नवलपरासी । बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ३४ पशु चौपायामा लम्पीस्किनको सङ्क्रमण देखिएको छ । पछिल्लो समय खोप नलगाएका पशुमा सङ्क्रमण देखिन थालेकाे हो ।
खोप नलगाएका पाडा पाडी, बाच्छाबाच्छीमा लम्पीस्किनको सङ्क्रमण देखा परेकाले सङ्क्रमण फैलिने जोखिम बढेको नवलपरासी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख श्रावणकुमार चौधरीले बताए । उनका अनुसार सुनवल, बर्दघाट, सुस्ता, प्रतापपुर र रामग्राममा लम्पीस्किन फैलिएको हो ।
सङ्क्रमणग्रस्त क्षेत्रमा नियमित उपचार र निरीक्षण भइरहेको पशु सेवा विज्ञ केन्द्रका डा.विभूति सिंहले जानकारी दिइन् । यो रोगका कारण मर्ने पशुको सङ्ख्या कम भए पनि दूध उत्पादनमा घटेपछि किसान चिन्तित बनेका उनको भनाइ छ ।
लम्पीस्किनको सङ्क्रमण पछिल्लो समय मुलुकभर देखा परेको बताउँदै उनले नवलपरासीमा गत असारदेखि लम्पीस्किनको सङ्क्रमण देखा पर्न थालेको जानकारी दिइन् । उनका अनुसार पहिलो पटक बर्दघाटमा देखिएको लम्पीस्किनको सङ्क्रमण अहिले जिल्लाका पाँच वटै स्थानीय तहमा फैलिएको छ ।
‘लम्पीस्किन लागेका गाई भैँसीमा ज्वरो आउने र दानापानी कम खाने, दूध उत्पादन घट्ने, खुट्टा तथा जोर्नी सुनिने, नाक, मुख वरपर घाउ हुने, छालामा सानो गोलो गिर्खा देखिन सक्ने र गिर्खा फुटेर घाउ बनेमा औँसा पर्न सक्ने हुन्छ’, प्रमुख डा.चौधरीले भनिन् । वि.सं २०७७ असार १० गते मोरङको सुन्दरहरैचा नगरपालिका–११ का गाईमा लम्पीस्किनको लक्षण देखा परेको थियो । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा ‘मलिकुलर’ विधिबाट परीक्षण गर्दा २०७७ साउन १२ गते लम्पीस्किन पुष्टि भएको हो ।
केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वरको तथ्याङ्क अनुसार ७६ जिल्लामा लम्पीस्किन फैलिएको छ भने यस रोगबाट पाँच लाख ५५ हजार पशु सङ्क्रमित भएका छन् तीमध्ये २१ हजार पशुको मृत्यु भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र ६ गते, २०८२ - २०:२२
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालको विकास र समृद्धि अवरुद्ध हुनुको कारण केवल राजनीतिक अस्थिरता मात्र न...
भाद्र ६ गते, २०८२ - १९:४५
भारत । भारतको संसदले व्यापक असर पार्ने गरी अनलाइन जुवालाई पूर्णरूपमा प्रतिबन्ध गर्ने कानुन पारित गरेको छ । यो निर्णय सरकारले सार्वजनिक गरेका तथ्याङ्कप...
भाद्र ६ गते, २०८२ - १९:३९
रोम । संयुक्त राष्ट्रसङ्घले शुक्रबार गाजामा अनिकालको औपचारिक घोषणा गरेको छ । मध्यपूर्वमा पहिलो पटक अनिकाल परेको र पाँच लाख मानिसले ‘विनाशकारी’ भोकमरीक...
भाद्र ६ गते, २०८२ - १९:३४
भोजपुर । वर्षभरि खाने अन्नपात बाँदरले छिनभरमा नै सखाप पार्ने भएपछि भोजपुरका किसान मारमा परेका छन् । मकै पाक्ने समय भएकाले बाँदर खेतबारीमा पसेर अन्नबाल...
भाद्र ६ गते, २०८२ - १९:२९
काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट चार जनसंगठनले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको का अविभाज्य भूभाग रहेको बताएका छन् । उक्त भूमि नेपा...
भाद्र ६ गते, २०८२ - १८:२१
इस्लामाबाद । एसियाली विकास बैंक (एडिबी) ले शुक्रबार पाकिस्तानको रेको डिक तामा र सुन खानी विकासका लागि ४१ करोड डलरको प्याकेज स्वीकृत गरेको छ । यस खानीम...
भाद्र ६ गते, २०८२ - १८:१८
जर्मनी । जर्मनीको अर्थतन्त्र सन् २०२५ को दोस्रो त्रैमासिकमा अनुमानभन्दा पनि धेरै घटेको सरकारी तथ्याङ्कमा देखिएको छ, जसले युरोपको सबैभन्दा ठूलो अर्थतन्...
भाद्र ६ गते, २०८२ - १८:१५
बैतडी । जिल्लामा उद्योग दर्ताको क्रम बर्सेनी घट्दै गएको छ । घरेलु तथा साना उद्योग कार्यालयको गत तीन वर्षको तथ्याङ्क हेर्दा यहाँ उद्योग दर्ताको क्रम घट...
भाद्र ६ गते, २०८२ - १८:१२
गुल्मी । गुल्मीमा छल्दी खोलाले बगाएर एकजना पुरुषको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–१ राहले निवासी ५३ वर्षका मानबहादुर कुमालको म...
भाद्र ६ गते, २०८२ - १८:११
गुल्मी । लुम्बिनी प्रदेश सरकारले बर्का अट्वारी पर्वको अवसरमा भदौ ८ गते आइतबार लुम्बिनी प्रदेशका थारू समुदायको बसोवास धेरै रहेका ६ जिल्लामा सार्वजनिक ब...
प्रतिकृया लेख्नुहोस्: