सप्तरी। निर्माण सम्पन्न भई उद्घाटनसमेत भइसकेको बसपार्क प्रयोगमा नआएपछि राजविराज नगरक्षेत्रमा सवारी पार्किङ गर्दा उक्त क्षेत्रमा दुर्घटनाको जोखिम बढ्दै गएको छ ।
करिब एक महिनाअघि उद्घाटन भइसकेको राजविराज बसपार्क प्रयोगमा नआउँदा राजविराजबाट चल्ने रात्रिकालिन बस, यात्रुवाहक बस, मालवाहक सवारीलगायत सवारीको पार्किङ जथाभावी गर्ने गरिएको छ ।
जसले गर्दा सडक साँघुरो भएर दुर्घटनाको सम्भावना बढेको हो । यस्तै सदरमुकाम राजविराजबाट बाहिरिने र भित्रिने बस र यात्रु बोक्ने अन्य साना सवारीका लागि निर्माण गरिएको सुविधायुक्त राजविराज बसपार्कबाट सञ्चालन नगर्दा तथा पार्किङ नगर्दा राजविराजको मैन सडकबाट बस, मइक्रोबस, टेम्पुलगायतका सवारी साधन सञ्चालन गर्नुका साथै दायाँबायाँ रोकेर यात्रु चढाउने र ओराल्ने कार्यले पनि दुर्घटनाको जोखिम उच्च रहेको स्थानीय सिवु यादवको गुनासो छ ।
निमार्ण सम्पन्न भई नगरपालिकालाई हस्तान्तरण गरिएको एक महिना पुग्न लाग्दासमेत बस पार्कमा सवारी राखिएको देखिँदैन । राजविराजको चोकहरुमा जथाभावी यात्रुवाहक सानाठुला सवारी सञ्चालन भइरहेको छ । राजविराजको सडकबाटै जथाभावी सवारी साधन सञ्चालन हुदाँ एकातिर दुर्घटनाको सम्भावना अधिक रहँदै आएको छ भने अर्कातिर सडक साँघुरो भई पैदलयात्रु र व्यापारी समेतलाई ठुलो समस्या परेको स्थानीय व्यापारी बिनोद चौधरी बताउछन्।
बसपार्कको निर्माण गर्न सघन सहरी तथा भवन निर्माण आयोजना राजविराजले १५ करोड ६० लाख रुपियाँमा नव निर्मित बसपार्कको २०७४ साल पुस १९ मा सिनर्जी विल्डर्स प्रालि कुलेश्वर १४ काठमाडौँले ठेक्का सम्झौता गरेको थियो ।
राजविराजको राजदेवी चौकस्थित १९ हजार ६ सय ४४२ वर्ग किलोमिटर क्षेत्रफलमा निर्माण गरिएको आधुनिक सुविधा सम्पन्न बसपार्कमा सोधपुछ कक्ष तथा मुख्य प्रवेशद्वार, टिकट काउन्टर र बेटिङ एरियासहित शौचालय, वटा पसल, रेष्टुरेन्ट, मिनीमार्केट हल, बैंक ब्रान्च, पाँच तल्ले क्लक टावर, दुईवटा गार्ड हाउस, दुईवटा मेन गेट पब्लिक शौचालय र सर्भिस सेन्टर लगायतको संरचना निर्माण गरिएको छ ।
आधुनिक र सुविधायुक्त उक्त बसपार्क सञ्चालनमा ल्याउन सम्बन्धित निकाय र बस तथा साना सवारी व्यवसायीसँग पहल नगरेका कारण बस पार्क अहिलेसम्म सञ्चालनमा नआएर सुनसान रहेको स्थानीय भन्नालाल यादव बताउनुभयो ।
बसपार्क सञ्चालनमा नआउँदा परेको समस्याबारे इलाका प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालयले नगरपालिकाको ध्यानाकर्षण गराउँदै आएको छ । कार्यवाहक नगरप्रमुख ईसरत परविनेले नागरिक समाज, बस तथा साना सवारी व्यवसायी सङ्घलगायत सरोकारवालासँग यथाशीघ्र वार्ता गरी बस पार्क सञ्चालनको ठेक्का लगाइने र सञ्चालनमा ल्याउने तयारी भएको बताइन ।
बसपार्कको पहिलो पटक २०४४ सालमा तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह, दोश्रो पटक २०४६ मा तत्कालीन अञ्चलाधीश सूर्यबहादुर सेन ओली र तेस्रो पटक २०५२ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पनि शिलान्यास गरेको थिए । तर निर्माण कार्य अगाडि बढ्न सकेको थिएनन् ।
पछिल्लो पटक ९चौथो पटक० २०७४ सालमा शहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा र राजविराज नगरपालिकाका तत्कालिन प्रमुख शम्भुप्रसाद यादवले संयुक्त रुपमा बसपार्कको शिलान्यास गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ८ गते, २०८२ - १७:४४
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। बुधबार गृह मन्त्रालयमा बसेको बैठकले फागुन २१ गते हुने निर्...
माघ ८ गते, २०८२ - १७:१७
ललितपुर । प्रतिनिधिसभा निर्वाचनका लागि ललितपुरमा ७४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार विभिन्न राजनीतिक दल तथा स्...
माघ ८ गते, २०८२ - १६:५८
काठमाडौँ । रसुवा भन्सार नाकाबाट २ अर्ब ३ करोड ५७ लाख ८९ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने ६ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको वस्तु निर्यात...
माघ ८ गते, २०८२ - १६:४३
काठमाडौं । अमेरिकाले मंगलबार फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ। चाटर्ड विमानमार्फत उनीहरूलाई काठमाडौं ल्याएर छाडिएको हो। अध्यागमन विभागक...
माघ ८ गते, २०८२ - १६:३४
काठमाडौँ । पछिल्लो ६ महिनामा देशको सार्वजनिक ऋण १ खर्ब ३२ अर्ब रुपैयाँभन्दा बढीले बढेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/...
माघ ८ गते, २०८२ - १५:२९
काठमाडौँ । निर्वाचनमा उम्मेदवारलाई ‘राइट टु रिजेक्ट’को व्यवस्था कार्यान्वयन नगरेको भन्दै सर्वोच्च अदालतले निर्वाचन आयोगसँग लिखित जवाफ मागेको छ। न्य...
माघ ८ गते, २०८२ - १५:२३
काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा भारतीय वायुसेनाको प्रशिक्षणमा रहेको एक विमान दुर्घटनामा परेको छ। उक्त दुर्घटना मंगलबार दिउँसो भएको हो।...
माघ ८ गते, २०८२ - १५:११
काठमाडौँ। पोखरामा यही जनवरी ३१ देखि फेब्रुअरी ७ तारिखसम्म आयोजना हुने साफ यु–१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ । अखिल नेपाल ...
माघ ८ गते, २०८२ - १४:५९
काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित दायर भ...
माघ ८ गते, २०८२ - १४:४६
झापा । झापा क्षेत्र नम्बर ५ का कमल गाउँपालिकाका नेपाली कांग्रेसका सचिव महेन्द्र बुढाथोकी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० प्रवेश गरेका छन् । बुढाथ...




प्रतिकृया लेख्नुहोस्: