काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेभित्र हाल देखिएको गतिविधिलाई आन्तरिक विषय भन्दै टिप्पणी गर्न अस्वीकार गरेका छन्। तर, उनले एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच विचार, प्रवृत्ति वा संस्कारमा कुनै मौलिक भिन्नता नरहेको बताएका छन्।
"एमालेभित्र अहिले जे चलिराखेको छ, त्यो उहाँहरूको आफ्नो आन्तरिक कुरा भयो। मैले धेरै भन्नु छैन," अध्यक्ष प्रचण्डले भने, "तर मैले केपी ओली र विद्याजीमा कुनै तात्विक भिन्नता देखेको छैन। उहाँहरू बीच विचार, एजेन्डा, संस्कार, प्रवृत्तिमा भिन्नता छ भन्ने मलाई लाग्दैन।"
उनले विद्या भण्डारीको सक्रियता बढ्दै जाँदा एमाले एकता सहज हुने तर्कलाई खारेज गरे। “कोही कोहीले भन्छन् विद्याजी आएपछि त पार्टी एकता भइहाल्छ, त्यो चाहिं होइन। केपीजी भन्नु र विद्याजी भन्नु एउटै हो,” उनले स्पष्ट पारे।
प्रचण्डले पूर्वराष्ट्रपति भण्डारीको कार्यशैलीप्रति पुनः प्रश्न उठाएका छन्।
उनले संसद् विघटनका दुई घटनामा राष्ट्रपतिको भूमिकालाई पुनः स्मरण गराउँदै भने, “उहाँ राष्ट्रपति हुँदा, केपीजी प्रधानमन्त्री हुँदा दुई–दुई चोटि संसद् विघटन भयो। गलत तरिकाले नै भएको थियो। पछि त अदालतले पनि भन्यो। सडकमा जनताले पनि भने, हामीले पनि भन्यौं। तर राष्ट्रपतिले त्यसैलाई ठप्पा लगाएको लगाएकै गर्नुभएको राष्ट्रपति उहाँ नै हो नि!”
प्रचण्डको यो अभिव्यक्ति एमाले र भण्डारीबीच बढ्दो समन्वय र सम्भावित राजनीतिक गुटबन्दीका सन्दर्भमा आएको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - ०८:२९
हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...
पौष ११ गते, २०८२ - ०८:१६
काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...
पौष ११ गते, २०८२ - ०८:१३
काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...
पौष ११ गते, २०८२ - ०८:०६
काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...
पौष ११ गते, २०८२ - ०७:५०
म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...
पौष ११ गते, २०८२ - ०७:४४
मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...
पौष ११ गते, २०८२ - ०७:३७
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...
पौष ११ गते, २०८२ - ०७:३३
काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...
पौष ११ गते, २०८२ - ०७:०५
मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...
पौष ११ गते, २०८२ - ०७:०१
काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...




प्रतिकृया लेख्नुहोस्: