Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

लाओसको पोस्टमा नेपालको ९ गोल, साम्बा एक्लैले गरिन् ५ गोल

खबरडबली संवाददाता

काठमाडौँ। कप्तान सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले पाँच गोल गरेपछि नेपालले एएफसी महिला एसियन कप छनोट–२०२६ मा सानदार सुरुवात  गरेको छ ।

उज्वेकिस्तानको तास्केन्तस्थित बुनयोदकोर स्टेडियममा आइतबार साँझ भएको समूह ‘एफ’ को आफ्नो पहिलो खेलमा नेपालले लाओसलाई ९–० गोलले हरायो ।

एकपक्षीय खेलमा पहिलो हाफमा दुई गोल गरेको नेपालले दोस्रो हाफमा सात गोल थपेको थियो । नेपालको जितमा कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले पाँच गोल गर्नुभयो । यस्तै अनिता बस्नेत, सरु लिम्बू, अनिता केसी र रश्मीकुमार घिसिङले एक एक गोल थपिन्।

नेपालले आफ्नो एक सयौँ अन्तर्राष्ट्रिय खेलमा साम्बालाई कप्तानको जिम्मेवारी सुम्पदै सुखद नतिजा निकाल्न सफल भएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले साम्बलाई कप्तानको जिम्मेवारी दिएको हो ।

साम्बा नेपाली महिला फुटबल टोलीको कप्तानी सम्हाल्ने ११औँ खेलाडी बनेको छिन् । प्रशिक्षक वाइल्डले यसअघिकी नियमित कप्तान एवं गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बालाई लाओसविरुद्ध पहिलो रोजाईमा समेत राखेको थिएन ।

उनले एन्जिलाको स्थानमा अञ्जना रानामगरलाई मौका दिएको हो । प्रशिक्षक वाइल्डले पनि नेपालका लागि आफ्नो डेब्यु खेलमा सुखत नतिजा निकाल्न सफल भएको छिन् ।

छनोटमा नेपाल समूह ‘एफ’ को दोस्रो खेल जुलाई २ तारिख श्रीलङ्का र अन्तिम खेल जुलाई ५ तारिख उज्वेकिस्तानसँग खेल्ने छ । छनोटको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष अस्ट्रेलियामा आयोजना हुने महिला एसिया कपमा छनोट हुने छ ।

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज पशुपतिनाथ क्षेत्र, विमानस्थल, मित्रपार्क र बत्तीसपुतलीलगायतका स्थानमा विद्युत् कटौती गर्ने भएको छ ।  विद्यु...

गोरखामा २८ जना कुपोषित बालबालिका भेटिए

सुलीकोट। गोरखामा आर्थिक वर्ष २०८२/०८३ को प्रथम चौमासिकमा स्वास्थ्य जाँच गर्दा २८ जना बालबालिका कुपोषण लागेको अवस्थामा भेटिएका छन् । जिल्ला भरका ११ वटा...

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोग सबै हिसाब...

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्छ: प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्ने बताएको छिन्।  हाम्रो पार्टी नेपालका...

मधेशका मुख्यमन्त्रीमा कांग्रेस नेता यादवको दाबी पेस

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले दाबी पेस गरेका छन्। यादवले प्रदेश प्रमुख डा. सुरेन...

देउवालाई भेट्न महाराजगञ्ज पुगे ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न शुक्रबार दिउँसो देउवा निवास महाराजगञ्ज पुगेका छन्। ...

सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु

खोटाङ। सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडानको काम सुरु गरिएको छ।  खोटाङको खोटेहाङ...

टस जितेर लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै जनकपुर

काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा अहिले  लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । कीर्तिपुरस्थित मैदानमा...

इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था

नयाँदिल्ली। भारतको सबैभन्दा ठूलो एयरलाइन इन्डिगोले दर्जनौँ उडान रद्द तथा स्थगित गरेपछि शुक्रबार देशका प्रमुख विमानस्थलमा गम्भीर अव्यवस्था देखिएको छ । ...

फिर्ता बोलाइएका ११ मध्ये ६ राजदूतको राजीनामा स्वीकृत

काठमाडौं । सरकारले फिर्ता बोलाएका ११ मध्ये ६ जना राजदूतले राजीनामा दिएका छन्। उनीहरूले बुझाएको राजीनामा परराष्ट्र मन्त्रालयले स्वीकृत पनि गरिसकेको छ। ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending