जर्मनी । जर्मनीमा शुक्रबार कारबाहीमा अपराधका लागि दोषी ठहरिएका ८१ जना अफगानी पुरुषलाई उनीहरूको मातृभूमितर्फ निर्वासित गरिएको छ ।
आन्तरिक मन्त्री अलेक्जान्डर डोब्रिन्डले अफगानीहरु बोकेको विमान भर्खरै उडेको र तिनीहरू सबैलाई निष्कासन आदेश अन्तर्गत आपराधिक न्याय प्रणालीद्वारा दोषी ठहर गरिएको बताएका छन् ।
सन् २०२१ तालिबान सत्तामा फर्किएपछि जर्मनीले अफगानिस्तानमा निर्वासन रोकेको थियो र काबुलमा आफ्नो दूतावास बन्द गरेको थियो । बर्लिनले यस घटनाको सन्दर्भमा तेस्रो पक्षमार्फत तालिबान अधिकारीहरूसँग मात्र अप्रत्यक्ष सम्पर्क गरेको बताएको छ ।
जर्मनीमा अति राष्ट्रवादी पार्टी ‘अल्टरनेटिभ फर जर्मनी (एएफडी)’ को उदयपछि आप्रवासन प्रमुख मुद्दा भएकाले निष्कासन पुनः सुरु गर्ने बहस हुँदै गएको छ । यसअघि सोसल डेमोक्र्याटिक पार्टीका तर्फबाट नेतृत्वमा आएका चान्सलर ओलाफ स्कोल्जको सरकारले सन् २०२४ अगस्ट मा तालिबान सत्तामा फर्किएपछि पहिलो पटक अपराधका लागि दोषी ठहरिएका २८ अफगानहरूको समूहलाई निष्कासन गरेको थियो ।
शुक्रबारको कार्बाही कतारको सहयोगमा गरिएको जनाउँदै जर्मन आन्तरिक मन्त्रालयले यस्तो निष्कासन आगामी दिनमा पनि जारी राख्ने बताएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...
पौष २ गते, २०८२ - १८:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...
पौष २ गते, २०८२ - १८:०५
सुदूरपश्चिम । जेनजी प्रदर्शनमा क्षति पुगेका सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रालय र विभिन्न कार्यालय भवनलाई मर्मतसम्भार गरेर पुरानै अवस्थामा फर्काउन सम...
पौष २ गते, २०८२ - १८:०१
जुम्ला । जुम्लामा यो वर्ष करिब १८ हजार २४५ मेट्रिक टन स्याउ उत्पादन हुँदा रु ४१ करोड २९ लाख ८९ हजार आम्दानी भएको छ । जिल्लास्थित कृषि विकास कार्यालयको...
पौष २ गते, २०८२ - १७:५९
रसुवा । सालासुङ्गी हाइड्रोपावरले प्रभावित स्थानीय बासिन्दाको माग बमोजिम सेयर दिने निर्णयसहित प्रक्रिया अघि बढाएको छ । सेयर पाउनुपर्ने माग दाबी गर्दै व...
पौष २ गते, २०८२ - १७:५८
पाँचथर । फिदिम नगरपालिका–३ लालीखर्कमा निर्माण गरिएको ‘ताया रुङरि खिम’ किराँत राई समुदायको धर्म, संस्कृति र परम्पराको जानकारी दिने महत्वपूर्ण स्थल बनेक...
पौष २ गते, २०८२ - १७:५४
स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ ठुलाडिहीका यामबहादुर सेनले यसवर्ष सुन्तला बिक्रीबाट १५ लाख बढी आम्दानी गरेका छन् । ५७ वर्ष पहिला कोदो, ...
पौष २ गते, २०८२ - १७:५१
कम्बोडिया । कम्बोडियाले सिमा क्षेत्रमा भएको झडपमा कम्बोडियामा मृत्यु हुने नागरिकको सङ्ख्या १७ पुगेको उल्लेख गर्दै थाई सैन्य बलले कम्बोडिया क्षेत्रमा ह...
पौष २ गते, २०८२ - १७:४९
सिड्नी । सिड्नीको बोन्डी समुन्द्र तटमा भएको घातक सामूहिक गोलीबारीको जीवित कथित अपराधी नावीद अकवरलाई ५९ वटा अपराधको आरोप लगाइएको अस्ट्रेलियाली प्रहरीले...
पौष २ गते, २०८२ - १७:४७
तेहरान । रूस र इरानले दक्षिण एसियालाई उत्तरी युरोपसँग जोड्ने अन्तर्राष्ट्रिय यातायात मार्ग पूरा गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याइएको इरानको सरकारी समा...




प्रतिकृया लेख्नुहोस्: