काठेखोला। मानवीय लापरवाहीका कारण भूक्षयका घटना बढिरहेको सरोकारवालाहरुले बताएका छन् । विकास निर्माण र वातावरण संरक्षणबिच समन्वय कायम गर्न स्थानीय तहसँग भू तथा जलाधर व्यवस्थापन कार्यालय पर्वतले मङ्गलबार आयोजना गरेको समन्वय गोष्ठीमा बोल्ने वक्ताहरुले पछिल्लो समय प्राकृतिक प्रकोपका घटना बने, ‘‘सानो लापरवाहीको कारण भूक्षयका घटना बढिरहेका छन् ।’’
सरोकारवालाहरुले मानवीय कारणले वातावरणीय प्रभाव बढिरहेको बताउँदै वायुप्रदूषणका घटना कम गर्नुपर्नेमा जोड दिए । गण्डकी प्रदेशसभा सदस्य दिपेन्द्रबहादुर थापाले मानवीय लापरवाहीका कारण भूक्षय र प्राकृतिक प्रकोपका घटना बढिरहेको बताए । उनले मनाङ र मुस्ताङ जस्ता उच्च हिमाली क्षेत्रहरुमा पनि वातावरणीय प्रभावका कारण विनाशकारी घटनाहरु बढेको उल्लेख गर्दै साना कामको समेत दीर्घकालीन असर पर्ने भएकाले सचेत रहन सवैमा आग्रह गरे।
सडक छेउछाउ र पहिरो गएको ठाउँमा वृक्षारोपरण गर्नुपर्ने सांसद थापाको भनाइ छ । ‘‘सडक छेउमा नाली सफा नगर्दा र ढलको उचित व्यवस्थापन नगर्दा बस्तीमा क्षति पुर्याउने खतरा रहेको छ,’’ उनले भने, ‘‘अम्रेसो तथा अन्य वनस्पतिको वृक्षारोपणमार्फत सडक संरक्षण गर्न सकिन्छ ।’’ सांसद थापाले उच्च भूभाग तथा वनको धुरीमा रिचार्जिङ पोखरी निर्माण गरी पानीको दीर्घकालीन संरक्षण गर्न सकिने सुझाव समेत दिए ।
सांसद थापाले अव्यवस्थित सडक निर्माणको कारण बागलुङमाा पछिल्लोसमय बाढी पहिरोका घटना बढिरहेको बताए । उनले केही साता पहिले जैमिनी नगरपालिकामा बाढीको कारण ठुलो क्षेत्रफलमा रहेको खेत बगरमा परिणत भएको बताउँदै बाढी आउनुमा सडक निर्माण कारणतत्व रहेको बताए।
जैमिनी नगरपालिकाका नगरप्रमुख नर बहादुर पुनले भू तथा जलाधरको व्यवस्थापन नगरे भयावह अवस्था आउन सक्ने चेतावनी दिए । विकास निर्माणको नाममा सडक निर्माणमा सक्रियता देखाइए पनि वातावरण संरक्षणमा कमजोरी रहेको भन्दै सबै स्थानीय तह र सम्बन्धित निकायहरू सचेत हुनुपर्नेमा उनले जोड दिए ।
नगरप्रमुख पुनले नर्सरी, पोखरी, चौपारी तथा पानी संरक्षणका कार्यहरूमा स्थानीय तह र भू तथा जलाधर कार्यालयबीच साझेदारी गर्न आवश्यक रहेको बताए। उनले सरकारी कार्यालय र स्थानीय तहहरुले साझेदारी गरेर स्थानीयलाई जागरुक गराउँदै भूक्षयका घटना कम गर्न पहल गरिनुपर्नेमा जोड दिए।
भू तथा जलाधर व्यवस्थापन कार्यालयका प्रमुख शम्भु कुमार मिश्रले वातावरणीय दृष्टिले सन्तुलित विकास आवश्यक रहेको बताए । उनले पोखरी निर्माण गर्दा ढलान नगरी स्थानीय सामग्री प्रयोग गर्नुपर्ने, कंक्रिटको सट्टा ढुङ्गा प्रयोग गरेर पानी रिचार्जिङ्गको व्यवस्था मिलाउनुपर्नेमा जोड दिए।
पहिरो गएको स्थानमा तारजाली नभई वृक्षारोपण गर्नु र सडक पाखोमा बायो इन्जिनियरिङ्ग प्रविधिको प्रयोग गर्नुपर्ने उनले बताए। कार्यालयले चालु आर्थिक वर्ष २०८१/०८२ मा बागलुङ जिल्लामा ४६ वटा योजना सञ्चालन गरेकोमा ४३ योजना सम्पन्न भइसकेको जानकारी गराइएको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ मा बागलुङ जिल्लामा प्रदेश सरकारबाट ३२ र संघ सरकारबाट चार वटा योजना रहेको प्रमुख मिश्रले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०८३ - १७:४१
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाएका छन्। राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसा...
बैशाख २० गते, २०८३ - १७:२८
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सातौँ अध्यादेश जारी गरेका छन्। उनले आइतबार ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३’ जारी गरेका हुन्। य...
बैशाख २० गते, २०८३ - १७:१८
काठमाडौं । सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जन ले सफाइ पाएका छन्। जिल्ला अदालत सर्लाहीले उनलाई आरोप पुष्टि हुन नसकेको ठहर गर्दै सफाइ दिएको हो। ...
बैशाख २० गते, २०८३ - १६:३४
नेपालगन्ज। स्तरोन्नतिको चरणमा रहेको नेपालगन्ज–गुलरिया सडक खण्डको खजुरा बजार क्षेत्रको सडक फराकिलो बनाउन माग गर्दै स्थानीयबासीले दवाव दिन हस्ताक्षर सङ्...
बैशाख २० गते, २०८३ - १६:२३
रुकुम पश्चिम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्तिको सपना अझै पूरा नभएको बताएका छन्।...
बैशाख २० गते, २०८३ - १६:१४
काठमाडौँ। बङ्गलादेशको राजधानी ढाकामा आयोजित ‘इम्पेरियल फोटो जर्नालिस्ट अप्रिसिएसन अवार्ड २०२६’ बाट नेपालका १० जना फोटोपत्रकार सम्मानित भएका छन् । ब...
बैशाख २० गते, २०८३ - १५:५५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बन्न चाहने सदस्यहरूका लागि नयाँ योग्यता मापद...
बैशाख २० गते, २०८३ - १५:४९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी व्यवसायीहरूलाई डर–त्रासमा नपर्न आग्रह गरेका छन्। आइतबार निजी क्षेत्रक...
बैशाख २० गते, २०८३ - १५:४२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को हाल राजनीतिक भेटघाट नियन्त्रित गरिएको छ। हालै पत्थरीको शल्यक्रिया गरेका उनी ...
बैशाख २० गते, २०८३ - १४:०५
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले स्वतन्त्र प्रेसबिना सुशासन, पारदर्शिता र जनविश्वास मजबुत हुन नसक्ने बताएका छन् । ...


प्रतिकृया लेख्नुहोस्: