काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक सभा बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ। त्रिविका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान १० बजेका लागि सभा बोलाएका हुन्।
परम्पराअनुसार त्रिविको वार्षिक सभा प्रत्येक वर्ष आषाढ शुक्ल नवमीमा (यस वर्ष असार २० गते) बस्ने चलन छ। तर, प्रधानमन्त्री ओलीको व्यस्तताका कारण बैठक असार २२ गते सारिएको थियो। सो दिन पनि उनी बेलिब्रिज उद्घाटन कार्यक्रममा गएका कारण बैठक पुनः स्थगित भयो।
यसपटकको सभामा त्रिविको आगामी नीति तथा कार्यक्रम, बजेट प्रस्तुति र करिब ९० हजार विद्यार्थीहरूको ग्रेस लिस्ट पारित गर्ने कार्यसूची तय गरिएको छ।
तर, बैठक प्रधानमन्त्री निवासमा बस्ने निर्णयप्रति विश्वविद्यालयका केही पदाधिकारीहरूले असन्तुष्टि जनाएका छन्।
उनीहरूको भनाइमा, विश्वविद्यालयको स्वायत्तता कायम राख्न यस्ता उच्च तहका बैठकहरू विश्वविद्यालयमै बस्नुपर्छ। प्रधानमन्त्रीको सुविधाअनुसार स्थान र मिति तय गर्नु संस्थाको चरित्रविपरीत भएको उनीहरूको टिप्पणी छ।
यसैबीच, त्रिविमा बुधबारमात्रै नयाँ उपकुलपति प्रा.डा. दीपक अर्याल नियुक्त भएका छन्। उनले सभामा पहिलोपटक उपकुलपतिका रूपमा सहभागी हुँदैछन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - ०८:२९
हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...
पौष ११ गते, २०८२ - ०८:१६
काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...
पौष ११ गते, २०८२ - ०८:१३
काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...
पौष ११ गते, २०८२ - ०८:०६
काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...
पौष ११ गते, २०८२ - ०७:५०
म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...
पौष ११ गते, २०८२ - ०७:४४
मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...
पौष ११ गते, २०८२ - ०७:३७
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...
पौष ११ गते, २०८२ - ०७:३३
काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...
पौष ११ गते, २०८२ - ०७:०५
मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...
पौष ११ गते, २०८२ - ०७:०१
काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...




प्रतिकृया लेख्नुहोस्: