महोत्तरी। मटिहानी नगरपालिका–२ धिरापुर बस्ने रामकृपाल ठाकुर मटिहानी बजारबाट दुई दर्जन मिनरल वाटर घर लिएर आए। घरमा कुनै पूजापाठ वा आफन्त आएको नभई घरमा खानेपानीको समस्या समाधान गर्न अहिले उनी मिनरल वाटर प्रयोग गर्न् ।
घरमा दुई दुईवटा चापाकल र बिजुली मोटर लागेको छ तर केही समयदेखि त्यहाँ पानी नआएकाले किनेर खानुपर्ने बाध्यता रहेको ठाकुरले बताए।
घरमा पालिएको पशुहरुका लागि छिमेकीको घरमा पानी ल्याउँछु भने आफुहरु अहिले मिनरल वाटर किनेर खाइरहेको बताउनुहुँदै ठाकुरले भने, ‘‘अब चार सय फिटमुनि चापाकल गाडनुपर्ने अवस्था छ, सरसामान किनिसकेको छु, मिस्त्रीको बाटो कुरिरहेको छु ।’’
उनी मात्रै होइन, जलेश्वर नगरपालिका– ४ सुगा बस्ने किरण देवीले पनि घरको चापाकलबाट थोरै पानी आइरहेको बताउदै पानीको समस्या दिन प्रतिनिदिन गहिरिँदै गएको बताए । पानीको सतह घट्दै गएका कारणले यसक्षेत्रमा पानीको समस्या बढ्दै गएको हो ।
जलको नगरी भनेर चिनिने महोत्तरीको सदरमुकाम जलेश्वरसहितको क्षेत्रमा समेत पानीको समस्या देखिएको छ । पानीको समस्या समाधानका लागि स्थानीय सरकारलाई समेत आफुहरु हारगुहार गरिरहेको स्थानीय युवा इन्दल दासले बताए।
चुरेको दोहन तथा प्रशस्त पानी नपरेका कारण यसक्षेत्रमा दिनानुदिन पानीको समस्या बढ्दै गएको हो । जलेश्वरका वयोवृद्ध कृष्णचन्द्र झाले स्थानीय सरकारले कुनै दीर्घकालीन योजना बिना भविष्यको आँकलन नै नगरी जथाभावी गाउँ टोलमा सिमेन्ट ढालेर सडक बनाएका कारणले पानीको समस्या देखिएको अनुमान गरे। उनले विगतमा पक्की सडक नहुँदा माटो हिलोका कारणले यतिको गर्मी पनि महसुस नहुनुका साथै पानीको समस्या समेत नदेखिएको सम्झिए।
मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले पानीको समस्या विकराल बन्दै गएको बताउदै यसका लागि सरोकारबाला निकायहरुले एक रुपताका साथ दीर्घकालीन योजना बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए।
नगरवासीहरु पानीको समस्याबारे दैनिक भन्न आउँछ, मेरै घरमा पनि पानीको समस्या छ, तर आफूले चाहेर पनि दीर्घकालीन समाधान दिन नसकिरहेको बताउनुहदै नगरप्रमुख मण्डलले भने ‘‘तत्कालका लागि बढी समस्या देखिएको नगरक्षेत्रमा पानी वितरणको पहल गरिरहेको छु ।’’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ८ गते, २०८२ - १७:३२
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ ३ हजार ४०६ जना उम्मेदवार मैदानमा छन् । तर, निर्वाचन खर्चका लागि छुट्टै बैंक खाता खोल्नेको संख्या भन...
फाल्गुन ८ गते, २०८२ - १७:२३
काठमाडौं । मुग्लिन–काठमाडौं सडकखण्ड अन्तर्गत फिस्लिङ नजिकै शुक्रबार माइक्रोबस दुर्घटनामा परेको छ। प्राप्त जानकारी अनुसार, माइक्रोबस गति अनियन्त्रित...
फाल्गुन ८ गते, २०८२ - १७:१७
मोरङ। निर्वाचन आयोगका कार्यवाहक आयुक्त रामप्रसाद भण्डारीले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प...
फाल्गुन ८ गते, २०८२ - १७:०६
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट आज करिब ११ किलोग्राम २७० ग्राम अवैध लागु औषध गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ...
फाल्गुन ८ गते, २०८२ - १६:४७
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई संसदबाट निकालिए पनि जनताको मनबाट हटाउन सकिँदैन भन्दै चुनौती दिएका छन्। शु...
फाल्गुन ८ गते, २०८२ - १६:३७
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि सुनुवाइ फागुन २२ गते गर्ने साधारण तारेख तोकेको छ। रिटकर्ता अधिवक्ता कृतिनाथ शर्...
फाल्गुन ८ गते, २०८२ - १६:३०
वासिङ्टन। दोषी ठहर भइसकेका अमेरिकी यौन अपराधी जेफ्री एपस्टिनको सम्पत्तिले सम्भावित दर्जनौँ पीडितका बाँकी कानूनी दाबी टुङ्ग्याउन अधिकतम तीन करोड ५० लाख...
फाल्गुन ८ गते, २०८२ - १६:१६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता, बालेन शाह सुदुरपश्चिमको चुनावी अभियानको क्रममा बिरामी परेपछि काठमाडौं आएका छन्। शाह ...
फाल्गुन ८ गते, २०८२ - १६:०८
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टीले दाङमा एमालेको झण्डा आफूहरुले नजलाएको स्पष्ट पारेको छ। पार्टीले झण्डा जलाइएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न...
फाल्गुन ८ गते, २०८२ - १५:३३
पोखरा। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने बताएकी छन् । शुक्रबार पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त सम...



प्रतिकृया लेख्नुहोस्: