Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

ललाईफकाई नाबालिगको डिम्ब कारोबार

खबरडबली संवाददाता

काठमाडौं । काठमाण्डूस्थित एउटा निजी 'फर्टिलिटी क्लिनिक'ले नाबालिग किशोरीहरूबाट डिम्ब खरिद गरेको पाइएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुखले उक्त अवैध कारोबार रोक्न कानुनी बन्दोबस्तहरू गर्न आवश्यक रहेको बीबीसीलाई बताएका छन्।

उक्त घटना प्रकाशमा आएपछि सो क्लिनिकबाहेक नि:सन्तान दम्पतीहरूलाई सन्तान प्राप्तिमा सहयोग पुर्‍याउन भन्दै काठमाण्डूमा स्थापित अन्य क्लिनिकहरूलाई पनि निगरानीको दायरामा ल्याइएको उनले बताए।

एक विज्ञले नेपालमा बाँझोपन एउटा ठूलो समस्या रहेको भन्दै वीर्यदान र डिम्बदानसम्बन्धी उपयुक्त कानुनी नियमन नहुँदा यस्ता घटना भइरहेको बताएका छन्।

आरोप लागेका क्लिनिक सञ्चालकहरूलाई अदालतले हाजिरी जमानीमा रिहा गरेको भए पनि प्रहरीले यसबारे अनुसन्धान गर्ने र मुद्दा दायर गर्ने बताएको छ।

सीआईबीका प्रमुख के भन्छन्?

विगतमा कोख भाडामा लाएर सन्तान जन्माउने तरिका 'सरोगेसी'सँग जोडिएका अनियमितताका कतिपय प्रसङ्गहरू बाहिर आएको भए पनि यसपटक प्रहरीले सन्तान उत्पादनका लागि सहयोग पुर्‍याउन खुलेका स्वास्थ्य केन्द्रहरूमा बिचौलिया र नाबालिगहरू प्रयोग भएका विवरण सार्वजनिक गरेको हो।

सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रकुबेर खापुङले भने, "नाबालिग किशोरीहरूलाई उनीहरूको संरक्षकको मन्जुरीबेगर प्रलोभनमा पारेर डिम्ब दिन लगाइएकाले अहिले यो मुद्दा आएको हो। बिचौलियाहरूका माध्यमबाट उनीहरू त्यो फर्टिलिटी सेन्टरसम्म पुग्ने र त्यहाँबाट प्राप्त हुने रकमको आधा मात्रै ती किशोरीहरूलाई दिने र बाँकी बिचौलियाहरूले नै लिने गरेको पाइएको छ।"

उनले थपे, "बिचौलियाहरू प्रयोग भएर कारोबार भएपछि यसले समाजलाई विकृत बनाउँछ कि भन्ने हाम्रो चिन्ता हो। हाम्रो यो कारबाहीपश्चात् सबै सरोकारवालाहरूलाई यसले सचेतना फैलाउँछ भन्ने लाग्छ। र, फर्टिलिटी क्लिनिकहरूले पनि आफ्ना कामकारबाहीलाई कानुनसङ्गत बनाउने हिसाबले लागिपर्नुहुन्छ कि भन्ने लाग्छ।"

सीआईबीले त्यस्ता केन्द्रहरूलाई किशोरी उपलब्ध गराएबापत प्राप्त हुने झन्डै ४५ हजार रुपैयाँको आधा रकम जतिमात्रै ती किशोरीले पाउने गरेका र 'पीडादायी' प्रक्रियाबाट उनीहरूको डिम्ब निकालिने गरेको दाबी गरेको छ।

प्रमुख खापुङले थपे, "हामीले उनीहरूलाई लगातार ८-१० दिनसम्म सुई दिइएको र त्यसपछि डिम्ब परिपक्व भएको भन्ने लागेपछि शल्यक्रियाबाट निकाल्ने गरिएको जानकारी पायौँ। किशोरीहरूलाई बेहोस बनाएर त्यस्तो शल्यक्रिया गर्दा समेत परिवार र अभिभावकको मन्जुरी नलिएको पाइएको छ।"

स्पष्ट कानुनी व्यवस्थाको अभावमा यो कारोबारलाई मानव अङ्ग बेचबिखन सरहको कसुरको रूपमा हेर्न सकिने या नसकिने भन्नेमा अनुसन्धानकर्ता निकायहरूबीच अन्योल देखिन्छ।

डिम्बको कारोबार गर्न पाइने या नपाइने विषयमा कानुन मौन रहेकाले प्रहरीले बालबालिकासम्बन्धी ऐन, २०७५ अन्तर्गत यो मुद्दाको अनुसन्धान गरिरहेको छ।

"उमेर नपुगेका बालिकाहरूको संरक्षकको मन्जुरीबिना उनीहरूको स्वास्थ्यलाई पनि असर पर्न सक्ने सवाल भएकाले त्यो चाहिँ त्यही ऐनअनुसार अगाडि जान्छ। बाँकी कुरा अदालतले टुङ्गो लगाउँछ।"

सीआईबीले गिरफ्तार गरेर अदालतमा उपस्थित गराएका पाँच जनालाई काठमाण्डू जिल्ला अदालतले हाजिरी जमानीमा सोमवार छाडेको थियो।

कानुनी 'छिद्र'

नेपालमा 'फर्टिलिटी' अथवा 'आईभीएफ' क्लिनिकहरूले गरिरहेको कामको अनुगमन स्वास्थ्य मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाले गर्ने गर्छ।

मुलुकी देवानी संहिताको दफा १०९ ले "कृत्रिम गर्भाधानबाट जन्मिएका शिशुको पितृत्व बाबुको हुने" व्यवस्था गरेको छ।

उक्त दफाले पतिपत्नीको मन्जुरीले अन्य कुनै व्यक्तिको वीर्यबाट कृत्रिम गर्भाधान प्रणालीद्वारा सन्तान जन्माउन सकिने उल्लेख गरेको छ।

जनस्वास्थ्य सेवा नियमावली, २०७७ ले आईभीएफ (इनभीट्रो फर्टिलाइजेशन) लगायतका सेवालाई विशिष्टीकृत सेवा भनेर परिभाषित गरेको छ।

तर यस्ता सेवाको सञ्चालन र यिनलाई नियमन गर्न आवश्यक कानुनहरू बेलैमा नल्याइँदा पछिल्ला समस्याहरू देखिएको विज्ञहरू बताउँछन्।

काठमाण्डूस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक श्रीप्रसाद अधिकारीले भने, "हाम्रोमा पनि त्यसरी सन्तान जन्माउनका लागि [वीर्य र डिम्ब] लिन वा दिन मिल्छ भन्ने कुरा ऐनमा लेखिएको छ। तर कुन मापदण्डमा गर्ने भनेर नियम आइनसकेको कारणले अहिले भद्रगोल भइरहेको हो।"

उनले वयस्क भइसकेका किशोरकिशोरीहरूबाट वीर्य वा डिम्ब लिन मिल्ने कानुनी व्यवस्था आम रूपमा अन्तर्राष्ट्रिय अभ्यासमा रहेको बताए।

डाक्टर अधिकारीले थपे, "भारतको मापदण्डले २१ वर्ष पुगेपछि मात्रै दान गर्न मिल्छ भन्छ। यूकेको ग्रीन टप गाइडलाइनले १८ वर्षपछि हुन्छ भनेको छ। यो संवेदनशील मुद्दा भएकाले नेपाल सरकार, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिलले विशेष रूपमा सोचेर नै निर्णय गर्नुपर्छ।"

नियमनको खाँचो

विज्ञहरूका अनुसार नेपालमा १३ देखि १५ प्रतिशत विवाहित जोडीमा बाँझोपनको समस्या देखिएको छ। त्यही भएर यसलाई सम्बोधन गर्न पनि प्रजनन स्वास्थ्यसँग सम्बन्धित यस्ता प्रश्नहरू सम्बोधन गर्न ढिलाइ गर्न नहुने उनीहरू बताउँछन्।

डाक्टर अधिकारीले भने, "मान्छेको जीवनसँग सम्बन्धित कुरा हो, खर्च पनि धेरै हुन्छ। सेवा दिनु पनि पर्‍यो, सेवाग्राहीलाई सहयोग पनि गर्नुपर्र्‍यो तर निश्चित मापदण्ड पूरा गरेर मात्रै गर्नुपर्छ।"

डिम्बाशयमा अण्डा निर्माण गर्नका लागि सुई लगाउने प्रक्रिया सामान्य भए पनि कतिपय अवस्थामा अण्डा निकाल्ने क्रममा केही समस्याहरू देखिन सक्ने भन्दै चिकित्सकहरूले यसमा पनि सावधानीहरू अपनाइनुपर्ने धारणा राखेका छन्।

त्यसबाहेक डिम्ब झिक्न लागिएका महिलाहरूलाई उपयुक्त मनोपरामर्श आवश्यक हुने विज्ञहरूले औँल्याएका छन्।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डाक्टर सरोज शर्माले भने, "भारतदेखि यूके र अमेरिकासम्म जहाँ पनि यस्तो व्यवस्था छ। हाम्रोमा पनि यो यो चिज हुनुपर्छ भन्ने चेकलिस्ट छ तर भर्खरै नेपालमा सुरु भएकाले मापदण्ड तयार हुँदै छ। अब एकडेढ महिनामा तयार हुन्छ।"

अहिलेसम्म वीर्य वा डिम्बदानका लागि कुनै उमेरको सीमा नतोकिएको उल्लेख गर्दै उनले 'राम्रा अन्तर्राष्ट्रिय अभ्यासहरू' हरेर मापदण्डमा उपयुक्त निर्णय लिने सुनाए। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending