Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

संसदमा जवाफ दिनुपर्ने गृहमन्त्री उल्टै रास्वपामाथि प्रश्न गरिरहे

खबरडबली संवाददाता

काठमाडौं ।  सांसदहरूको प्रश्नैप्रश्नले संसद् तरंगित छ । प्रतिपक्षी दलहरूले प्रश्न उठाएपछि सरकारमा भएका मन्त्रीले सामान्यतया जवाफ दिनुपर्ने हुन्छ । तर, सांसदहरूले प्रश्न गरेपछि जवाफमा गृहमन्त्री रमेश लेखकले पनि प्रश्नैप्रश्न गरे ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा यस्तै दृश्य देखियो । विभिन्न पार्टीका सांसदले समसामयिक विषयमा प्रश्न उठाए । तर, चित्तबुझ्दो जवाफ मन्त्रीहरूबाट आएन । प्रश्न उठाउने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण एवं कार्यक्रमका ’boutमा सहभागी केही मानिस नफर्किएको बताउँदै सरकारसँग प्रश्न गरिन् ।

उनले प्रश्न गर्दै त्यस’boutमा स्पष्ट पार्न सरकारसँग अनुरोध गरिन् । ‘प्रधानमन्त्रीज्यूको आधिकारिक प्रतिनिधिमण्डल सबै कार्यक्रम सकेर नेपाल फर्किनुभयो, तर यो पनि सत्य हो कि प्रधानमन्त्री जानुभएको कार्यक्रममा सयौं नेपाली बहाना बनाएर गए पनि फर्किएका छैनन् र उतै बसेका छन्,’ रास्वपा सांसद गौतमले भनिन्, ‘प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रम निकै ठूलो कार्यक्रम हो, १०औं हजार मानिस सहभागी हुने कार्यक्रम हो, नेपालबाट सयौं मानिस सहभागी हुन गएको पनि साँचो हो, केही नफर्किएको पनि साँचो हो, फेक डकुमेन्ट बनाएर भिसा लगाएको पनि साँचो हो ।’

यस्तै, उनले नागरिक बेचिने र देशकै छविमा आँच आउने गम्भीर विषयमा पनि सरकारले स्वार्थ बाझिने, अनुपयुक्त पात्रको नेतृत्वमा आफूमातहतकै समिति बनाएको बताइन् । उनले सामान्य प्रशासनिक समिति बनाएर सरकारले झेली खेल खेलेको आरोप लगाइन् । ‘त्यही भएर हामीहरू निरन्तर विरोधमा रहेका छौं,’ सांसद गौतमले भनिन् । त्यसपछि रास्वपा सांसदले संसद् बैठक बहिष्कार गरेका थिए ।

तर, जब जवाफ दिन गृहमन्त्री लेखक रोस्ट्रममा पुगे उनले पनि जवाफ नदिई प्रश्नैप्रश्नको जवाफ खोजे । गृहमन्त्री लेखकले रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने अमेरिका के भिसामा गएका हुन् भनेर प्रश्न गरे । उनले लामिछाने भिजिट भिसा वा के भिसामा अमेरिका गएका हुन् भनेर प्रश्न गर्दा जवाफ दिने कोही भएनन् । सरकारको गृहमन्त्रीले जवाफ नभई सही, तथ्य र वास्तविक कुरा गर्दै सोहीअनुसार कारबाहीमा उत्रिनुपर्ने भए पनि उनले समेत प्रश्नको उत्तर खोजिराखे ।

‘मैले एउटा कुरा सुनेको छु, जान्नेहरूलाई थाहा होला र मलाई पनि जानकारी होला भनेर उठाएको हुँ, त्यो विषय के हो भने माननीय रवि लामिछानेजी, जो यो सम्मानित सदनको सदस्य पनि रहनुभएको थियो, अहिले बेग्लै परिस्थिति छ, उहाँ कुनै समय भिजिटरकै रूपमा संयुक्त राज्य अमेरिका भ्रमणमा जानुभएको थियो अरे भनेर सुनेको छु, भिजिटरका रूपमा जाने भनेको भिजिट भिसा हो, एक किसिमको भिजिट भिसा नै हो, मैले जान्न खोजेको के हो भने उहाँ भिजिटरका रूपमा अमेरिका जानुभएको हो कि होइन ? गृहमन्त्री लेखकले पनि प्रश्न गर्दै जवाफ खोजे, ‘उहाँ (रवि) यदि भिजिटर भिसामा अमेरिका नगएको हो भने के भिसामा जानुभएको हो ? मैले सोध्न चाहें ।’

लेखकले यदि लामिछाने भिजिट भिसामै गएका भए त्यहाँ बसेर नागरिकता लिन पाइन्छ कि पाइँदैन ? भनी प्रश्न गरे । ‘त्यो भिजिट भिसाको दुरुपयोग हो कि होइन ? अनि भिजिट भिसाको दुरुपयोग गर्ने पार्टीको नेताको कार्यकर्ताहरूले अर्कोलाई धेरै ज्यादा नैतिकताको कुरा पढाउनुहुन्छ कि हुँदैन ? नैतिकताको अपेक्षा अरूबाट गर्ने हो कि आफ्नैबाट प्रारम्भ गर्ने ? साथीहरूले अलिक बढी नै गर्नुभएको छ,’ गृहमन्त्री लेखकले सदनमा प्रश्न उठाए ।

गृहमन्त्री लेखकले रास्वपा सभापति लामिछाने अमेरिका जाँदा भिजिट भिसामा गएका हुन् कि होइनन् भन्ने विषयमा स्पष्ट जानकारी दिन सो पार्टीसँग आग्रह पनि गरेका छन् । उनले लामिछाने कुनै समय अमेरिकामा भिजिटरको हैसियतमा गएको भन्ने सुनेको बताउँदै त्यस’bout आफूलाई पनि जानकारी गराइदिन माग गरे ।

साथै, प्रधानमन्त्रीको भ्रमण टोलीमा रहेका मान्छे नफर्किएको भन्ने गौतमको प्रश्नमा सही जवाफ दिनुपर्ने गृहमन्त्री लेखकले भ्रमणमा गएकामध्ये को–को फर्किएका छैनन् भन्ने’bout सरकारलाई जानकारी दिन आग्रह गरे ।

विदेश भ्रमणमा जाने प्रतिनिधिमण्डल’bout मन्त्रिपरिषद्को निर्णयअनुसार तय हुने बताउँदै मन्त्री लेखकले भने, ‘प्रधानमन्त्री स्पेन भ्रमणमा जानुभयो, उहाँसँगै गएका केही व्यक्तिहरू उतै बसेको भन्ने चर्चा चलिरहेको छ, हामीसँग यस्ता विषयको न्यूनतम जानकारी हुनुपर्छ, सम्मानित सदनमा जिम्मेवारीपूर्वक र मर्यादित ढंगले विषय उठाउँदा राम्रो हुन्छ ।’

रास्वपाकी सांसद गौतमले प्रधानमन्त्रीसँग स्पेन भ्रमणमा गएकाहरूमध्ये केही नफर्केको टिप्पणी गर्दै जवाफ मागेकी थिइन् । त्यस’boutमा गृहमन्त्री लेखकले थपे, ‘माननीय सदस्यले कोको गएका थिए र कोको फर्किएनन् भनेर स्पष्ट गर्नुभएको भए सरकारका लागि जवाफ दिन सजिलो हुने थियो ।’ यो समाचार आजको राजधानी दैनिकले लेखेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending