Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

चिनियाँले सिनामंगलमा खोलेको कारखानामा प्रहरीको छापा, दुई करोडको सामान बरामद

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौंको पुरानो सिनामंगलस्थित एउटा घरमा चिनियाँ नागरिकले अवैध रूपमा ल्यापटपका पाटपुर्जा, ब्याट्री, सिसी क्यामेरा र अन्य विद्युतीय सामग्री उत्पादन गर्ने कारखाना नै खोलेको पाइएको छ । अवैध रुपमा कारखाना खोलेर कर छली गर्दै आएको पाइएपछि प्रहरीले ती चिनियाँलाई पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा गएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार दिउँसो साढे ४ बजे सो घरमा छापा मारेको हो । यसक्रममा ३८ वर्षीय चिनियाँ नागरिक यु वाङ पक्राउ परेका छन् ।

पक्राउ परेका चिनियाँ नागरिक चीनको स्यान्डोङका हुन् ।  उनी हाल काठमाडौंको पुरानो सिनामंगलमा बसोबास गर्दै आएका थिए । गैरकानुनी रूपमा विद्युतीय सामग्री उत्पादन र भण्डारण गर्दै आएको फेला पारेपछि काठमाडौं-३२ पञ्चमुखी चोकको सो भवनमा छापा मारिएको प्रहरीले जनाएको छ ।

सरकारी इजाजतबिनै सञ्चालन गरिएको उक्त कारखानाबाट २ करोड १९ लाख ७६ हजार ७ सय बराबरको राजस्व छली भएको पाइएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए ।

‘सो कारखाना कुनै पनि सरकारी निकायमा दर्ता थिएन, न उद्योगको इजाजत लिइएको थियो, न त कर दस्तुर तिरिएको पाइयो,’ आचार्यले भने, ‘व्यक्तिगत आवासलाई नै गोदाम र कारखाना बनाएर गैरकानुनी उत्पादन, प्रशोधन र वितरण कार्य भइरहेको पाइयो ।’ उक्त घरबाट १ करोड १९ लाख बराबरको ल्यापटपको ब्याट्री बरामद भएको छ। चिनियाँ नागरिकले एचपी, डेल, एसर, एसुस, लेनोभोलगायत ब्राण्डका ल्यापटपका ब्याट्रीका पार्टपूर्जासमेत बनाउँथे । प्रहरीले तयारी अवस्थामा रहेका ३ हजार ९२ थान ल्यापटप बरामद रेको छ। विभिन्न ब्राण्डका सिसी क्यामेरा उपकरण १ हजार ४७९ थान बरामद भएको आचार्यले बताए।

वाङले चीनबाट ल्याइएको कच्चा पदार्थलाई काठमाडौंमा प्रशोधन गरी तयार सामान बनाउने र बिल-बिजकबिनै बिक्री वितरण गर्ने कार्य गर्दै आएको आचार्य बताउँछन् । 

प्रहरीले कारोबारलाई ठूलो परिमाणको राजस्व छली तथा अनधिकृत व्यापारिक गतिविधि मानेर विस्तृत अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग पठाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: