Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

कर्णाली नदिको झुगोलामा निर्माण थालेको तीन वर्षमा पुलको पिलरमात्रै

खबरडबली संवाददाता

बाजुरा। बाजुरा जिल्लाको हिमाली र मुगुको खत्याड गाउँपालिका बीचमा पर्ने कर्णाली नदिको झुगोलामा निर्माण हुन थालेको पक्की पुलको तीन वर्षमा एक पिल्लर मात्र निर्माण भएको छ । २०८१ साल मङ्सिरमा काम सम्पन्न गर्ने गरी २०७९ साल मङ्सिरमा कुशेश्वर कन्ट्रक्सन प्रालिसँग सम्झौता भएको थियो ।

आर्थिक वर्ष २०७८/०७९ सालको मङ्सिरमा पुलको काम सुरु गरेको निर्माण कम्पनीले २०८२/०८३ साउनको पहिलो हप्तासम्म एक पिल्लर मात्र निर्माण गरेको छ ।

बाजुरादेखि मुगु रारा हुँदै कर्णाली प्रदेशका सबै जिल्ला जोडिने गरी भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय कर्णाली प्रदेश सरकारले कर्णाली नदिको झोगलामा पक्की पुल निर्माणका लागि झण्डै १४ करोड ४९ लाख रकम विनियोजन गरेको थियो ।

केही वर्ष पहिला झोगलामा बेलिब्रिज पुल निर्माण गरिएको थियो । अहिले यही पुलदेखि बाजुरा र मुगुमा यातायातका जिप, ट्याक्र र ट्रकलगायतका सावारी साधन सुचारु हुने गरेको छ । यद्यपि, झोगलामा पक्की पुल चाँडो निर्माण भए सवारी साधन सञ्चालनका लागि थप सहज हुने स्थानीयवासीको भनाइ छ ।

२०७८ सालमा सम्झौता भए पनि सरकारले डिजाईन स्टिमेट निर्माण गर्दा निकै ढिलाइ गरेपछि पुल निर्माणको काममा ढिलाइ भएको कुशेश्वर कन्ट्रक्सन प्रालि काठमाडौँका ठेकेदार जयराज घलले बताए।

उनले भने, “अरुभन्दा कर्णाली नदिमा पुल निर्माण गर्न निकै गाह्रो छ । यहाँ असारदेखि भदौसम्म पानीको निकै बहाव बढ्छ । पुसमा बल्ल त्यो पानीको बहाव घट्छ । अर्को यहाँ काम गर्दा केही समान बिग्रियो भने पनि त्यो समान सपारेर यहाँसम्म पुगाउँन तीन चार महिना लाग्छ ।”

अहिले एक वर्षको म्याद पुन थप गरेको छ । आगामी २०८२ सालको चैतभित्र पुल निर्माणको काम सम्पन्न गर्ने गरी यती बेला काम तीव्र रुपमा भइरहेको ठेकेदार घलेले बताए।

यो योजना प्रदेश सरकारबाट आएकोले यसको काम कहिले सुरु भएको हो । कहिले सम्म काम सम्पन्न गर्नु पर्ने हो त्यो सबै कुरा पूर्वाधार विकास कार्यालयलाई मुगुलाई नै थाहा हुने खत्याड गाउँपालिका अध्यक्ष अजबहादुर मल्लले बताए।

यता झुगलामा पक्की पुल निर्माण भएसँगै सुदरपश्चिमका नौ वटै जिल्लाका स्थानीयलाई बाजुरादेखि रारा जान निकै सहज हुने हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द्रबहादुर मल्लले बताए।

उनले भने, “अहिले यहाँ बेलिब्रिज छ । त्यसैबाट बाजुरादेखि मुगु सम्म स्थानीय आउजाउ गर्ने गरेका छन्  ।”

पक्की पुल निर्माणको चाँडो भइदिएको भए यहाँका स्थानीय व्यापारी तथा बाहिरबाट आउने पर्यटकलाई थप निकै सहज हुने अध्यक्ष मल्लले बताए।

सम्झौता भए अनुसार सो कम्पनीले त्यस ठाउँमा एक सय पाँच मिटर लम्बाई पक्की पुल निर्माण गर्नुपर्ने हो । त्यसका लागि सो कम्पनीले १४ करोड ४९ लाख रुपियाँमा सम्झौता गरेको पुर्वाधार विकास कार्यालय मुगुले जनाएको छ ।

ठेकेदार कम्पनीले सम्झौता गरे अनुसारको काम सम्पन्न नगरेकोले अहिले फेरि म्याद थपेको छ । अहिले एक पील्लरको काम सकेर अर्को बिचको पील्लरको काम सुरु भएको पूर्वाधार विकास कार्यालय मुगुका सूचना अधिकारी यज्ञराज उपाध्यायले बताए ।

उनले भने, “पुलको निर्माणको डिजाईन गर्दा नै धेरै समय लाग्यो । एक वर्ष त्यसरी नै गयो । एक वर्षपछि बल्ल डिजाइन पूरा भयो । ठेकेदार कम्पनीले त्यसपछि मात्र पुलको काम पनि सुरु गर्‍यो ।’’

अहिले फेरि म्याद थपिदिएको छ । त्यो म्याद अनुसारमा नै काम सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीले काम गरिहरको सूचना अधिकारी उपाध्यायले बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचन सुरक्षा तयारीबारे केन्द्रीय सुरक्षा समितिको बैठक, सामाजिक सञ्जालको दुरुपयोग रोक्न कडा निगरानी

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। बुधबार गृह मन्त्रालयमा बसेको बैठकले फागुन २१ गते हुने निर्...

ललितपुरको तीन निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता

ललितपुर । प्रतिनिधिसभा निर्वाचनका लागि ललितपुरमा ७४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार विभिन्न राजनीतिक दल तथा स्...

रसुवा भन्सारबाट दुई सातामा १ अर्ब ५६ करोडको कारोबार

काठमाडौँ । रसुवा भन्सार नाकाबाट २ अर्ब ३ करोड ५७ लाख ८९ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने ६ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको वस्तु निर्यात...

अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई गर्याे डिपोर्ट

काठमाडौं । अमेरिकाले मंगलबार फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ। चाटर्ड विमानमार्फत उनीहरूलाई काठमाडौं ल्याएर छाडिएको हो। अध्यागमन विभागक...

६ महिनामा सार्वजनिक ऋण १ खर्ब ३२ अर्बले बढ्यो

काठमाडौँ । पछिल्लो ६ महिनामा देशको सार्वजनिक ऋण १ खर्ब ३२ अर्ब रुपैयाँभन्दा बढीले बढेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/...

‘राइट टु रिजेक्ट’ कार्यान्वयन नभएकोमा सर्वोच्चले निर्वाचन आयोगसँग जवाफ माग्यो

काठमाडौँ । निर्वाचनमा उम्मेदवारलाई ‘राइट टु रिजेक्ट’को व्यवस्था कार्यान्वयन नगरेको भन्दै सर्वोच्च अदालतले निर्वाचन आयोगसँग लिखित जवाफ मागेको छ। न्य...

भारतीय वायुसेनाको प्रशिक्षण विमान दुर्घटना

काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा भारतीय वायुसेनाको प्रशिक्षणमा रहेको एक विमान दुर्घटनामा परेको छ। उक्त दुर्घटना मंगलबार दिउँसो भएको हो।...

साफ यु–१९ महिला च्याम्पियनसिप : नेपाली टोलीको घोषणा

काठमाडौँ। पोखरामा यही जनवरी ३१ देखि फेब्रुअरी ७ तारिखसम्म आयोजना हुने साफ यु–१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ । अखिल नेपाल ...

पतञ्जलि जग्गा प्रकरण: माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा मिसिल झिकाउन अदालतको आदेश

काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित दायर भ...

कमल गाउँपालिकाका कांग्रेस सचिव बुढाथोकी पाटी परित्याग गरि रास्वपा प्रवेश

झापा । झापा क्षेत्र नम्बर ५ का कमल गाउँपालिकाका नेपाली कांग्रेसका सचिव महेन्द्र बुढाथोकी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० प्रवेश गरेका छन् । बुढाथ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending