काठमाडौँं । बिरामीको उपचारमा लापरबाही गरेको ठहर गर्दै पछिल्ला केही दिनयता उपभोक्ता अदालतले चिकित्सक तथा अस्पताललाई क्षतिपूर्ति भराउन दिएको आदेशले चिकित्सा क्षेत्र त्रासमा छ।
चिकित्सकहरूले चिकित्सक भगवान् नभई चिकित्सा विज्ञान अध्ययन गरेका बिरामीको परीक्षण गर्ने पेसाकर्मी मात्र भएकाले क्षतिपूर्ति माग गर्ने हो भने आफ्नोमा उपचार गराउन नआउन सामाजिक सञ्जालमार्फत सन्देश दिएका छन्।
शनिबार बिहान मिर्गौला काम नलाग्ने भएर डायलासिस गराइरहेका बिरामी बुटवलबाट एम्बुलेन्समा पुल्चोकस्थित एक स्वास्थ्य संस्थामा आएका थिए। उनलाई तत्काल मनमोहन कार्डियाक सेन्टरमा प्रेषण गरियो। उनलाई हृदयाघातको लक्षण थियो।
मनमोहनले पुनः पुल्चोकमै फर्काइदिएपछि निदान अस्पतालको आइसियुमा शनिबार बिहान उनको निधन भयो। यो घटनाले चिकित्सक अब गम्भीर प्रकृतिका बिरामीको उपचार गर्न पर सर्दै छन् भन्ने देखाउँछ। पछिल्ला केही दिनयता उपभोक्ता अदालतले उपचारमा लापर्बाही गरेको ठहर गर्दै अस्पताल तथा चिकित्सकलाई क्षतिपूर्ति भराउने फैसला गर्दै आएको छ।
उपभोक्ता अदालतले जमलस्थित ग्राण्डी सिटी अस्पताललाई १७ लाख १५ हजार सात सय र त्यहाँ कार्यरत चिकित्सक डा. सञ्जीव त्रिपाठीले ४० लाख तीन हजार ३०० रुपैयाँ बेहोर्नुपर्ने आदेश दियो।
यस्तै उपभोक्ता अदालतले गत बिहीबार उपचारका क्रममा लापर्बाहीका कारण बिरामीको मृत्यु भएको भन्दै ज्ञानेश्वरस्थित हिमाल हस्पिटल प्रालि र उपचारमा संलग्न चिकित्सकलाई एक करोड ४५ लाख रुपियाँ क्षतिपूर्ति तिराउने फैसला गरेको छ। अदालतबाट अस्पतालले एक करोड एक लाख ८० हजार रुपैयाँ र चिकित्सकले ४३ लाख ६३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला भएको थियो।
यस्तै केही दिनअघि मात्र चावहिलस्थित ओम अस्पताल र अस्पतालका चिकित्सकलाई समेत क्षतिपूर्ति तिराउने आदेश दिएको थियो। ओम अस्पतालमा कार्यरत दुई चिकित्सकले तीन लाख पाँच हजार र अस्पतालले ५६ लाख ८१ हजार क्षतिपूर्ति दिनुपर्ने अदालतले फैसला गरेको थियो।
चिकित्सक तथा सम्बद्ध संस्थाहरूले उपभोक्ता अदालतले अस्पताल र चिकित्सकले बेहोर्नै नसक्ने गरी क्षतिपूर्ति रकम तोक्दै जाने हो भने चिकित्सक पलायन हुने तथा समग्र स्वास्थ्य सेवामा असर पर्ने बताएका छन्।
नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. अनिलविक्रम कार्की अदालतको फैसला अवैज्ञानिक, अदूरदर्शी रहेको तर्क गर्छन्। नक्कली सुन बेच्नेलाई कारबाही गरे जस्तो अस्पताल र चिकित्सकलाई गरेको उनको गुनासो छ। सोमबारको गोरखापत्र दैनिकमा समाचार छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - ०८:२९
हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...
पौष ११ गते, २०८२ - ०८:१६
काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...
पौष ११ गते, २०८२ - ०८:१३
काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...
पौष ११ गते, २०८२ - ०८:०६
काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...
पौष ११ गते, २०८२ - ०७:५०
म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...
पौष ११ गते, २०८२ - ०७:४४
मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...
पौष ११ गते, २०८२ - ०७:३७
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...
पौष ११ गते, २०८२ - ०७:३३
काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...
पौष ११ गते, २०८२ - ०७:०५
मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...
पौष ११ गते, २०८२ - ०७:०१
काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...




प्रतिकृया लेख्नुहोस्: