काठमाडौँ। भोटेकोशीमा आएको बाढीमा फसेका चार सय ८५ जनाको उद्धार भएको छ। असार २४ गते राति भोटेकोशीमा आएको बाढीका कारण पूर्ण रुपमा बन्द भएको स्याफ्रुबेशी र रसुवागढी सडकखण्ड सशस्त्र प्रहरीसहितको सुरक्षार्मीले अस्थायी पदमार्ग बनाएर अलपत्र परेका स्थानीयलाई उद्धार गरेको हो। बिहीबार दिउँसोसम्ममा चार सय ८५ जनालाई उद्धार गरेर सुरक्षाकासाथ गन्तव्यतर्फ पुर्याएको सशस्त्र प्रहरीका नायब उपरीक्षक सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। उनका अनुसार भन्सार कार्यालय यार्डमा फसेका दुई वटा कन्टेनर र एक इभी गाडीलाई सुरक्षित स्थानमा सारिएको छ।
भोटेकोशी नदीमामा आएको बाढीले तीन सुरक्षाकर्मीसहित १४ जना नेपाली र ६ जना चिनियाँ नागरिक बेपत्ता भएका छन्। हालम्म चार जनाको शव फेला परेको छ। प्रहरीले अन्य पाँच वटा मानव अंग मात्र फेला परेको छ। फेला परेको शवमध्ये एक शवको मात्र पहिचान हुनसकेको छ। अन्य शव र मानव अंग त्रिवि शिक्षण अस्पताल महाराजगंजमा राखिएको छ।
तिब्बतको ल्हेन्दे खोलामा आएको लेदोसहितको बाढी भोटेकाशीमा मिसिदा रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका–२ रसुवागढीमा रहेको नेपाल–चीन जोड्ने पुलमा समेत क्षति पुर्याएको छ। नेपाल–चीन भन्सार नाका जोड्ने बाटो अवरुद्ध भएको छ। उक्त क्षेत्रमा विद्युतसमेत अवरुद्ध छ।
उद्धारको लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय सर्वसाधरण समेत खटिएका छन्। नेपाली ५० जना, चिनियाँ नागरिका एक जना भारतीय नागरिक चार गरेर ५५ जनाको असार २४ गते सकुशल उद्धार गरिएको थियो।
त्यस्तै भोटेकोशी नदीमा आएको बाढीले जोखिमा रहेका घरपरिवारका एक सय ६५ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। विभिन्न निजी कम्पनीको हेलिकप्टरद्वारा असार २४ र २५ गते उनीलाई सुरक्षित स्थानमा सारिएको सशस्त्र प्रहरीले जनाएको छ।
भोटेकोशीमा आएको बाढीले ४२ वटा इभी गाडी, २३ वटा कार्गोसहितको कन्टेनर ट्रक, ६ वटा ट्रक लगायत लोडर, एक्जाभेटर, ८ वटा हेभी इक्युपमेन्ट, ३० वटा वेल्डिङ मेसिन र २० वटा ग्राण्डिङ मेसिन बगाएको छ।
भन्सार क्षेत्रमा रहेको इभी गाडीका चार्जिङ्ग स्टेसन, रसुवागढी जलविद्युत आयोजनाको ड्याम, हेडबक्स र लेवर क्याम्प, चिलिमे जलविद्युत आयोजनाको सुरुङ्गमार्गमा समेत क्षती पुर्याएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ८ गते, २०८२ - १७:३२
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ ३ हजार ४०६ जना उम्मेदवार मैदानमा छन् । तर, निर्वाचन खर्चका लागि छुट्टै बैंक खाता खोल्नेको संख्या भन...
फाल्गुन ८ गते, २०८२ - १७:२३
काठमाडौं । मुग्लिन–काठमाडौं सडकखण्ड अन्तर्गत फिस्लिङ नजिकै शुक्रबार माइक्रोबस दुर्घटनामा परेको छ। प्राप्त जानकारी अनुसार, माइक्रोबस गति अनियन्त्रित...
फाल्गुन ८ गते, २०८२ - १७:१७
मोरङ। निर्वाचन आयोगका कार्यवाहक आयुक्त रामप्रसाद भण्डारीले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प...
फाल्गुन ८ गते, २०८२ - १७:०६
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट आज करिब ११ किलोग्राम २७० ग्राम अवैध लागु औषध गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ...
फाल्गुन ८ गते, २०८२ - १६:४७
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई संसदबाट निकालिए पनि जनताको मनबाट हटाउन सकिँदैन भन्दै चुनौती दिएका छन्। शु...
फाल्गुन ८ गते, २०८२ - १६:३७
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि सुनुवाइ फागुन २२ गते गर्ने साधारण तारेख तोकेको छ। रिटकर्ता अधिवक्ता कृतिनाथ शर्...
फाल्गुन ८ गते, २०८२ - १६:३०
वासिङ्टन। दोषी ठहर भइसकेका अमेरिकी यौन अपराधी जेफ्री एपस्टिनको सम्पत्तिले सम्भावित दर्जनौँ पीडितका बाँकी कानूनी दाबी टुङ्ग्याउन अधिकतम तीन करोड ५० लाख...
फाल्गुन ८ गते, २०८२ - १६:१६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता, बालेन शाह सुदुरपश्चिमको चुनावी अभियानको क्रममा बिरामी परेपछि काठमाडौं आएका छन्। शाह ...
फाल्गुन ८ गते, २०८२ - १६:०८
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टीले दाङमा एमालेको झण्डा आफूहरुले नजलाएको स्पष्ट पारेको छ। पार्टीले झण्डा जलाइएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न...
फाल्गुन ८ गते, २०८२ - १५:३३
पोखरा। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने बताएकी छन् । शुक्रबार पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त सम...



प्रतिकृया लेख्नुहोस्: