Ntc summer Offer
Khabar Dabali ६ भाद्र २०८२ शुक्रबार | 22nd August, 2025 Fri
Investment bank

रसुवामा बाढीको वितण्डापछि प्रधानमन्त्रीको आग्रह- आफू सुरक्षित होऔं, अरूलाई पनि सुरक्षित राखौं

खबरडबली संवाददाता

काठमाडौं । हाल त्रिशुली नदीसहित देशका विभिन्न नदीहरूको जलसतह उच्च हुने क्रम जारी रहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आह्वान गरेका छन्।

सामाजिक सञ्जालमार्फत जनसाधारणलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेका सूचनालाई गम्भीरतापूर्वक लिन आग्रह गरेका छन्। साथै, सम्भावित बाढी, डुबान वा अन्य प्राकृतिक विपत्को जोखिमलाई दृष्टिगत गर्दै सुरक्षाका लागि दिइएका सम्पर्क नम्बर र स्वयंसेवकहरूसँग सम्पर्कमा रहन पनि उनले अनुरोध गरेका छन्।

"आफू सुरक्षित होऔं, अरूलाई पनि सुरक्षित राखौं," प्रधानमन्त्री ओलीले स्टाटसमा लेखेका छन्।

सरकारको विपद् व्यवस्थापन विभागले बाढीको जोखिम रहेका क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन र आवश्यक परेमा सुरक्षित स्थानतर्फ सर्न समेत अनुरोध गरिसकेको छ।

सिंहदरबार स्रोतका अनुसार, गृह मन्त्रालय, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई आवश्यक तयारी अवस्थामा राखिएको छ।

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज यी ४४ जिल्लामा आउनसक्छ आकस्मिक बाढी (सूचीसहित)

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानहरूमा बाढीको जोखिम रहने जनाएको छ।  महाशाखाको अनुसार मुख्य न...

नेकपा एसको जोड- कम्युनिस्ट नेतृत्वमा आएको वैचारिक विचलनको समीक्षा, वामपन्थी शक्तिबीच ध्रुवीकरण

काठमाडौं । नेकपा एकीकृत समाजवादीले मातहतका सबै जिल्ला कमिटीलाई यही भदौ ९ गते पार्टीको चौथो स्थापना दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउन निर्देशन दिए...

कालीगण्डकी ‘करिडोर’ अवरुद्ध

गुल्मी । राक्सेमा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ ।  सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ पहिरो पन्छाउन पुर्तिघाटस्थि...

लुम्बिनीका ६ जिल्लामा आइतबार सार्वजनिक बिदा

लुम्बिनी । लुम्बिनी प्रदेश सरकाले थारु समुदायले मनाउने बर्का अट्वारी पर्वका अवसरमा यही भदौ ८ गते आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।  थारु स...

भियतनामका उपराष्ट्रपति सुआन नेपाल आउँदै

काठमाडौं। समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि शनिबार काठमाडौं आउने भएकी छन्। उपराष्ट्रपति रामस...

सबै किसिमको बहाल कर उठाउन काठमाडौं महानगरको वडालाई परिपत्र

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले घर बहाल कर (संस्थागत समेत) सङ्कलन गर्नका लागि सबै वडालाई परिपत्र गरेको छ ।  कामपा प्रशासन विभागका प्रमुख धुव्रकु...

सहकारी ठगीमा एमाले नेता ऋषिकेश पत्नीलाई उच्चले पनि १ करोड धरौटीमा छाड्यो

काठमाडौं । मोरङको धनपालथानस्थित उमागौरी कृषि सहकारीमा २२ करोड रुपैयाँभन्दा बढी अपचलनको आरोपमा उच्च अदालत विराटनगरले चार जनासँग जनही १ करोड रुपैयाँ धरौ...

सहकारीको एक करोड ८३ लाख अपचलन गरेको मुद्दामा एमाले नेतालाई सर्वोच्चबाट सफाइ

काठमाडौं । झण्डै दुई करोड रुपैयाँ ठगीको अभियोग लागेका टोखा नगरपालिकाका मेयर तथा एमाले नेता प्रकाश अधिकारीलाई सर्वोच्च अदालतले सफाइ दिएको छ। सर्वोच्...

शुक्लाफाँटामा विश्वकै दुर्लभ १९ प्रजातिका चरा

कञ्चनपुर । हरिया फाँट, घना सालका जङ्गल र सिमसार क्षेत्रले सजिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज केवल बाघ, गैँडा र बाह्रसिङ्गाकै लागि मात्र चिनिएको छैन ...

बागमतीमा जलसतह बढ्यो, सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं । काठमाडौँमा लगातारको वर्षापछि वाग्मती नदीमा जलसतह बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति १२ः०५ बजे काठमाडौँ जिल्लास्थित वाग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending