Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

विद्या भण्डारीलाई रोक्ने निर्णयले एमालेमा चर्कियो विवाद

ओली आफ्नै विचारबाट पछाडि फर्केको भण्डारीको टिप्पणी, भन्छिन्- खुट्टा कमाउँदिन

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेसँगै उनलाई समर्थन गर्ने नेता कार्यकर्ताले आक्रोश व्यक्त गर्न थालेका छन् ।

मंगलबार राती एमालेको केन्द्रीय कमिटी बैठकले भण्डारीलाई पार्टी सदस्यता नदिने निर्णय गर्दै पार्टी राजनीतिको बाटो बन्द गरेसँगै सोही पार्टीका काठमाडौँ अध्यक्ष दीपक निरौलाले इतिहास सम्झाएका छन् ।

सामाजिक सञ्जालमा उनले भनेका छन्–‘ इतिहास साक्षी छ पाँचौँ महाधिवेशनमा पार्टी महासचिव मदन भण्डारीलाई बोल्न नदिएको । यसै गरी बहुदलीय जनवादको विषय सुरु गर्दा सुरुमा साथ दिने पनि न्यून नै थिए । यसै गरी केपी ओलीले उपत्यका छाडेपछि बैठक बस्ने विगत पनि भेगकै हो। केपी ओलीलाई मातहतमा नबोलाउन निर्देशन गरेर आन्दोलन रोकिएन । यसैको पृष्ठभूमिमा अघि बढेको एमाले हो ।’

पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा आउन नदिने निर्णयका विपक्षमा उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली तथा स्थायी कमिटी सदस्य कर्णवहादुर थापाले असहमति जनाए। यो निर्णय बहुमतले गर्दा हलमा होहल्ला भएको थियो। 

पूर्वराष्ट्रपति भण्डारीले अध्यक्ष ‌ओली अहिले आफ्नै विचारबाट पछाडि फर्केको टिप्पणी गरेकी छन् । विगतका महाधिवेशनमा पार्टी लोकतान्त्रिकरणको विचार राखेपनि अहिले आएर ७० वर्षे उमेर हद र दुई कार्यकालको निर्णय उल्टाएको उनको भनाइ थियो ।

बल्खुको १८ दिन चलेको केन्द्रीय कमिटी बैठकमा प्रदीप ज्ञवाली, शंकर पोखरेल र आफू तीनजनामात्र ओलीको पक्षमा डटेर सामना गरेको प्रसंग पनि कोट्याएकी छन् ।

बैठकको यो निर्णयअघि निवासमै पत्रकारहरुसँग कुरा गर्दै उनले भनेका थिइन्,, ‘उहाँ त टावर पर्सनालिटी हो नि ! आफ्नो विकल्प कोही छैन । मभन्दा बाहेक सबै भुराभुरी केही जान्दैनन् जस्ताे गर्नुहुन्छ’।

पूर्वराष्ट्रपति भण्डारीले अहिले नेतृत्वबाटै गुटबन्दी गर्ने काम भएको हुनाले संस्थागत ढंगबाट सोच्नुपर्ने औंल्याएकी छन् । उनी भन्छिन्, ‘जिल्ला र प्रदेशदेखि नै ग्रुपिजम गरेर कार्यकर्तालाई आतंकित पार्ने र बोल्न नदिने प्रयास भइरहेको छ । यो बोल भन्ने टेरर गर्ने बोल्न नदिने यस्तो पनि हुन्छ र !’

उनले आफू भोजपुरको यशोधरा, विद्योदय मावि पढ्दैदेखि ३५/३६ सालदेखि वाईएल (योङ लिग) बाट अनेरास्ववियु हुँदै संगठन हाँकेर आएको, ६२/६३ मा नेताहरू सुस्ताएको बेला महिलाहरूको जुलुसको अगुवाइ गरेको प्रसंग सुनाउँदै प्रश्न गरिन्, ‘ म संगठक हैन, पार्टी काम गरेको छैन ?’

आफू माझ किराँतमा जन्मी हुर्की पञ्चायती शासकविरुद्ध लड्दै हुर्किँदै त्यो परिस्थितिबाट सक्रिय हुँदै लड्दै भिड्दै आएको भन्दै उनले भनिन्, ‘खुट्टा कमाउँदिन ।’

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

म कांग्रेसको देशभरको पार्टी सभापति हुँ, आफैलाई परीक्षण गर्न सर्लाही ४ रोजेँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गर्दै काठमाडौं–४ छाडेर सर्लाही–४ बाट उम्मेदवारी दिएका छन्। लामो स...

बालकोटको मार्केटिङ फर्मलाई ५० हजार जरिवाना

काठमाडौँ । सूर्यविनायक-२ बालकोटस्थित खिलुङ्गा कालिका मार्केटिङ प्रालि कारबाहीमा परेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको नियमित बज...

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर । माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’ शून्यजस्तै भएपछि विराटनगरका धुनिया चिन्तित छन् । जाडो सुरु भएसँगै व्यस्त हुने धुनियाहरू...

उम्मेदवारी दर्तापछि अब पार्टीहरूको ध्यान घोषणापत्रमा, तयारी कस्तो छ ?

काठमाडौं । प्रत्यक्ष चुनावमा लड्न चाहने उम्मेदवारहरूले मङ्गलवार दिनभरि मनोनयनपत्र दाखिला गरेपछि निर्वाचन अब बाँकी डेढ महिनाको अन्तिम चरणमा प्रवेश गरेक...

कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टीले कहाँ-कहाँ दियो उम्मेदवारी ?

काठमाडौं । उज्यालो नेपाल पार्टीको देशभरका ९० भन्दा धेरै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवारी दिएको छ। ठमाडौंका सबै क्षेत्रमा उम्मेदवार उठाएको पार्टीले ...

काठमाडौं महानगरले भन्यो- नदी दायाँबायाँ भवन निर्माण गर्न लगाएको प्रतिबन्ध हटाइएको छ

काठमाडौं । काठमाडौंं महानगरपालिकाले महानगर क्षेत्रभित्र नदीको दायाँबायाँ भवन निर्माण गर्न लगाइएको प्रतिबन्ध हटाएको छ।  महानगरपालिकाले आज सूचना जारी...

अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनारको भाउ थप बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेत...

देउवाको ३४ वर्षे संसदीय यात्रामा विराम

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने भएपछि कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको ३४ वर्षे संसदीय यात्रा...

प्रतिनिधिसभा निर्वाचन- सबैभन्दा बढी रुपन्देही र कम मुस्ताङमा उम्मेदवारी दर्ता

काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आज देशभर उम्मेदवारी दर्ता भएको छ । राजनीतिक दल तथा उम्मेदवारले आज निर्धारित समय तालिक...

देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम  छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भाव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending