Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

इयूसँग प्रतिबन्ध लगाउने कुनै आधार छैनः इरान

खबरडबली संवाददाता

तेहरान । आणविक वार्तामा प्रगति नभए आगामी महिनाहरूमा संयुक्त राष्ट्रसङ्घको प्रतिबन्ध पुनः सक्रिय गर्ने धम्की दिएपछि इरानका विदेशमन्त्री अब्बास अराघचीले आफ्ना युरोपेली समकक्षीहरूलाई शुक्रबार इयूसँग प्रतिबन्ध लगाउने कुनै आधार नरहेको बताएका छन् ।

“यदि इयू/इ–३ ले भूमिका खेल्न चाहन्छ भने, उनीहरूले जिम्मेवारीपूर्वक कार्य गर्नुपर्दछ र खतरा र दबाबको जीर्ण नीतिहरूलाई अलग राख्नुपर्छ, अराघचीले एक्समा लेख्नुभएको छ । इयूले प्रतिबन्ध पुनः सक्रिय गर्ने चर्चा आएको तर उनीहरूसँग यसका लागि कुनै नैतिक वा कानुनी आधार छैन,” उनले भने । 

उनले अगाठि थपे, “अब कुनै पनि नयाँ चरणको वार्ता अर्को पक्ष निष्पक्ष, सन्तुलित र पारस्परिक लाभकारी आणविक सम्झौताका लागि तयार हुन्छ त्यतिबेला मात्र सम्भव हुनेछ ।” अराघचीले आफ्ना बेलायती, फ्रान्सेली र जर्मन समकक्षी तथा युरोपेली सङ्घका विदेश नीति प्रमुख काजा कल्लाससँग ‘कन्फरेन्स कल’ गरेपछि उहाँले यस्तो टिप्पणी गरेका हुन् ।

फ्रान्सको विदेश मन्त्रालयले भनेको छ, “युरोपेली कूटनीतिज्ञहरूले अराघचीलाई प्रतिबन्ध पुनः सक्रिय गर्ने चर्चा (स्न्यापब्याक) संयन्त्र प्रयोग गर्ने आफ्नो दृढताबारे बताएका थिए । स्न्यापब्याक इरानविरुद्ध सबै अन्तर्राष्ट्रिय प्रतिबन्धहरू पुनः लागू गर्न अनुमति दिन्छ । ग्रीष्मयामको अन्त्यसम्म इरानको आणविक कार्यक्रमसम्बन्धी नयाँ सम्झौताको दिशामा ठोस प्रगति नभएमा स्न्यापब्याक इयूले स्नापब्याकका सिफारिस गर्नसक्ने फ्रान्सेली विदेश मन्त्रालयले जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: