Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

एमाले पोलिटब्युरो बैठक: ३२ जनाले राखे धारणा, बैठक आजै सक्न ओलीको रुलिङ

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठकमा अहिलेसम्म ३२ जना नेताहरूले आफ्नो धारणा राखेका छन्। च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा नेताहरूले आ–आफ्ना धारणा व्यक्त गर्ने क्रम जारी छ ।

बैठक आगामी भदौमा हुने विधान महाधिवेशन, त्यसको तयारी र पछिल्लो पटक एमालेमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण लगायतका विषयमा केन्द्रित छ ।

आजको बैठकमा उत्तम पौडेल, आनन्द पोखरेल, गोकुल बास्कोटा, महेश बस्नेत, लिला गिरी, जगत विक, कमल चौलागाईं, ईश्वरी बहादुर रिजाल, जितु गौतम, बिनोद श्रेष्ठ लिखित०, सुमन प्याकुरेल, भैरव सुन्दर श्रेष्ठ, राम दयाल मण्डल, दलबहादुर राना र गोकुल घर्ती मगर लगायत गरी  ३२ जनाले आफ्नो राय राखेको पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

गौतमका अनुसार, पार्टी अध्यक्ष केपी शर्मा ओलीले आजै बैठक सक्नेगरी रुलिङ गरेका छन् । सोही अनुसार आजै साँझ ६र७ बजेसम्म बैठक सक्नेगरी लागिएको उनले बताए ।

बैठकमा अझै ४० जनाले बोल्न बाँकी रहेको बताए। प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीले बैठक आजै ५ देखि ६ बजेभित्रमा बैठक सक्ने निर्देशन दिएको बताए।

विधान संशोधन प्रस्तावबाहेक ७० वर्षे उमेर हद, दुई कार्यकालको व्यवस्था, पूर्व उपराष्ट्रपति विद्या भण्डारीको सक्रियतालगायतको विषयमा केन्द्रित रहेर नेताहरूले धारणा राखेको उनले बताए।

बैठकमा नेताहरूले जिल्ला कमिटीलाई समन्वय बनाएर प्रदेश र स्थानीय कमिटीलाई कार्यकारी बनाउन सुझाव आएको पनि बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले आज संसदीय दल र सचिवालय बैठक बोलाएको छ। पार्टी सचिवालयका अनुसार संसदीय दलको बैठक दिउँसो २ बजे ललितपुरको च्यासलस्थित केन्द्र...

रास्वपाको बन्दसत्र दिउँसो १ बजेबाट सुरु हुने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टीको महाधिवेशनअन्तर्गत बन्दसत्र आज दिउँसो १ बजेबाट सुरु हुने बताए...

फ्रान्स र नर्वे नकआउट चरणमा प्रवेश

काठमाडौँ। केलियन एमबाप्पे प्रेरित फ्रान्स र एर्लिङ हालान्ड प्रेरित नर्वे फिफा विश्वकप–२०२६ को नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘आई’ अन्तर्गत मङ्...

पोखरा बसपार्कबाट व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्क क्षेत्रभित्रका सबै व्यापारिक संर...

मेस्सीको अद्भुत विश्वकीर्तिमानसँगै अर्जेन्टिना नकआउट चरणमा

काठमाडौँ। कप्तान लियोनल मेस्सीले विश्वकपमा अद्भुत कीर्तिमान रचेसँगै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप–२०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । अमेर...

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन्। गृहमन्त्रालय स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण सम्बन्धी अन...

रास्वपाको बन्द सत्र स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गत सोमबारका लागि तय गरिएको बन्द सत्र स्थगित भएको छ। महाधिवेशन प्रतिनिधिको नामावलीम...

पासपोर्ट ठेक्का प्रकरणमा सिद्धार्थ थापा र मनिन्द्र मल्लविरुद्ध पनि भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई–पासपोर्ट खरिद (पासपोर्ट ठेक्का) प्रकरणमा जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि सिद्धार्थ थापा र म्यूल...

रास्वपाको बन्दसत्र आज नहुने सम्भावना, भोली बिहान गर्नेबारे छलफल

काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र कार्यक्रम आज नहुने सम्भावना बढेको छ। महाधिवेशन प्रत...

राहदानी छपाइ प्रकरण: आरजु राणासहित १८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । राहदानी छपाइ तथा प्रणाली व्यवस्थापनसम्बन्धी ठेक्का प्रक्रियामा भएको भनिएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान पूरा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending