Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

संसदमा जवाफ दिनुपर्ने गृहमन्त्री उल्टै रास्वपामाथि प्रश्न गरिरहे

खबरडबली संवाददाता

काठमाडौं ।  सांसदहरूको प्रश्नैप्रश्नले संसद् तरंगित छ । प्रतिपक्षी दलहरूले प्रश्न उठाएपछि सरकारमा भएका मन्त्रीले सामान्यतया जवाफ दिनुपर्ने हुन्छ । तर, सांसदहरूले प्रश्न गरेपछि जवाफमा गृहमन्त्री रमेश लेखकले पनि प्रश्नैप्रश्न गरे ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा यस्तै दृश्य देखियो । विभिन्न पार्टीका सांसदले समसामयिक विषयमा प्रश्न उठाए । तर, चित्तबुझ्दो जवाफ मन्त्रीहरूबाट आएन । प्रश्न उठाउने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण एवं कार्यक्रमका ’boutमा सहभागी केही मानिस नफर्किएको बताउँदै सरकारसँग प्रश्न गरिन् ।

उनले प्रश्न गर्दै त्यस’boutमा स्पष्ट पार्न सरकारसँग अनुरोध गरिन् । ‘प्रधानमन्त्रीज्यूको आधिकारिक प्रतिनिधिमण्डल सबै कार्यक्रम सकेर नेपाल फर्किनुभयो, तर यो पनि सत्य हो कि प्रधानमन्त्री जानुभएको कार्यक्रममा सयौं नेपाली बहाना बनाएर गए पनि फर्किएका छैनन् र उतै बसेका छन्,’ रास्वपा सांसद गौतमले भनिन्, ‘प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रम निकै ठूलो कार्यक्रम हो, १०औं हजार मानिस सहभागी हुने कार्यक्रम हो, नेपालबाट सयौं मानिस सहभागी हुन गएको पनि साँचो हो, केही नफर्किएको पनि साँचो हो, फेक डकुमेन्ट बनाएर भिसा लगाएको पनि साँचो हो ।’

यस्तै, उनले नागरिक बेचिने र देशकै छविमा आँच आउने गम्भीर विषयमा पनि सरकारले स्वार्थ बाझिने, अनुपयुक्त पात्रको नेतृत्वमा आफूमातहतकै समिति बनाएको बताइन् । उनले सामान्य प्रशासनिक समिति बनाएर सरकारले झेली खेल खेलेको आरोप लगाइन् । ‘त्यही भएर हामीहरू निरन्तर विरोधमा रहेका छौं,’ सांसद गौतमले भनिन् । त्यसपछि रास्वपा सांसदले संसद् बैठक बहिष्कार गरेका थिए ।

तर, जब जवाफ दिन गृहमन्त्री लेखक रोस्ट्रममा पुगे उनले पनि जवाफ नदिई प्रश्नैप्रश्नको जवाफ खोजे । गृहमन्त्री लेखकले रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने अमेरिका के भिसामा गएका हुन् भनेर प्रश्न गरे । उनले लामिछाने भिजिट भिसा वा के भिसामा अमेरिका गएका हुन् भनेर प्रश्न गर्दा जवाफ दिने कोही भएनन् । सरकारको गृहमन्त्रीले जवाफ नभई सही, तथ्य र वास्तविक कुरा गर्दै सोहीअनुसार कारबाहीमा उत्रिनुपर्ने भए पनि उनले समेत प्रश्नको उत्तर खोजिराखे ।

‘मैले एउटा कुरा सुनेको छु, जान्नेहरूलाई थाहा होला र मलाई पनि जानकारी होला भनेर उठाएको हुँ, त्यो विषय के हो भने माननीय रवि लामिछानेजी, जो यो सम्मानित सदनको सदस्य पनि रहनुभएको थियो, अहिले बेग्लै परिस्थिति छ, उहाँ कुनै समय भिजिटरकै रूपमा संयुक्त राज्य अमेरिका भ्रमणमा जानुभएको थियो अरे भनेर सुनेको छु, भिजिटरका रूपमा जाने भनेको भिजिट भिसा हो, एक किसिमको भिजिट भिसा नै हो, मैले जान्न खोजेको के हो भने उहाँ भिजिटरका रूपमा अमेरिका जानुभएको हो कि होइन ? गृहमन्त्री लेखकले पनि प्रश्न गर्दै जवाफ खोजे, ‘उहाँ (रवि) यदि भिजिटर भिसामा अमेरिका नगएको हो भने के भिसामा जानुभएको हो ? मैले सोध्न चाहें ।’

लेखकले यदि लामिछाने भिजिट भिसामै गएका भए त्यहाँ बसेर नागरिकता लिन पाइन्छ कि पाइँदैन ? भनी प्रश्न गरे । ‘त्यो भिजिट भिसाको दुरुपयोग हो कि होइन ? अनि भिजिट भिसाको दुरुपयोग गर्ने पार्टीको नेताको कार्यकर्ताहरूले अर्कोलाई धेरै ज्यादा नैतिकताको कुरा पढाउनुहुन्छ कि हुँदैन ? नैतिकताको अपेक्षा अरूबाट गर्ने हो कि आफ्नैबाट प्रारम्भ गर्ने ? साथीहरूले अलिक बढी नै गर्नुभएको छ,’ गृहमन्त्री लेखकले सदनमा प्रश्न उठाए ।

गृहमन्त्री लेखकले रास्वपा सभापति लामिछाने अमेरिका जाँदा भिजिट भिसामा गएका हुन् कि होइनन् भन्ने विषयमा स्पष्ट जानकारी दिन सो पार्टीसँग आग्रह पनि गरेका छन् । उनले लामिछाने कुनै समय अमेरिकामा भिजिटरको हैसियतमा गएको भन्ने सुनेको बताउँदै त्यस’bout आफूलाई पनि जानकारी गराइदिन माग गरे ।

साथै, प्रधानमन्त्रीको भ्रमण टोलीमा रहेका मान्छे नफर्किएको भन्ने गौतमको प्रश्नमा सही जवाफ दिनुपर्ने गृहमन्त्री लेखकले भ्रमणमा गएकामध्ये को–को फर्किएका छैनन् भन्ने’bout सरकारलाई जानकारी दिन आग्रह गरे ।

विदेश भ्रमणमा जाने प्रतिनिधिमण्डल’bout मन्त्रिपरिषद्को निर्णयअनुसार तय हुने बताउँदै मन्त्री लेखकले भने, ‘प्रधानमन्त्री स्पेन भ्रमणमा जानुभयो, उहाँसँगै गएका केही व्यक्तिहरू उतै बसेको भन्ने चर्चा चलिरहेको छ, हामीसँग यस्ता विषयको न्यूनतम जानकारी हुनुपर्छ, सम्मानित सदनमा जिम्मेवारीपूर्वक र मर्यादित ढंगले विषय उठाउँदा राम्रो हुन्छ ।’

रास्वपाकी सांसद गौतमले प्रधानमन्त्रीसँग स्पेन भ्रमणमा गएकाहरूमध्ये केही नफर्केको टिप्पणी गर्दै जवाफ मागेकी थिइन् । त्यस’boutमा गृहमन्त्री लेखकले थपे, ‘माननीय सदस्यले कोको गएका थिए र कोको फर्किएनन् भनेर स्पष्ट गर्नुभएको भए सरकारका लागि जवाफ दिन सजिलो हुने थियो ।’ यो समाचार आजको राजधानी दैनिकले लेखेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending