सप्तरी। निर्माण सम्पन्न भई उद्घाटनसमेत भइसकेको बसपार्क प्रयोगमा नआएपछि राजविराज नगरक्षेत्रमा सवारी पार्किङ गर्दा उक्त क्षेत्रमा दुर्घटनाको जोखिम बढ्दै गएको छ ।
करिब एक महिनाअघि उद्घाटन भइसकेको राजविराज बसपार्क प्रयोगमा नआउँदा राजविराजबाट चल्ने रात्रिकालिन बस, यात्रुवाहक बस, मालवाहक सवारीलगायत सवारीको पार्किङ जथाभावी गर्ने गरिएको छ ।
जसले गर्दा सडक साँघुरो भएर दुर्घटनाको सम्भावना बढेको हो । यस्तै सदरमुकाम राजविराजबाट बाहिरिने र भित्रिने बस र यात्रु बोक्ने अन्य साना सवारीका लागि निर्माण गरिएको सुविधायुक्त राजविराज बसपार्कबाट सञ्चालन नगर्दा तथा पार्किङ नगर्दा राजविराजको मैन सडकबाट बस, मइक्रोबस, टेम्पुलगायतका सवारी साधन सञ्चालन गर्नुका साथै दायाँबायाँ रोकेर यात्रु चढाउने र ओराल्ने कार्यले पनि दुर्घटनाको जोखिम उच्च रहेको स्थानीय सिवु यादवको गुनासो छ ।
निमार्ण सम्पन्न भई नगरपालिकालाई हस्तान्तरण गरिएको एक महिना पुग्न लाग्दासमेत बस पार्कमा सवारी राखिएको देखिँदैन । राजविराजको चोकहरुमा जथाभावी यात्रुवाहक सानाठुला सवारी सञ्चालन भइरहेको छ । राजविराजको सडकबाटै जथाभावी सवारी साधन सञ्चालन हुदाँ एकातिर दुर्घटनाको सम्भावना अधिक रहँदै आएको छ भने अर्कातिर सडक साँघुरो भई पैदलयात्रु र व्यापारी समेतलाई ठुलो समस्या परेको स्थानीय व्यापारी बिनोद चौधरी बताउछन्।
बसपार्कको निर्माण गर्न सघन सहरी तथा भवन निर्माण आयोजना राजविराजले १५ करोड ६० लाख रुपियाँमा नव निर्मित बसपार्कको २०७४ साल पुस १९ मा सिनर्जी विल्डर्स प्रालि कुलेश्वर १४ काठमाडौँले ठेक्का सम्झौता गरेको थियो ।
राजविराजको राजदेवी चौकस्थित १९ हजार ६ सय ४४२ वर्ग किलोमिटर क्षेत्रफलमा निर्माण गरिएको आधुनिक सुविधा सम्पन्न बसपार्कमा सोधपुछ कक्ष तथा मुख्य प्रवेशद्वार, टिकट काउन्टर र बेटिङ एरियासहित शौचालय, वटा पसल, रेष्टुरेन्ट, मिनीमार्केट हल, बैंक ब्रान्च, पाँच तल्ले क्लक टावर, दुईवटा गार्ड हाउस, दुईवटा मेन गेट पब्लिक शौचालय र सर्भिस सेन्टर लगायतको संरचना निर्माण गरिएको छ ।
आधुनिक र सुविधायुक्त उक्त बसपार्क सञ्चालनमा ल्याउन सम्बन्धित निकाय र बस तथा साना सवारी व्यवसायीसँग पहल नगरेका कारण बस पार्क अहिलेसम्म सञ्चालनमा नआएर सुनसान रहेको स्थानीय भन्नालाल यादव बताउनुभयो ।
बसपार्क सञ्चालनमा नआउँदा परेको समस्याबारे इलाका प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालयले नगरपालिकाको ध्यानाकर्षण गराउँदै आएको छ । कार्यवाहक नगरप्रमुख ईसरत परविनेले नागरिक समाज, बस तथा साना सवारी व्यवसायी सङ्घलगायत सरोकारवालासँग यथाशीघ्र वार्ता गरी बस पार्क सञ्चालनको ठेक्का लगाइने र सञ्चालनमा ल्याउने तयारी भएको बताइन ।
बसपार्कको पहिलो पटक २०४४ सालमा तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह, दोश्रो पटक २०४६ मा तत्कालीन अञ्चलाधीश सूर्यबहादुर सेन ओली र तेस्रो पटक २०५२ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पनि शिलान्यास गरेको थिए । तर निर्माण कार्य अगाडि बढ्न सकेको थिएनन् ।
पछिल्लो पटक ९चौथो पटक० २०७४ सालमा शहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा र राजविराज नगरपालिकाका तत्कालिन प्रमुख शम्भुप्रसाद यादवले संयुक्त रुपमा बसपार्कको शिलान्यास गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - ११:४४
काठमाडौं । नेकपा एमालेले आज संसदीय दल र सचिवालय बैठक बोलाएको छ। पार्टी सचिवालयका अनुसार संसदीय दलको बैठक दिउँसो २ बजे ललितपुरको च्यासलस्थित केन्द्र...
आषाढ़ ९ गते, २०८३ - ११:२५
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टीको महाधिवेशनअन्तर्गत बन्दसत्र आज दिउँसो १ बजेबाट सुरु हुने बताए...
आषाढ़ ९ गते, २०८३ - ११:०३
काठमाडौँ। केलियन एमबाप्पे प्रेरित फ्रान्स र एर्लिङ हालान्ड प्रेरित नर्वे फिफा विश्वकप–२०२६ को नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘आई’ अन्तर्गत मङ्...
आषाढ़ ९ गते, २०८३ - १०:४४
कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्क क्षेत्रभित्रका सबै व्यापारिक संर...
आषाढ़ ९ गते, २०८३ - १०:२६
काठमाडौँ। कप्तान लियोनल मेस्सीले विश्वकपमा अद्भुत कीर्तिमान रचेसँगै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप–२०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । अमेर...
आषाढ़ ८ गते, २०८३ - १८:४०
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन्। गृहमन्त्रालय स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण सम्बन्धी अन...
आषाढ़ ८ गते, २०८३ - १८:०७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गत सोमबारका लागि तय गरिएको बन्द सत्र स्थगित भएको छ। महाधिवेशन प्रतिनिधिको नामावलीम...
आषाढ़ ८ गते, २०८३ - १७:५१
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई–पासपोर्ट खरिद (पासपोर्ट ठेक्का) प्रकरणमा जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि सिद्धार्थ थापा र म्यूल...
आषाढ़ ८ गते, २०८३ - १७:४०
काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र कार्यक्रम आज नहुने सम्भावना बढेको छ। महाधिवेशन प्रत...
आषाढ़ ८ गते, २०८३ - १६:५८
काठमाडौँ । राहदानी छपाइ तथा प्रणाली व्यवस्थापनसम्बन्धी ठेक्का प्रक्रियामा भएको भनिएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान पूरा ...



प्रतिकृया लेख्नुहोस्: