिनामा गोवा राज्यमा आगोमाथि हिड्ने लोकप्रिय अनुष्ठानका लागि हजारौं मानिस भेला भएका समय भएको दुर्घटनामा छ जनाको मृत्यु भएको थियो । जनवरीमा उत्तरी शहर प्रयागराजमा हिन्दूहरूको महान् चाड कुम्भ मेलामा भएको झडपमा कम्तीमा ३० जनाको मृत्यु भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ४ गते, २०८३ - १८:२४
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको सीमा व्यवस्थापन, वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा र आर्थिक कूटनीतिका क्षेत्रमा सरकारले उच्च प्...
आषाढ़ ४ गते, २०८३ - १८:०१
आगामी वर्ष विद्युत् क्षमता पाँच हजार ५३५ मेगावाट पुग्छ
आषाढ़ ४ गते, २०८३ - १७:४५
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह म...
आषाढ़ ४ गते, २०८३ - १७:३३
काठमाडौं । नेकपाका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले स्वास्थ्य समस्याका कारण पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्यका रूपमा रहने निर्...
आषाढ़ ४ गते, २०८३ - १७:२३
काठमाडौँ। सामाजिक सञ्जालमार्फत प्रकाशन तथा प्रसारण भइरहेका आधारहीन एवं भ्रामक विज्ञापन तत्काल हटाउन विज्ञापन बोर्डले निर्देशन दिएको छ । साथै, यस्ता वि...
आषाढ़ ४ गते, २०८३ - १७:०६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी महाधिवेशनका लागि करिब चार करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ । बिहीबार पार्टीको सचिवालय...
आषाढ़ ४ गते, २०८३ - १६:५९
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रथम महाधिवेशनमा वरिष्ठ नेता पदका लागि निर्वाचन नगर्ने निर्णय गरेको छ । पार्टी सचिव...
आषाढ़ ४ गते, २०८३ - १६:५३
काठमाडौँ। शैक्षिकसत्र २०८३ र ८४ मा कक्षा ११ र १२ को छात्रवृत्तिका पुन: आवेदन दिन काठमाडौँ महानगरपालिकाले सूचना जारी गरेको छ । महानगरपालिकाको छात्रव...
आषाढ़ ४ गते, २०८३ - १६:०३
लमजुङ । लमजुङको क्व्होलासोथार गाउँपालिका–२ स्थित मिदिम खोलाको किनारमा ४० वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय लमजुङक...
आषाढ़ ४ गते, २०८३ - १५:५७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लेबी नतिरेका प्रतिनिधिलाई महाधिवेशनमा प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । महामन्त्री कबिन्द्र ब...



प्रतिकृया लेख्नुहोस्: