Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

क्षतिपूर्ति र कारबाहीको त्रासले चिकित्सक पलायन हुने खतरा बढ्यो

खबरडबली संवाददाता

काठमाडौँं । बिरामीको उपचारमा लापरबाही गरेको ठहर गर्दै पछिल्ला केही दिनयता उपभोक्ता अदालतले चिकित्सक तथा अस्पताललाई क्षतिपूर्ति भराउन दिएको आदेशले चिकित्सा क्षेत्र त्रासमा छ।

चिकित्सकहरूले चिकित्सक भगवान् नभई चिकित्सा विज्ञान अध्ययन गरेका बिरामीको परीक्षण गर्ने पेसाकर्मी मात्र भएकाले क्षतिपूर्ति माग गर्ने हो भने आफ्नोमा उपचार गराउन नआउन सामाजिक सञ्जालमार्फत सन्देश दिएका छन्।

शनिबार बिहान मिर्गौला काम नलाग्ने भएर डायलासिस गराइरहेका बिरामी बुटवलबाट एम्बुलेन्समा पुल्चोकस्थित एक स्वास्थ्य संस्थामा आएका थिए। उनलाई तत्काल मनमोहन कार्डियाक सेन्टरमा प्रेषण गरियो। उनलाई हृदयाघातको लक्षण थियो। 

मनमोहनले पुनः पुल्चोकमै फर्काइदिएपछि निदान अस्पतालको आइसियुमा शनिबार बिहान उनको निधन भयो। यो घटनाले चिकित्सक अब गम्भीर प्रकृतिका बिरामीको उपचार गर्न पर सर्दै छन् भन्ने देखाउँछ। पछिल्ला केही दिनयता उपभोक्ता अदालतले उपचारमा लापर्बाही गरेको ठहर गर्दै अस्पताल तथा चिकित्सकलाई क्षतिपूर्ति भराउने फैसला गर्दै आएको छ।  

उपभोक्ता अदालतले जमलस्थित ग्राण्डी सिटी अस्पताललाई १७ लाख १५ हजार सात सय र त्यहाँ कार्यरत चिकित्सक डा. सञ्जीव त्रिपाठीले ४० लाख तीन हजार ३०० रुपैयाँ बेहोर्नुपर्ने आदेश दियो। 

यस्तै उपभोक्ता अदालतले गत बिहीबार उपचारका क्रममा लापर्बाहीका कारण बिरामीको मृत्यु भएको भन्दै ज्ञानेश्वरस्थित हिमाल हस्पिटल प्रालि र उपचारमा संलग्न चिकित्सकलाई एक करोड ४५ लाख रुपियाँ क्षतिपूर्ति तिराउने फैसला गरेको छ। अदालतबाट अस्पतालले एक करोड एक लाख ८० हजार रुपैयाँ र चिकित्सकले ४३ लाख ६३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला भएको थियो। 

यस्तै केही दिनअघि मात्र चावहिलस्थित ओम अस्पताल र अस्पतालका चिकित्सकलाई समेत क्षतिपूर्ति तिराउने आदेश दिएको थियो। ओम अस्पतालमा कार्यरत दुई चिकित्सकले तीन लाख पाँच हजार र अस्पतालले ५६ लाख ८१ हजार क्षतिपूर्ति दिनुपर्ने अदालतले फैसला गरेको थियो।  

चिकित्सक तथा सम्बद्ध संस्थाहरूले उपभोक्ता अदालतले अस्पताल र चिकित्सकले बेहोर्नै नसक्ने गरी क्षतिपूर्ति रकम तोक्दै जाने हो भने चिकित्सक पलायन हुने तथा समग्र स्वास्थ्य सेवामा असर पर्ने बताएका छन्। 

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. अनिलविक्रम कार्की अदालतको फैसला अवैज्ञानिक, अदूरदर्शी रहेको तर्क गर्छन्।  नक्कली सुन बेच्नेलाई कारबाही गरे जस्तो अस्पताल र चिकित्सकलाई गरेको उनको गुनासो छ। सोमबारको गोरखापत्र दैनिकमा समाचार छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending