Khabar Dabali १० श्रावण २०८३ आईतवार | 26th July, 2026 Sun
Investment bank

रवि लामिछानेको पक्षमा २० लाख हस्ताक्षर र ४४ लाख चन्दा सङ्कलन

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा २० लाखभन्दा बढी हस्ताक्षर सङ्कलन र  ४४ लाख चन्दा सङ्कलन भएको छ। 

‘अहिलेसम्म हाराहारी २० लाखभन्दा धेरै हस्ताक्षर सङ्कलन भएको छ,’ लामिछानेका सहयोगी प्रमोद न्यौपानेले भने, ‘अझै बढेको हुन सक्छ। यो मैले दिएको तथ्याङ्क तीन दिन अगाडिको हो। हस्ताक्षरका सबै फारमहरू सङ्कलन गरेर अद्यावधिक गर्न समय लाग्ने हुन्छ। अभियान जारी छ, अद्यावधिक पनि जारी छ।’

उनका अनुसार प्रदेशगत रूपमा ९ लाख ४० हजार हाराहारीको सङ्ख्यामा हस्ताक्षर सङ्कलन भएको छ। ‘कोशीमा १ लाख ६६ हजार, मधेसमा ३६ हजार, बागमतीमा २ लाख १३ हजार, गण्डकीमा २ लाख ६० हजार, लुम्बिनीमा १ लाख ९७ हजार, कर्णालीमा ३८ हजार र सुदूरपश्चिममा २५ हजार हाराहारी हस्ताक्षर सङ्कलन भएको छ,’ न्यौपानेले भने, 'बाँकी हस्ताक्षर सबै केन्द्रीय कार्यालयमा सङ्कलन भएका हुन्।'

यस्तै अहिलेसम्म चन्दास्वरूप ४४ लाख रुपैयाँ सङ्कलन भएको छ। ‘यो जोड-जबरजस्ती गरेर होइन, हस्ताक्षर गर्नेहरूले स्व-इच्छाले दिनुभएको हो,’ न्यौपानेले भने। उनले अरु पार्टीहरूले पनि विभिन्न स्वरूपमा चन्दा लिइरहेको बताए। आफूहरूले चन्दा लिएको विषयलाई विवादको विषय बनाउन खोजिएको उल्लेख गर्दै उनले भने, 'हामीले गर्दा नहुने तर, अरुले गर्दा हुने भन्ने नहोला।'

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोशीको मुख्यमन्त्री बन्ने निश्चित नहुँदै तिलकुमार मेन्याङ्बोलाई बधाईको ओइरो

काठमाडौं । कोशी प्रदेशमा नयाँ मुख्यमन्त्रीको चर्चा चुलिएसँगै नेपाल कम्युनिस्ट पार्टी (एमाले) का कोशी प्रदेश सभा संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो...

एमबीएस प्रश्नपत्र सार्वजनिक प्रकरण: दुई जना पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्नपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक...

एमबीएसको प्रश्नपत्र बाहिरिएको घटनाबारे त्रिविले गठन गर्‍यो छानबिन समिति

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एमबीए प्रथम सत्रको प्रश्नपत्र परीक्षा सञ्चालनकै क्रममा बाहिरिएको घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ। त्रिभु...

हेटौँडामा ४१ वर्षिय पुरुष मृत फेला, घटनाको अनुसन्धान सुरु

हेटौँडा। मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ स्थित थानाभर्याङमा रहेको यातायात व्यवस्था कार्यालय नजिक एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । जि...

प्रवासी नेपालीलाई नेपालमा लगानी गर्न अर्थमन्त्री वाग्लेको आग्रह

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासी नेपालीलाई नेपालको आर्थिक विकास र समृद्धिमा साझेदार बन्न मातृभूमिमा लगानी गर्न आग्रह गरेको छन्। ...

भारत भ्रमणमा जान लागेका गगन थापाको कार्यक्रम स्थगित

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाको भारत भ्रमण अन्तिम समयमा स्थगित भएको छ। उनी शनिबार भारत जाने तयारीमा रहे पनि भ्रमण आइतबारका लागि सारिएको ...

बजारमा सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही बढेको छ ।गत शुक्रबारको तुलनामा सुन तोलामा एक हजार ६०० र चाँदी  ६० ले बढेको हो । नेपाल सुनचाँदी व...

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु

सुर्खेत। कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ । मुख्यमन्त्रीका लागि दाबी पेश गर्नको लागि आह्वान गरिएको हो । प्रदेश प्रमुखको कार्...

गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

काठमाडौं। धनगढीमा सत्याग्रहरत डा.गोविन्द केसीसँग वार्ता गर्न सरकारी टोलीका थप दुई सदस्य धनगढी पुगेका छन्। जे.पी.अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्...

बागलुङमा बेपत्ता किशोर मृत फेला : आइफोन लुट्ने क्रममा हत्या भएको खुलासा

बागलुङ। पश्चिम बागलुङको बडिगाड गाउँपालिकामा मृत अवस्थामा फेला परेका १७ वर्षीय लजिन थापाको आइफोन मोबाइल लुट्ने उद्देश्यले आफ्नै साथीबाट हत्या भएको रहस्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending