काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको बेडरूमसम्म बिचौलियाको पहुँच छ भन्ने कुरा आम जनतालाई थाहा भइसकेको बताएका छन् ।
सोमबार संसद्मा बोल्दै प्रचण्डले सरकार दलालहरूको सेवामा रहेको आरोप लगाए। 'सरकारले सङ्ख्याको दम्भमा जसरी कुशासनका पहाड ठडिए, जसरी दलाल र बिचौलियाको पक्षमा सरकार नतमस्तक बन्यो, सरकार आज बिचौलियाको स्वार्थपूर्तिमा छ भन्ने कुरा आम नागरिक र सत्तारूढ दलकै भाषा बन्न पुगेको छ। प्रधानमन्त्रीको बेडरूमसम्म बिचौलियाको पहुँच छ भन्ने कुरा आम जनतालाई थाहा भइसकेको छ,' उनले भने।
प्रचण्डले शान्ति प्रक्रियाका बेलामा गरिएका कबुलअनुसार सरकार अगाडि बढ्न नसकेको बताएका छन्।
'शान्ति प्रक्रियाको बेलामा जस्तो कबुल गरेका थियौँ, के हामी त्यो दिशातिर नै अघि बढिरहेका छौँ ? त्यतिबेला जे सपना देखेका थियौँ, हामी सबै त्यस दिशामा अगाडि बढेका छौँ त रु संविधान निर्माणका बेला घनीभूत छलफल गरेर जनताका बीचमा प्रतिबद्धता गरेका थियौँ, आज सर्वत्र भ्रष्टाचार, अराजकता र बेथितिले देश परिवर्तनको ठीक उल्टो दिशातिर अगाडि बढेको छ। सच्चिनका लागि कठोर निर्णयका लागि प्रतिबद्धता जनाउनुपर्छ,' उनले भने।
उनले लोकतन्त्र बलियो बनाउनेमा मुख्य जोड हुनुपर्ने बताए। 'सार्वजनिक सेवामा निरन्तरत तत्परता देखाउनुपर्ने, समाजका उपेक्षित वर्ग, जाति र समुदायका लागि सरकारबाट विशेष संरक्षणमुखी कार्यक्रम लागू गरिनुपर्ने, सङ्घीयता बलियो बनाउने र त्यहीअनुरूप कानून बनाएर कार्यान्वयनमा तत्परता देखउनुपर्ने, सामाजिक न्यायका लागि काम गर्नुपर्ने आवश्यकता छ,' उनले भनेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २६ गते, २०८३ - १७:४१
काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले विधि र वैधानिक परम्परालाई कमजोर बनाउने स्वार्थ प्रेरित गतिविधिले निरंकुशताको संकेत दिने बताए...
बैशाख २६ गते, २०८३ - १७:२३
काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठकले दलको साङ्गठनिक संरचनालाई पूर्णता दिँदै २१ सदस्यीय ‘संसदीय बोर्ड’ गठन गरेको छ । शनिवार सिंहदरबारस्थित संसद...
बैशाख २६ गते, २०८३ - १७:११
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका आधिकारिक सदस्यले रूखबाहेक अन्य चुनाव चिन्हमा मतदान गर्न नपाइने बताएका छन्। कैलालीको धनगढीमा...
बैशाख २६ गते, २०८३ - १६:२८
ताप्लेजुङ। ताप्लेजुङमा यतिबेला बेमौसमी हिमपात भएको छ । पाथीभरा डाँडासहित जिल्लाको उच्च हिमाली भेगमा बाक्लो हिमपात भएको हो । हिमाली जिल्ला ताप्लेजु...
बैशाख २६ गते, २०८३ - १६:१६
नेपालगन्ज। भारतसँग सीमाना जोडिएको बाँके जिल्लाको नेपालगन्ज लगायत विभिन्न सीमावर्ती स्थानमा भारतीय र नेपाली रुपियाँको अवैध सटही कारोबार खुला रूपमा हुँद...
बैशाख २६ गते, २०८३ - १५:५८
काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सभापति गगनकुमार थापा सँग शेरबहादुर देउवा लाई टिकट नदिनुको कारणबारे प्रश्न गरेका छन्। शन...
बैशाख २६ गते, २०८३ - १५:४४
काठमाडौँ । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक सर्वोच्चता, स्वतन्त्र तथा निष्पक्ष न्यायपालिकाको मान्यता, नागरिकक...
बैशाख २६ गते, २०८३ - १५:१६
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदलाई राखेको प्रशिक्षण कार्यक्रममा सांसदको उपस्थिति न्युन देखिएको छ । रास्वपाले शनिवार राखेको स...
बैशाख २६ गते, २०८३ - १४:५८
काठमाडौँ। सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेकोे छ । ‘सहकारी ऐन २०७४’ तथा ‘प्र...
बैशाख २६ गते, २०८३ - १४:४९
झापा । गौरादह नगरपालिका-५ स्थित स्कुलचौन बजारमा आज यात्रुबाहक बस र ढुङ्गागिट्टी बोक्ने टिपर एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् । जिल्ला प्रहरी...


प्रतिकृया लेख्नुहोस्: