Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

एमालेमा भण्डारीको अग्रसरतापछि नेतृत्वको बहसमा संस्थापनको रोक

खबरडबली संवाददाता

काठमाडौं । आन्तरिक लोकतन्त्रलाई लिएर वेला–वेला आलोचना खेप्दै आएको एमालेको संस्थापन पक्षले फेरि एकपटक पार्टी नेतृत्वसम्बन्धी बहसमाथि रोक लगाएको छ । पूर्वराष्ट्रपति विद्या भण्डारीले पार्टी नेतृत्व लिन सक्ने संकेत दिँदै सक्रिय राजनीतिमा फर्किने घोषणा गरेको एक साता नबित्दै संस्थापन पक्षले पार्टीभित्र नेतृत्वको बहसलाई निरुत्साहित गर्न निर्देशन दिएको हो ।

महासचिव शंकर पोखरेलले बुधबार प्रदेश कमिटी र जिल्ला नेतृत्वको बैठकमार्फत पार्टीमा गुट सिर्जना गर्ने प्रयास भइरहेको भन्दै नेतृत्वसम्बन्धी बहसमाथि रोक लगाउन निर्देशन दिएका छन् । पोखरेलको निर्देशन अध्यक्ष केपी ओलीको विकल्पमा भण्डारीलाई नेतृत्वमा ल्याउन अग्रसर पार्टी पदाधिकारीदेखि केन्द्रीय नेता, प्रदेश, जिल्ला र जनसंगठनका नेता–कार्यकर्ता तथा जनप्रतिनिधिहरूप्रति लक्षित छ ।

कोशी, मधेश प्रदेश र बागमती प्रदेशका इन्चार्ज, प्रदेश कमिटीका अध्यक्ष तथा अन्तर्गत जिल्ला कमिटीका अध्यक्षहरूसँगको बैठकलाई पार्टी कार्यालय च्यासलबाट भर्चुअल सम्बोधन गर्दै पोखरेलले राष्ट्रिय महाधिवेशनको मिति नै तय नभएको अवस्थामा नेतृत्वको बहसको सट्टा विधि र विधानबारे बहस गर्न निर्देशन दिए । ‘राष्ट्रिय महाधिवेशनको मिति निर्धारण नभइसकेको अवस्थामा नेतृत्वको बहस पूर्णत: रोक्नुपर्छ,’ महासचिव पोखरेलले भने ।

एमालेले आगामी भदौ २०–२२ गतेसम्म दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आयोजना गर्ने निर्णय गरेको छ । त्यसलगत्तै, राष्ट्रिय महाधिवेशन गर्ने मुडमा नेतृत्व रहे पनि मिति भने तय भइसकेको छैन । विधान महाधिवेशनमा एमालेले उमेरहद र कार्यकालको सीमाबारे निर्णय लिँदै छ ।

अहिलेदेखि नै नेतृत्वका सन्दर्भमा पक्ष–विपक्षमा धार सिर्जना गर्ने प्रयास हुन थालेको भन्दै नीति र विधि निर्माणको काममा केन्द्रित हुन उनको निर्देशन थियो । महासचिव पोखरेलले राजनीतिक र सांगठनिक प्रतिवेदन केन्द्रीय कमिटीबाट सिधै विधान महाधिवेशनमा प्रस्तुत हुने र विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीबाट छलफलका लागि मातहतका कमिटीमा पठाइने बताए । ‘जति वेला जे काम गर्नुपर्ने हो, त्यसैमा केन्द्रित हुनुपर्छ । राष्ट्रिय महाधिवेशनको मिति निर्धारण भइनसकेको अवस्थामा पार्टीलाई कमजोर बनाउने गरी चर्चा र टीकाटिप्पणी सुरु भएका छन् । यसतर्फ तपाईंहरू सचेत बन्नुपर्छ,’ पोखरेलले भने ।

उनले थपे, ‘यति वेला पार्टीले अगाडि सारेको मिसन–२०८४ सफल बनाउन एकताबद्ध नेतृत्व निर्माण आवश्यक छ । नेतृत्वको विषय पनि पार्टीले एकताबद्ध प्रक्रियाबाट टुंगो लगाउँछ । अहिले राष्ट्रिय महाधिवेशन नभएको वेला नेतृत्वका विषयमा चर्चा–परिचर्चा आवश्यक छैन ।’

महासचिव पोखरेलको त्यस्तो निर्देशनलाई भण्डारीलाई पार्टी नेतृत्वमा ल्याउने पक्षमा रहेका स्थायी समिति सदस्य कर्णबहादुर थापाले प्रतिवाद गरे । उनले केन्द्रीय कार्यालयकै नामबाट तलसम्म गुटबन्दी भइरहेका वेला त्यस्ता अभिव्यक्ति र निर्देशनको कुनै अर्थ नरहने टिप्पणी गरे । 

‘पार्टी विधानभन्दा बाहिर दुईपल्ट भन्दा बढी नेतृत्व लिन पनि पाइने र उमेरहद नलाग्ने कुरा उहाँहरूबाटै आइरहेको छ । अझै फलानो अध्यक्ष हुनुपर्छ भन्दै सार्वजनिक अभिव्यक्तिसँगै टीकाटिप्पणी भइरहेको छ । त्यसैले, आफूलाई चाहिँ जे पनि बोल्न र गर्न छुट, अरूलाई चाहिँ बन्देज गर्ने निर्देशनको कुनै अर्थ छैन,’ थापाले भने ।

राष्ट्रिय राजनीतिमा सक्रिय हुने निर्णयसँगै पूर्वराष्ट्रपति भण्डारीले गृह मन्त्रालयमा निवेदन दिई राज्यबाट प्राप्त सेवा–सुविधा त्याग गरेको दिन नै एमाले महासचिव पोखरेलले फरक गुट निर्माण रोक्न निर्देशन दिएका हुन् । यसलाई राजनीतिक विश्लेषकहरूले भण्डारीको सम्भावित अग्रसरतामाथि ‘ब्रेक’ लगाउने र उनलाई निस्तेज बनाउने संस्थापन पक्षको रणनीति भनेर व्याख्या गरेका छन् । 

‘विद्या भण्डारीको घोषणापछि एमालेको आन्तरिक राजनीतिले ध्रुवीकरणको बाटो समातेको छ । त्यसैले, अहिले केपी ओलीले आफ्ना स्वार्थहरू निकट विश्वासपात्रमार्फत बोलाइरहेका छन् । 

पहिले सचिवालय बैठकमा पूर्वराष्ट्रपति राजनीतिमा सक्रिय हुन नपाउने विधानमै व्यवस्था गर्नुपर्ने कुरा उठान गर्न लगाएर पानी चिसो छ कि तातो छ छाम्ने कोसिस गरे, अहिले नेतृत्वको बहसमाथि नै रोक लगाउने गरी निर्देशन गराउन लगाए,’ राजनीतिक विश्लेषक कृष्ण पोखरेलले टिप्पणी गरे, ‘विधान महाधिवेशनमा ७० वर्षे उमेरहद र दुई कार्यकालको विषयको चर्को उठान हुन सक्ने सम्भावना मध्यनजर गरेर पार्टी र राज्यसत्ताको दुरुपयोग गर्दै विद्याको अग्रसरतालाई कोपिलामै चुँड्ने प्रयासस्वरूप महासचिवले निर्देशन दिएको हुन सक्छ । किनभने ओली नेपाली राजनीतिको बादशाह नै हुन् भन्ने सबै जानकार नै छन् ।’

पहिले जिम्मेवारीमा रहेका, तर अहिले विभिन्न कारणले जिम्मेवारीबाहिर रहेका नेता–कार्यकर्तालाई व्यवस्थापन गरी क्रियाशील बनाउने गरी गृहकार्य गर्न पनि महासचिव पोखरेलले निर्देशन दिए । जनसंगठनका महाधिवेशनमा प्रतिस्पर्धा गर्न नदिँदा बाहिरिएका, प्रतिस्पर्धापछि बाहिरिएका, पार्टी प्रवेशपछि जिम्मेवारी नपाएका र जिम्मेवारीविहीन पुराना नेता–कार्यकर्तालाई भूगोलको पार्टी काममा जोडिने गरी गृहकार्य गर्न उनले ध्यानाकर्षण गराएका हुन् । 

विधान महाधिवेशनमा प्रस्तुत गरिने संगठनात्मक प्रतिवेदनको तयारीका लागि असार मसान्तभित्र लिखित प्रतिवेदन पठाउन पनि प्रदेश र जिल्ला कमिटीहरूलाई उनको निर्देशन छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending