Khabar Dabali ५ असार २०८३ शुक्रबार | 19th June, 2026 Fri
Investment bank

वार्ता पुन: सुरु हुनअघि अमेरिकाले थप आक्रमण नगर्ने आश्वासन दिनुपर्छ: इरान

खबरडबली संवाददाता

लन्डन। इरानका उप-विदेशमन्त्री माजिद तख्न-रावान्चीले आइतबार साँझ बिबिसीलाई अमेरिकाले इरानमाथि थप आक्रमण नगर्ने आश्वासन नदिएसम्म वासिङ्टन र तेहरानबिच कूटनीतिक वार्ता पुन: सुरु हुन नसक्ने बताएको छन् । 

उनले बेलायती प्रसारणकर्तालाई इरानका तीन आणविक सुविधामा आक्रमण गरेको एक हप्तापछि अमेरिकाले वार्ताको टेबलमा फर्कन चाहेको सङ्केत गरेको बताए । “हामी कुनै पनि मितिमा सहमत भएका छैनौँ, हामी विधिमा सहमत भएका छैनौँ”, उनले भने, “अहिले हामी यस प्रश्नको उत्तर खोजिरहेका छौँ । के हामी संवादमा संलग्न हुँदा आक्रामकताको पुनरावृत्ति देख्नेछौँ ?”

अमेरिकाले ‘यो अत्यन्त महत्त्वपूर्ण प्रश्नमा एकदम स्पष्ट’ हुन आवश्यक रहेको उनले बताए। यस महिनाको सुरुमा इजरायलले इरानका आणविक स्थलहरू र सैन्य पूर्वाधारमा आक्रमण गर्दा इरान र अमेरिका तेहरानको आणविक कार्यक्रमलाई लिएर वार्तामा थिए । जुन २१ मा तीन आणविक स्थल फोर्डो, नातान्ज र इस्फाहानमा बमबारी गरेर अमेरिका उक्त आक्रमणमा सामेल भयो ।

उपविदेशमन्त्रीले अमेरिकाले सर्वोच्च नेता अयातुल्लाह अली खामेनीलाई लक्षित गरेर ‘शासन परिवर्तनमा संलग्न हुन नचाहेको’ सङ्केत दिएको बिबिसीलाई खुलासा गरे । तख्त–रावान्चीले इरानलाई अझै पनि युरेनियम संवर्धन गर्न अनुमति दिइनुपर्ने पनि बताए। 

“यसको स्तरबारे छलफल गर्न सकिन्छ, क्षमताको बारेमा छलफल गर्न सकिन्छ, तर तपाईंसँग संवर्धन हुनु हुँदैन, तपाईंसँग शून्य संवर्धन हुनुपर्छ, र यदि तपाईं सहमत हुनुहुन्न भने, हामी तपाईंमाथि बम प्रहार गर्नेछौँ भन्नु, यो जङ्गलको कानून हो”, उननले भने । इजरायलले इरानको आणविक कार्यक्रम बम उत्पादन गर्न नजिक रहेको दाबी गरेको छ भने तेहरानले यो शान्तिपूर्ण उद्देश्यका लागि भएको बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘पूर्ण रूपमा नष्ट’ भन्नु भएपनि इरानको आणविक सुविधाहरूमा भएको आक्रमणले कति क्षति पुर्याएको छ भन्ने अझै स्पष्ट भएको छैन । संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी प्रमुख राफेल ग्रोसीले इरानले ‘केही महिनाभित्र’ समृद्ध युरेनियम उत्पादन गर्न सक्ने बताएको छन् । तख्त(रावान्चीले कति समय लाग्ने हो थाहा नभएको बताए ।

सन् २०१५ को सम्झौताअनुसार इरानलाई व्यावसायिक आणविक उर्जा संयन्त्रका लागि तीन दशमलव ६७ प्रतिशतभन्दा कम शुद्धताको युरेनियम उत्पादन गर्न अनुमति दिइएको थियो । ट्रम्पले सन् २०१८ मा सम्झौता त्याग्नुभयो र इरानले नागरिक प्रयोगका लागि स्तरभन्दा माथि तर अझै पनि हतियार ग्रेडभन्दा तल ६० प्रतिशतसम्म समृद्ध युरेनियम उत्पादन गरेर जवाफ दियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

युद्धबन्दी नेपालीको रिहाइका लागि कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको सीमा व्यवस्थापन, वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा र आर्थिक कूटनीतिका क्षेत्रमा सरकारले उच्च प्...

ऊर्जा र सिँचाइका लागि १ खर्ब १४ अर्ब बजेट, फर्पिङ र पनौती जलविद्युत् केन्द्रलाई सम्पदा सूचीमा राखिने

आगामी वर्ष विद्युत् क्षमता पाँच हजार ५३५ मेगावाट पुग्छ

भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता अपनाएको छौं : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह म...

कृष्णबहादुर महरा सक्रिय राजनीतिबाट अलग, साधारण सदस्यका रूपमा रहने घोषणा

काठमाडौं । नेकपाका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले स्वास्थ्य समस्याका कारण पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्यका रूपमा रहने निर्...

सामाजिक सञ्जालका भ्रामक विज्ञापन तत्काल हटाउन विज्ञापन बोर्डको निर्देशन

काठमाडौँ। सामाजिक सञ्जालमार्फत प्रकाशन तथा प्रसारण भइरहेका आधारहीन एवं भ्रामक विज्ञापन तत्काल हटाउन विज्ञापन बोर्डले निर्देशन दिएको छ । साथै, यस्ता वि...

रास्वपा महाधिवेशनमा करिब चार करोड खर्च हुने अनुमान, विद्युतीय मेसिनबाट मतदान गरिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी महाधिवेशनका लागि करिब चार करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ । बिहीबार पार्टीको सचिवालय...

रास्वपाको वरिष्ठ नेतामा निर्वाचन नहुने, बालेनलाई सर्वसम्मत बनाइने

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रथम महाधिवेशनमा वरिष्ठ नेता पदका लागि निर्वाचन नगर्ने निर्णय गरेको छ । पार्टी सचिव...

कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुन: आवेदन खुला

काठमाडौँ। शैक्षिकसत्र २०८३ र ८४ मा कक्षा ११ र १२ को छात्रवृत्तिका पुन: आवेदन दिन काठमाडौँ महानगरपालिकाले सूचना जारी गरेको छ । महानगरपालिकाको छात्रव...

मिदिम खोलाको किनारमा ४० वर्षीय पुरुष मृत फेला

लमजुङ । लमजुङको क्व्होलासोथार गाउँपालिका–२ स्थित मिदिम खोलाको किनारमा ४० वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय लमजुङक...

लेबी नतिरेका प्रतिनिधिलाई महाधिवेशन प्रवेशमा रोक लगाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लेबी नतिरेका प्रतिनिधिलाई महाधिवेशनमा प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । महामन्त्री कबिन्द्र ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending