Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

साहित्यकार तथा कलाकारहरू माओवादी केन्द्रमा प्रवेश

खबरडबली संवाददाता

काठमाडौं। नेपाली कला, साहित्य र राजनीतिक क्षेत्रका विशिष्ट व्यक्तिहरू आज नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन ।माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरूलाई पार्टीमा स्वागत गरेका छन् ।

माओवादी केन्द्रमा प्रवेश गर्नेहरूमा नेपाली कांग्रेस निकट सदस्य चन्दु गोर्खाली, चलचित्र निर्माता तथा अभिनेता सुरेन्द्र बराल, कांग्रेस निकट लेखक र पल्लव साहित्य प्रतिष्ठान चितवनका अध्यक्ष ऋषिप्रसाद लामिछाने (गोर्खे साईंलो), चलचित्र कलाकार केशर विषी, भीमबहादुर मगर, तथा एमालेका पूर्व निर्वाचित वडा अध्यक्ष रामेछाप नगरपालिकाका नेता रहेका छन् ।

अध्यक्ष प्रचण्डले नवप्रवेशीलाई स्वागत गर्दै भने, “बधाई छ र पार्टी तथा आन्दोलनमा स्वागत गर्न चाहन्छु। अहिलेको परिवर्तन किन आयो भन्ने कुरा जनतालाई थाहा छ। यदि हामीले त्याग, समर्पण र संघर्ष नगरेको भए यो परिवर्तन सम्भव हुने थिएन।यो परिर्वतनलाई जनताको पक्षमा काम गर्नका लागि तपाईहरुको पार्टी प्रवेशले योगदान दिने छ ।”

माओवादी केन्द्रको पहल र संर्घषका कारण स्थापित परिर्वतन सबैलाई थाहा भएको भए पनि माओवादी र प्रचण्डको उचाइ बढ्छ भनेर केही मान्छेहरु त्यसका विरुद्ध गतिविधि गर्ने गरेको उनले बताए ।

उनले भने, “केही मान्छे माओवादी र प्रचण्डको उचाइ बढ्छ भनेर चिन्तित छन्, तर हामीले तीनपटक सरकारको नेतृत्व गर्दा देशको ऐतिहासिक रूपान्तरणमा निर्णायक पहलकदमी लिएका छौं। हाम्रो संकल्प नेपाली समाजको नयाँ खाका कोर्नु हो, जुन माओवादीसँग मात्रै सम्भव छ।”

संस्कृति र कलाको महत्त्वमाथि प्रकाश पार्दै प्रचण्डले भने, “प्रधानमन्त्री हुँदा मेरो नेतृत्वको सरकारले गरेको पहलले सांस्कृतिक क्षेत्रलाई टेवा पुर्‍याएको छ। संस्कृतिमा शक्ति हुन्छ, यही मान्यतामा आधारित भएर कलाकारहरुलाई पार्टीमा समायोजन गर्ने प्रक्रिया अघि बढाइएको हो। बदलिएको परिस्थितिमा फेरि पनि कलाकर्मीहरुलाई पार्टीमा जोड्नुपर्ने आवश्यकता महसुस गरिएको छ।”

कार्यक्रममा बोल्दै नवप्रवेशी चन्दु गोर्खालीले भने,  “म २०२२ सालदेखि कांग्रेस पार्टीमा क्रियाशील थिएँ। आन्दोलनका उतारचढावहरू देखेँ तर कांग्रेस पार्टीका पछिल्ला गतिविधिहरू आत्मसात गर्न सकिनँ। त्यसैले जनताको पक्षमा काम गर्न माओवादी केन्द्र रोजेको हुँ।”

सो अवसरमा पार्टीले आगामी दिनमा अझ धेरै क्षेत्रका व्यक्तिहरूलाई संगठित गर्ने र कलाकर्मी, साहित्यकार, संस्कृतिकर्मीहरूको योगदानलाई संस्थागत रूप दिन पहल गर्ने अध्यक्ष प्रचण्डले जानकारी दिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि विष्णु पौडेल विभागमा

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि ललितपुरस्थित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा ल्य...

ई–पासपोर्ट छपाई अनियमितता, महानिर्देशक अर्यालसहित सात जनाको विशेष अदालतमा बयान सुरु

काठमाडौं । ई–पासपोर्ट छपाई अनियमितता प्रकरणमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित सात जनाको विशेष अदालतमा बयान सुरु भएको छ। विशेष अदालत...

कतारस्थित ग्यास उद्योगमा विस्फोट, १३ जनाको मृत्यु

नयाँदिल्ली। कतारस्थित रास लाफान तरलीकृत प्राकृतिक ग्यास उद्योग (एलएनजी)मा भएको विस्फोटका कारण १३ जना मृत्यु भएको उल्लेख गर्दै मृत्यु हुने मध्ये १२ जना...

सरकारी धरपकडविरुद्ध माइतीघरमा दृष्टिविहीन व्यवसायीहरूको धर्ना

काठमाडौं । सडक पेटी केन्द्रित स्वरोजगारमा संलग्न दृष्टिविहीन व्यवसायीहरूले विकल्पको माग गर्दै काठमाडौंको माइतीघरमा धर्ना दिएका छन्। मंगलबार आयोजित ...

एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले आज संसदीय दल र सचिवालय बैठक बोलाएको छ। पार्टी सचिवालयका अनुसार संसदीय दलको बैठक दिउँसो २ बजे ललितपुरको च्यासलस्थित केन्द्र...

रास्वपाको बन्दसत्र दिउँसो १ बजेबाट सुरु हुने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टीको महाधिवेशनअन्तर्गत बन्दसत्र आज दिउँसो १ बजेबाट सुरु हुने बताए...

फ्रान्स र नर्वे नकआउट चरणमा प्रवेश

काठमाडौँ। केलियन एमबाप्पे प्रेरित फ्रान्स र एर्लिङ हालान्ड प्रेरित नर्वे फिफा विश्वकप–२०२६ को नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘आई’ अन्तर्गत मङ्...

पोखरा बसपार्कबाट व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्क क्षेत्रभित्रका सबै व्यापारिक संर...

मेस्सीको अद्भुत विश्वकीर्तिमानसँगै अर्जेन्टिना नकआउट चरणमा

काठमाडौँ। कप्तान लियोनल मेस्सीले विश्वकपमा अद्भुत कीर्तिमान रचेसँगै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप–२०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । अमेर...

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन्। गृहमन्त्रालय स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण सम्बन्धी अन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending