Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

दोस्रो विश्वयुद्धको जापानी युद्धपोत सोलोमन टापुबाट फेला

खबरडबली संवाददाता

टोकियो । एक अन्तर्राष्ट्रिय अनुसन्धान टोलीले युद्धको अन्त्यको ८०औँ वार्षिकोत्सव नजिकिँदै गर्दा सोलोमन टापुहरूको गहिरो समुद्री सतहमा दोस्रो विश्वयुद्धको जापानी विध्वंसक पोत फेला पारेको छ ।

अमेरिकी गैर-नाफामुखी ओसियन एक्सप्लोरेसन ट्रस्टको टोलीले अस्ट्रेलियाको उत्तरपूर्वमा रहेको सानो टापु राष्ट्रको नजिक आठ सय मिटर (दुई हजार छ सय २५ फिट) भन्दा बढी गहिराइमा इम्पेरियल जापानी नौसेनाको विध्वंसक तेरुजुकी फेला पारेको छ । 

भग्नावशेषको भिडियो तस्बिरले सन् १९४२ मा अमेरिकी सेनाले टारपिडो प्रहार गरेको एक सय ३४ मिटर (चार सय ४० फिट) तेरुजुकीका केही भागहरू देखाउँदछ । यसलाई अनुसन्धान टोलीको पानीमुनि ड्रोनको बत्तीले उज्यालो पारिएको थियो । 

फुटेजमा जहाजको संरचनामा रातो रङ, क्षय भएका बन्दुकका नालहरू र युद्धपोतको विशाल पछाडिको भाग देखाइएको छ । सन् १९४२ मा कमिसन गरिएको तेरुजुकीलाई हवाई आक्रमणहरूबाट विमानवाहक पोतहरूलाई सुरक्षा प्रदान गर्नका लागि डिजाइन गरिएको अन्वेषण समूहले बताएको छ । यद्यपि तेरुजुकीलाई सेवामा आएको केही महिनामै अमेरिकी टारपिडोले प्रहार गरेको थियो । तेरुजिकीको अर्थ जापानी भाषामा ‘चम्किलो चन्द्रमा’ हो ।

ओसन एक्सप्लोरेसन ट्रस्टका अनुसार टारपिडोको आक्रमणबाट नौ नाविकको मृत्यु भए पनि अधिकांश चालक दलका सदस्यहरू बाँचेका थिए । तेरुजुकीको पछाडिको भाग हलबाट दुई सय मिटर (छ सय ६० फिट) भन्दा बढी टाढा फेला परेको थियो र उच्च-रिजोल्युसन सोनार स्क्यानद्वारा पत्ता लगाइएको थियो । अज्ञात जहाज भग्नावशेष वा अन्य वस्तुहरू फेला पार्ने आशामा टोलीले क्षेत्रको सर्वेक्षण गर्न ड्रोन प्रयोग गर्दा यो खोज गरिएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाबाट काठमाडौंसम्म पहिलो पटक सिधा बस सेवा सुरु

हुम्ला । हुम्लाबाट काठमाडौंसम्म पहिलो पटक नियमित बस सेवा सुरु भएको छ। बुधबारदेखि यो सेवा सञ्चालनमा आएको हो। हुम्ला हिल्सा यातायात प्रालिका सञ्चालक ...

भक्तपुरको बालकोटका एमाले नेताहरु नेकपा प्रवेश

भक्तपुर । भक्तपुरको बालकोट–२ वडाका नेकपा (एमाले) का नेता तथा कार्यकर्ताहरू नेपाली कम्युनिस्ट पार्टीको एकता अभियानमा सहभागी भएका छन् । उनीहरू आज नेपाली...

एमाले महाधिवेशन: भाेलि विहान ८ वजे मात्र मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...

एमाले महाधिवेशन: प्रतिनिधि लाइनमा, सुरु भएन मतदान

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...

समाजवादी क्रान्तिका लागि पार्टी एकता: नेता गजुरेल

खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending