Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

ठेक्का विवादपछि गौशालाको साप्ताहिक बजारको स्थान सारियो

खबरडबली संवाददाता

महोत्तरी। गौशाला नगरपालिकामा वर्षौदेखि लाग्दै आएको स्थानीय साप्ताहिक हटिया बजारको स्थान सारिएको छ ।

गौशाला नगरपालिका– ५ मा लाग्दै आएको गोरु, खसी तथा माछा बजारको नामले चिनिने स्थानीय साप्ताहिक हाट बजार नगरपालिको साउन ७ गते निर्णयको निर्णय अनुसार साबिकमा लाग्दै आएको स्थानमा बजार लाग्न निषेध गरिएको छ ।

अब गौशाला बजार मराहापुलको दक्षिण पूर्व पट्टि रहेको रहेको नगरपालिकाको कृषि उपज केन्द्र मा लागू हुने गरी सारिएको निमित प्रमुख प्रशासकीय अधिकृत मनोज महराले एक सूचना प्रकाशित गरी जानकारी गराको छन् ।

गौशाला नगरपालिका र निगौल गाई गौशालाको जग्गामा लाग्दै आएको बजार ठेक्काको राजस्व सङ्कलन विवाद भएपछि नगरपालिकाले गोरु, खसी र माछा बजार अन्यत्र सारेको नगरप्रमुख डा दिपेन्द्र महतो बताए।

गौशाला नगरपालिका र निगौल गाई गौशाला बीच बजार ठेक्कासम्बन्धी विवादको भएर दुई पटक झडप नै भएपछि बजार अन्यत्र सार्नु परेको नगरप्रमुख डा. दिपेन्द्र महतो बताए।

तत्कालीन अवस्थामा (२०७० सालमा)गौशाला गाविस र निगौल गाई गौशालाबिचको सम्झौता अनुसार बजार ठेक्काबाट उठेको रकमबाट २५ प्रतिशत रकम गाई गौशालालाई दिने शर्तमा बजार ठेक्का लाग्दै आएको थियो । तर गाई गौशालालाई दिनुपर्ने रकम भुक्तानी नगरेको विषयलाई लिएर गौशाला नगरपालिका पक्षधर र गाई गौशाला पक्षधर दुई पटक झडप भएको थियो ।

यस विषयलाई लिएर उच्च अदालत जनकपुरले साउन ७ गते अल्पकालीन अन्तरिम आदेश जारी गर्दै गौशाला नगरपालिकाबाट बजार ठेक्का प्राप्त गरेका श्रवणकुमार महतोलाई नगरपालिका को च।न। १०३ मिति २०८२ असार ३२ गते चलन पुर्जि बमोजिम कार्य गर्न बाधा अवरोध नगर्नु भनि न्यायधीश महेन्द्रनाथ उपाध्यायको इजलासले आदेश जारी समेत गरेको छ ।

विगतका दिनमा भएको विवाद र झडपलाई मध्यनजर गरि साविकमा बजार लाग्ने स्थानमा सुरक्षाकर्मीहरुलाई खटाइएको छ भने  बजार सारिएको स्थानमा नगर प्रहरी खटिएका छन् ।

सोमबार बिहान ठेक्का रकम सङ्कलनको प्रयासका क्रममा नगरपालिका पक्ष र गाई गौशाला पक्षधरबिच विवाद उत्पन्न भई  हात हालाहाल भएको थियो ।

विवादले झडपको रुपलिँदा चार जना घाइते भएका छन् । झडपमा परेर वडा नं. २ का वडा अध्यक्ष श्याम कुमार मण्डल, स्थानीय विपिन साह, विजय यादव र सुरेन्द्र महतो घाइते भएका छन् ।

स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरी बल परिचालन गरी स्थितिलाई नियन्त्रणमा लिएको थियो ।

नगर प्रमुख महतोले स्थानीय बजारहरु स्थानीय सरकारको मातहतमा हुनु पर्ने कानुन रहेको हुँदा सोहि अनुसार गरिएको र बाँकी  विषयमा सर्व पक्षिय बैठक गरेर समस्याको समाधान गर्ने बताए ।

यता उच्च अदालतको आदेशानुसार साउन ९ गतेको तारिख तोकी दुबै पक्षलाई रोहवरमा राखि छलफल गरी निष्कर्षमा पुग्ने बताइएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचन सुरक्षा तयारीबारे केन्द्रीय सुरक्षा समितिको बैठक, सामाजिक सञ्जालको दुरुपयोग रोक्न कडा निगरानी

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। बुधबार गृह मन्त्रालयमा बसेको बैठकले फागुन २१ गते हुने निर्...

ललितपुरको तीन निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता

ललितपुर । प्रतिनिधिसभा निर्वाचनका लागि ललितपुरमा ७४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार विभिन्न राजनीतिक दल तथा स्...

रसुवा भन्सारबाट दुई सातामा १ अर्ब ५६ करोडको कारोबार

काठमाडौँ । रसुवा भन्सार नाकाबाट २ अर्ब ३ करोड ५७ लाख ८९ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने ६ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको वस्तु निर्यात...

अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई गर्याे डिपोर्ट

काठमाडौं । अमेरिकाले मंगलबार फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ। चाटर्ड विमानमार्फत उनीहरूलाई काठमाडौं ल्याएर छाडिएको हो। अध्यागमन विभागक...

६ महिनामा सार्वजनिक ऋण १ खर्ब ३२ अर्बले बढ्यो

काठमाडौँ । पछिल्लो ६ महिनामा देशको सार्वजनिक ऋण १ खर्ब ३२ अर्ब रुपैयाँभन्दा बढीले बढेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/...

‘राइट टु रिजेक्ट’ कार्यान्वयन नभएकोमा सर्वोच्चले निर्वाचन आयोगसँग जवाफ माग्यो

काठमाडौँ । निर्वाचनमा उम्मेदवारलाई ‘राइट टु रिजेक्ट’को व्यवस्था कार्यान्वयन नगरेको भन्दै सर्वोच्च अदालतले निर्वाचन आयोगसँग लिखित जवाफ मागेको छ। न्य...

भारतीय वायुसेनाको प्रशिक्षण विमान दुर्घटना

काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा भारतीय वायुसेनाको प्रशिक्षणमा रहेको एक विमान दुर्घटनामा परेको छ। उक्त दुर्घटना मंगलबार दिउँसो भएको हो।...

साफ यु–१९ महिला च्याम्पियनसिप : नेपाली टोलीको घोषणा

काठमाडौँ। पोखरामा यही जनवरी ३१ देखि फेब्रुअरी ७ तारिखसम्म आयोजना हुने साफ यु–१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ । अखिल नेपाल ...

पतञ्जलि जग्गा प्रकरण: माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा मिसिल झिकाउन अदालतको आदेश

काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित दायर भ...

कमल गाउँपालिकाका कांग्रेस सचिव बुढाथोकी पाटी परित्याग गरि रास्वपा प्रवेश

झापा । झापा क्षेत्र नम्बर ५ का कमल गाउँपालिकाका नेपाली कांग्रेसका सचिव महेन्द्र बुढाथोकी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० प्रवेश गरेका छन् । बुढाथ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending