Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

रामकुमारी जस्ता अनुशासनहीन मान्छेलाई राखेर पार्टी बन्दैन, कारबाही गर्छौँ : राजेन्द्र पाण्डे

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले स्थायी समिति सदस्य रामकुमारी झाक्रीलाई अब पार्टीको नेता मान्न नसकिँने तर्क गरेका छन्।

झाक्रीले गत शनिबार पार्टी निकट युवा संघको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्दै एकीकृत समाजवादीकी स्थायी समिति सदस्य रामकुमारी झाक्रीले अध्यक्ष नेपालतिर लक्षित गर्दै ‘मरेको सिनो काँधमा बोकेर हिँड्न नसकिने’ बताएकी थिइन्। 

त्यसबारे एक अन्तर्वार्तामा पाण्डेले भनेका छन्, ‘एउटा पार्टीको कार्यकर्ता अथवा पार्टीको नेता, स्थायी कमिटीको सदस्यको हिसाबले उहाँले बोल्न नहुने शब्दहरू बोल्नुभएको हो। उहाँलाई त्यही कुरा बोल्न पर्‍यो भने पार्टीको स्थायी कमिटीको बैठक हुन्छ, पार्टीको सचिवालयको बैठक हुन्छ, त्यहाँ मैले केही कुरा भन्न पाउनुपर्‍यो भनेर भन्न पाउनुहुन्छ। तर उहाँले जुन ढंगले भन्नुभयो, त्यहाँ माधव नेपाललाई मात्रै गाली गर्नुभएको छैन। उहाँले ३२ मिनेट जति बोल्नुभयो, ३२ मिनेटमा २०–२२ मिनेट उहाँले लगातार एकीकृत समाजवादी पार्टीलाई गाली गर्नुभएको छ। 

उनले एकीकृत समाजवादी पार्टी बन्दैन भनेर युवा जमातलाई पार्टीमा तपाईंहरू किन बसिरहेको समेत भनेको बताए। 

उनले थपे, पार्टीमा बसेर त्यो पार्टीको कार्यकर्तालाई अर्कोतिर पठाउने, भड्काउने काममा उहाँ लाग्नुभएको छ। यो सबै गतिविधिले हेर्दाखेरी, उहाँलाई अहिले हाम्रो पार्टीको नेता भन्न सुहाउँदैन।’

झाक्री जहाँ गए पनि पार्टीविरुद्ध लागेको उनको दाबी छ। 

‘उहाँ जहाँ जानुहुन्छ, त्यहाँ पार्टीको विरुद्धमा बोल्नुहुन्छ। पार्टीले निर्णय नगरेको कुराको विरुद्धमा बोल्नुहुन्छ,’ पाण्डेले भने, ‘अनुशासनहीन मान्छेहरू बसेर पार्टी ठूलो हुँदैन। पार्टी बलियो हुँदैन। त्यसो हुनाले उहाँलाई कारबाही गर्नुपर्छ। हामी पहिला उहाँलाई स्पष्टीकरण सोध्छौँ। त्यो स्पष्टीकरणमा उहाँले उत्तर दिनुहुन्छ, त्यसैको आधारमा हामी उहाँलाई कारबाही गर्छौं।’

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending