Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

मगर र भुजेल भाषाको तुलनात्मक अध्ययन: भाषामा समानता र भिन्नता के छ ?

कुमारी थापा

काठमाडौं । भाषा मानव सभ्यताको मूल आधार हो। व्यक्तिका विचार, भावना, अनुभव, ज्ञान र संस्कृतिको आदानप्रदानको माध्यमको रूपमा कार्य गर्दछ। भाषा श्रव्य, लिखित वा संकेतात्मक रूपमा प्रयोग गरिने सामाजिक संरचना हो। भाषाले समाजमा आपसी समझदारी, समन्वय र सम्बन्ध कायम राख्न सहयोग पुर्‍याउँछ। भाषालाई सरल रूपमा विचार अभिव्यक्तिको साधन मानिए तापनि विज्ञहरूका दृष्टिमा भाषा बहुआयामिक संरचना हो। भाषामा ध्वनिकी (phonology), रचना (morphology), वाक्यविन्यास (syntax), अर्थविज्ञान (semantics), प्राग्मेटिक्स (pragmatics) लगायतका पाटाहरू समेटिन्छन्। भाषाविज्ञहरूका अनुसार भाषा केवल संचारको माध्यम मात्र नभई मानव मस्तिष्कको संज्ञानात्मक प्रक्रिया, सामाजिक व्यवहार र सांस्कृतिक पहिचानको संवाहक पनि हो। त्यसैले भाषा केवल कुरा गर्ने साधन मात्र होइन।भाषा  सोच्ने, बुझ्ने, सृजनात्मक रूपमा सिर्जना गर्ने र समाजसँग अन्तरक्रिया गर्ने जटिल र जीवन्त प्रणालीको रूपमा बुझ्दै अभ्यास गरिँदै आएको परम्परा छ। तसर्थ भाषा मानव सभ्यताको लागि आधारभूत तत्वको रूपमा ग्रहण गर्नुपर्दछ। 

मैले शिक्षाशास्त्राचार्य उपाधी हाँसिल गर्ने क्रममा “मगर भाषा र भुजेल भाषाको तुलनात्मक अध्ययन” शीर्षकमा अनुसन्धान कार्य सम्पन्न गरेकी थिऐँ। शोधपत्र त्रिभुवन विश्व विद्यालय शिक्षाशास्त्र सङ्काय, पृथ्वी नारायण क्याम्पस, पोखरामा  नेपाली शिक्षा विभाग अन्तर्गत स्नातकोत्तर तह द्वितीय वर्षको नेपा.शि.५९८ पाठ्यांश पुरा गर्ने प्रयोजनका लागि तयार पारिएको थियो।उक्त अनुसन्धान कार्य सन् २०१४ मा सम्पन्न गरी पृथ्वी नारायण क्याम्पस, पोखरामा प्रस्तुत गर्दा आवश्यक सन्दर्भ सामाग्रिहरू खोज्न अहिलेको जस्तो सहज अवस्था थिएन। शोध कार्यले मगर भाषा र भुजेल भाषाका बारेमा चासो राख्नका लागि महत्त्वपूर्ण सामग्रीका रूपमा सहयोग गर्ने छ भन्ने मलाई विश्वास लागेको थियो। शोधपत्रआदरणीय गुरु विष्णुप्रसाद शर्माको प्रत्यक्ष निर्देशनमा तयार पारिएको हो।शर्माले शोधपत्रको प्रारम्भदेखि अन्तसम्म सल्लाह, सुझाव र आवश्यक निर्देशन दिनु भएको थियो। शोधपत्रको शीर्षक छनोट एवम् शोधपत्र तयार गर्ने क्रममा महत्त्वपूर्ण अनुभव, मार्गदर्शन तथा सुझाव दिई सहयोग पुर्‍याउने नेपाली शिक्षा विभागका विभागीय प्रमुख प्रा।डा। शर्वराज आचार्यज्यूको योगदान रहेको कुरा अविस्मरणीय छ।

शोधपत्रआदरणीय गुरु विष्णुप्रसाद शर्माको प्रत्यक्ष निर्देशनमा तयार पारिएको हो।शर्माले शोधपत्रको प्रारम्भदेखि अन्तसम्म सल्लाह, सुझाव र आवश्यक निर्देशन दिनु भएको थियो। शोधपत्रको शीर्षक छनोट एवम् शोधपत्र तयार गर्ने क्रममा महत्त्वपूर्ण अनुभव, मार्गदर्शन तथा सुझाव दिई सहयोग पुर्‍याउने नेपाली शिक्षा विभागका विभागीय प्रमुख प्रा।डा। शर्वराज आचार्यज्यूको योगदान रहेको कुरा अविस्मरणीय छ।

शोधपत्र तयार गर्न शोधकर्तामा प्रत्यक्ष सहयोग पुर्‍याउने खालका तथ्याङ्कलाई मात्र निर्धारण गरी विश्लेषण गरिएको थियो।पाँच ओटा अध्यायमा सङ्गठित शोधकार्यलाई क्रमश: पृष्ठभूमि, परिचय, पूर्वाध्ययन, नतिजा र छलफल, मगर भाषा र भुजेल भाषाको तुलनात्मक अध्ययन र अध्याय छमा सारांश, निष्कर्ष र उपयोग गरी पुरा गरिएको थियो ।शोधको निष्कर्षमा राष्ट्रिय जनगणना २०५८ र २०६८ को अध्ययन गरी समग्र नेपालमा मगर मातृभाषी र भुजेल मातृभाषी वक्ताहरूको सङ्ख्यात्मक तुलना गर्दा भुजेलको तुलनामा मगर मातृभाषी वक्ताको सङ्ख्या बढी रहेको पाइयो। राष्ट्रिय जनगणना २०५८ मा मगर मातृभाषीको सङ्ख्या ७,७०११६ रहेको पाइयो भने राष्ट्रिय जनगणना २०६८ मा मगर मातृभाषीको सङ्ख्या ७८८५३० रहेको पाइयो । जस अनुसार जनगणना २०५८ देखि जनगणना २०६८ सम्म मगर मातृभाषीको सङ्ख्या १८४१४ वृद्धि भएको पाइयो। त्यस्तै राष्ट्रिय जनगणना २०५८ मा भुजेल मातृभाषीको जनसङ्ख्या १०७३३ रहेको पाइयो भने राष्ट्रिय जनगणना २०६८ मा भुजेल मातृभाषी जनसङ्ख्या २१७१५ रहेको पाइयो। जस अनुसार राष्ट्रिय जनगणना २०५८ देखि जनगणना २०६८ सम्म भुजेल मातृभाषीको सङ्ख्या १०९८२ वृद्धि भएको पाइयो।मगर भाषा र भुजेल भाषाको समग्र व्याकरणलाई अध्ययन गर्दा मगर भाषाको व्याकरणमा पदवर्ग र व्याकरणिक कोटिको चर्चा गरेको पाइयो तर भुजेल भाषाको व्याकरणमा सबै पदवर्ग र व्याकरणिक कोटिको चर्चा गरिएको पाइँदैन। भुजेल व्याकरणको कमजोर पक्ष रहेको पाइयो। मगर भाषाको तुलनामा भुजेल भाषाको शब्द भण्डारमा पनि कमी रहेको पाइयो । मगर भाषाको व्याकरणमा शब्दवर्ग नाम, सर्वनाम, विशेषण, क्रिया, क्रिया विशेषण, नामयोगी, संयोजक, विस्मयादिबोधक र निपातको स्पष्ट चर्चा गरिएको पाइयो। तर मगर भाषाको तुलनामा भुजेल भाषाको व्याकरणमा शब्दवर्ग नाम, सर्वनाम, विशेषण, क्रिया, क्रिया विशेषण, नामयोगी, संयोजक, विस्मयादिबोधक र निपात अन्तर्गत नाम, क्रिया, संयोजक, विस्मयादिबोधक र निपातको खासै चर्चा गरिएको पाइँदैन। व्याकरणात्मक कोटि लिङ्ग, वचन, पुरुष र कालको दुवै व्याकरणमा चर्चा गरिएको पाइयो। मगर भाषा र भुजेल भाषाको व्याकरणको अध्ययन गर्दा तुलनात्मक रूपमा भुजेल भाषाको व्याकरण भन्दा मगर भाषाको व्याकरण सबल रहेको पाइयो ।

मैले आफूले अध्ययन गरेको विषय भएकाले हालका दिनमा पनि स्वअध्ययन गर्ने कार्य जारी नै छ। मगर भाषा र भुजेल भाषाको तुलनात्मक अध्ययन गर्दा केही समानता र भिन्नता देखिन्छ। भाषिक वर्गीकरणका आधारमा मगर भाषा तिब्बती बर्मेली (Sino-Tibetan) परिवारअन्तर्गत पर्छ। भुजेल भाषा इन्डो आर्यन (Indo-Aryan) भाषासँग सामीप्य राख्ने जनगोष्ठीय मातृभाषा हो। केही भाषाविज्ञहरू यसलाई किराँती (Tibeto-Burman) समूहसँग पनि जोड्दछन्। ध्वन्यात्मक दृष्टिले मगर भाषामा स्वर र व्यञ्जनहरूको विशेष प्रयोग पाइन्छ। कतिपय उपभाषामा टोन ९उचाइरचढाई० पनि प्रयोग गरिन्छ। भुजेल भाषामा भने टोनको प्रयोग हुँदैन। यसको उच्चारण नेपाली भाषाजस्तै सुनिन्छ।व्याकरणमा दुवै भाषामा क्रियापद वाक्यको अन्त्यमा आउँछ। मगर भाषामा विभक्ति, विशेषण र क्रियामा परिवर्तन प्रस्ट देखिन्छ। भुजेल भाषाको संरचना सरल छ।शब्दसंग्रहमा मगर भाषामा मौलिक शब्दहरू प्रचुर छन्। केही तिब्बती बर्मेली मूलका शब्दहरूको प्रभाव पनि पाइन्छ। भुजेल भाषामा नेपाली भाषाबाट लिइएका र आफ्नै मौलिक शब्दहरूको धेरै प्रधानता पाइन्छ यसले भाषालाई मिश्रित बनाएको छ। लिपिको हिसाबले दुवै भाषामा परम्परागत लिपिको प्रयोग थिएन। तर अहिले देवनागरी लिपिको प्रयोग बढ्दो छ। सामाजिक प्रयोगको दृष्टिले मगर भाषा अझै मगर समुदायमा जीवित छ। यो पश्चिम नेपालका जिल्लाहरूमा सक्रिय रूपमा बोलिन्छ। भुजेल भाषा सिमित भूगोलमा मात्र प्रयोगमा छ। त्यसैले यो लोपोन्मुख अवस्थामा छ। संरक्षण पक्षमा मगर भाषालाई संघसंस्थाले शिक्षा र साहित्यको माध्यमबाट प्रवर्द्धन गरिरहेका छन्। भुजेल भाषामा भने संरक्षणको प्रयास कमजोर छ। नयाँ पुस्तामा यसको प्रयोग घट्दो छ।तर पनि भुजेल समाज सेवा समिति केन्द्रिय समिति काठमाडौंले समयसमयमा भुजेल भाषा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको पनि छ यो मात्र पर्याप्त छैन भाषा जोगाउनु भनेको अस्तित्व जोगाउनु हो त्यसका लागि भाषाको प्रयोग गर्नु पर्दछ।

No description available.

बागलुङ जिल्लाको निसी क्षेत्रलाई भुजेल जातिको मूल थलो मानिन्छ। हाल भुजेल जातिको बसोबास बागलुङ, कास्की, स्याङ्जा, तनहुँ, धादिङ, चितवन, मकवानपुर, काठमाडौं उपत्यका, सर्लाही, रौतहट, पर्सा, खोटाङ, रामेछाप, दोलखा, सुनसरी, झापा, धनकुटा र इलाम जिल्लामा सघन रूपमा रहेको छ भने देशका अन्य भागमा पनि छरिएर बसोबास रहेको पाइन्छ। राष्ट्रिय जनगणना २०७८ अनुसार भुजेल जातिको जनसंख्या १,२०,२४५ रहेको छ, जुन कुल जनसंख्याको ०।४१ प्रतिशत हो। मातृभाषीको रूपमा भुजेल भाषा बोल्नेको संख्या १३,०८६ जना रहेको छ, जुन कुल मातृभाषी जनसंख्याको ०।०४ प्रतिशत मात्र हो। भुजेल भाषा नेपालमा बोलिने भोट बर्मेली भाषामध्ये एक हो ।तनहुँ, गोरखा, चितवन र नवलपरासीका गाउँहरूमा यो भाषा मातृभाषाको रूपमा बोलिन्छ। नेपाल सरकारले वि.सं. २०५८ को जनगणनाबाट भुजेल भाषालाई छुट्टै भाषाका रूपमा मान्यता दिइएको हो।

भुजेल जातिले आफूलाई पुख्ग्याल् र आफ्नो भाषालाई पुख्ग्याल् ङुर् भन्दछन् । पुख् को अर्थ टाउको वा मुख्य, ग्याल् को अर्थ राजा (तिब्बती भाषा जस्तै) र ङुर् को अर्थ भाषा वा बोली हो। भुजेल भाषा जटिल क्रियापद भएको लोपोन्मुख भाषा हो। भुजेल भाषाको संरक्षण गर्न विश्वविद्यालयीय योगदान दिने क्रममा कहिल्यै विर्षन नहुने व्यक्तित्व प्राध्यापक डा. दानराज रेग्मी हुनु हुन्छ। यस भाषाको संरक्षणका लागि भुजेल समाज सेवा समितिले समेत पहल गरिरहेको छ। नेपाल प्रज्ञा प्रतिष्ठानबाट भुजेल भाषाको शब्दकोश तथा व्याकरण समेत प्रकाशिन भइसकेको छ। भाषा आयोगको प्रतिवेदन अनुसार नेपालमा रहेका १३१ भाषामध्ये भुजेल भाषा पनि एक प्रमुख भाषा हो। भारतको सिक्किम सरकारले सन् २०२२ मा खार्पा लिपि सहित भुजेल भाषालाई सरकारी भाषाको मान्यता दिएको पाइएको छ। यो अल्पसंख्यक आदिवासी भुजेल मुमुदायका लागि महत्वपूर्ण उपलब्धी हो। भारतको सिक्‍किम सरकारले भुजेल जातीको भाषिक साँस्कृतिक संरक्षणको लागि बजेट विनियोजन गरी भाषिक साँस्कृतिक संरक्षणमा चासो दिएको विषयले नेपाली नागरिकहरूले सिक्नु पर्ने कुरा भनेको भाषिक तथा सांस्कृतिक विविधताको संरक्षणले मुलुकलाई समृद्द बनाउँछ। भुजेल जातिले घण्टी,  सूर्य,  वायु,  जल,  जमिन र जंगलको आह्वान गरी प्रकृतिपूजा गर्ने परम्परा पालना गर्दै आएको पाइन्छ । भाषा तथा संस्कृति संरक्षणमा सम्बन्धित बक्ता, विश्विविद्यालय र सरकारको नीति तथा कानूनले प्रत्यक्ष प्रभाव पार्दछ।नेपालको संविधान, नेपाल पक्ष राष्ट्रा भएका अन्तर्राष्ट्रिय सन्धी सम्झौता र कानूनले दिएको सुविधाको उपयोग गर्न सकेमा नेपालको भाषिक तथा साँस्कृतिक संरक्षणमा सरोकारवालालाई उर्वर भूमि रहेको अवस्था छ।यो अवस्था गुम्न नदिनु भाषिक समुदायको  कर्तव्य हुन जान्छ।

भुजेल जातिको आर्थिक, सामाजिक, शैक्षिक र राजनीतिक दृष्टिले पछाडि परेको सीमान्तीकृत आदिवासी जनजाति हो । विगतमा राज्यले लिएको एक भाषा, एक संस्कृति भएको नीतिका कारण भुजेल जातिमा हिन्दू संस्कृतिको प्रभाव देखिन्छ।परम्परागत रूपमा पशुपालन,  हस्तकला र खेतीपातीलाई मुख्य पेसाको रूपमा अँगालेको यस जातिमा वर्तमान समयमा शिक्षित युवाहरू सरकारी सेवा, व्यापार र वैदेशिक रोजगारीमा समेत सक्रिय देखिन्छन् । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ को अनुसूचीमा भुजेल जाति ३४ औं नम्बरमा सूचिकृत छ। नेपाल आदिवासी जनजाति महासंघमा यस जातिको तर्फबाट २४ औं नम्बरमा भुजेल समाजसेवा समिति आवद्ध भएको देखिन्छ । श्रुती तथा विभिन्न किम्बदन्तीका अनुसार भुजेलका १० पुस्ताले नेपाल राज्य स्थापना हुनुभन्दा पहिला हालको बागलुङ् जिल्लाको क्षेत्रमा शासन गरेको भनाइहरू पाइन्छन्। इतिहासकार यात्रीका अनुसार संग्रामसुर भुजेल,  रुद्रसिंह भुजेल,  त्रिभुवन खवास र गगनसिंह खवासजस्ता व्यक्तित्वहरूको नेपालको निर्माणमा प्रशंसनीय भूमिका रहेको ईतिहासकारहरूको जिकिर छ । बजारमा प्रकाशित सामग्रीहरूका अनुसार भुजेल जातिका चार मुख्य थरहरू भुजेल, धर्ती, निसेल र खवास अन्तर्गत ७० भन्दा बढी उपथरहरू रहेका छन् । राज्यमा आफ्नो पहिचाना जोगाउनका लागि भुजेल जातीका शिक्षित तथा प्राज्ञिक व्यक्तित्वहरूले भुजेल जातीबारे बारम्बार सोधिने प्रश्न र  उत्तर तयार गरी डिजिटल प्लेटफर्महरूबाट सार्वजनिक गर्दा अध्ययन अनुसन्धानकर्ताका लागि थप सन्दर्भसामाग्रि सहजै प्राप्त हुन सक्छ। यसरी प्रकाशन गरेको प्रश्नत्तरलाई बहुभाषामा समेत प्रकाशन गर्न सकेमा बहुउपयोगी हुन सक्छ।भाषाको आत्मा भनेको प्रयोग र लिपी हो। भाषिक लिपी निर्माण गर्नाले भाषिक समुदायको आधारभूत जग तयार गर्नु हो।नेपालका भुजेल लगायत अन्य अल्पसंख्यक भाषिक समुदायले भाषिक लिपीको खोजि र विकास गर्न सकेमा बहुभाषिक सम्पत्तिको जगेर्णा हुनेछ। 

मैले आफ्नो सम्पूर्ण शैक्षिक यात्रा ग्रामिण परिवेशमा रहँदै सरकारी सामुदायिक विद्यालयबाट सुरु गरेको हुँ। माद्यमिक, उच्च माद्यमिक तथा नेपली मुख्य विषय लिएर शिक्षाशास्त्रमा स्नातकोत्तर तहसम्मको अध्ययन त्रिभुवन विश्वविद्यालयबाट सम्पन्न गरी शिक्षाशास्त्राचार्यको उपाधी हाँसिल गरेकी छु। नेपालका ग्रामिण क्षेत्रका विद्यार्थीहरूका लागि त्रिभुवन विश्वविद्यालय एक महत्वपूर्ण ज्ञानको स्रोत हो। यस शैक्षिक पृष्ठभूमिका आधारमा मैले शिक्षक सेवा आयोगबाट सञ्चालित प्रतिस्पर्धी परीक्षाहरू प्राथमिक, निम्न माद्यमिक र माद्यमिक तहका शिक्षक पदका प्रतिस्पर्धात्मक परीक्षाहरू सफलतासाथ उतिर्ण गरी हाल माद्यमिक तहमा नेपाली विषयको शिक्षकका रूपमा कार्यरत रही आर्जन गरेको ज्ञानलाई शिक्षाको माध्यमबाट राष्ट्रसेवामा समर्पित गरिरहेकी  छु। 

लेखक: कुमारी थापा, शिक्षाशास्त्राचार्य उपाधी हाँसिल गरी सरकारी सामुदायिक विद्यालयको माद्यामिक तहको नेपाली शिक्षक छिन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने सरकारको तयारी

काठमाडौँ। सरकारले मेडिकल शिक्षामा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने तयारी गरेको छ । मङ्गलबार सङ्घीय संसद् राष्ट्रिय सभा अन्तर्गतको विका...

सार्वजनिक यातायातमा प्रविधिको माध्यमबाट निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले प्रविधिको प्रयोगमा जो...

रास्वपा महाधिवेशन: मतदान भोलि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को नयाँ नेतृत्व चयनका लागि भोलि बुधबार निर्वाचन हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसी...

रास्वपा महाधिवेशन: प्रतिनिधि तीन हजार ८४९ कायम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन हजार ८४९ प्रतिनिधि कायम भएका छन् । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुव...

रास्वपाका सहप्रवक्ता रमेश प्रसाईँको सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता रमेश प्रसाईँले सहमहामन्त्री पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। चितवनमा जारी पार्टी...

बजेटप्रति असन्तुष्टि जनाउँदै सुदूरपश्चिम सरकारबाट बाहिरिने चेतावनी एमालेको

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेटप्रति सत्ता साझेदार नेकपा ९एमाले० ले आपत्ति जनाएको छ। धनगढीमा सम्प...

बन्दसत्र ढिलाइप्रति ढिलाइप्रति हामी क्षमाप्रार्थी छौँ: गणेश पराजुली

ठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश पराजुलीले महाधिवेशनको बन्दसत्र ढिला हुँदा प्रतिनिधिहरूमा देखिएको आक्रोश स्वाभाविक भएको बताएक...

सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि विष्णु पौडेल विभागमा

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि ललितपुरस्थित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा ल्य...

ई–पासपोर्ट छपाई अनियमितता, महानिर्देशक अर्यालसहित सात जनाको विशेष अदालतमा बयान सुरु

काठमाडौं । ई–पासपोर्ट छपाई अनियमितता प्रकरणमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित सात जनाको विशेष अदालतमा बयान सुरु भएको छ। विशेष अदालत...

कतारस्थित ग्यास उद्योगमा विस्फोट, १३ जनाको मृत्यु

नयाँदिल्ली। कतारस्थित रास लाफान तरलीकृत प्राकृतिक ग्यास उद्योग (एलएनजी)मा भएको विस्फोटका कारण १३ जना मृत्यु भएको उल्लेख गर्दै मृत्यु हुने मध्ये १२ जना...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending