गुल्मी। गुल्मी जिल्लाबाट ७८ जनाले गैरआवासीय नेपाली नागरिकता लिएका छन् । विसं. २०८० कात्तिक १९ गतेबाट हालसम्म जिल्ला प्रशासन कार्यालय गुल्मीबाट ७८ जनाले गैरआवसीय नागरिकता लिएको निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए ।
गुल्मी जिल्ला प्रशासन कार्यालयबाट २०८० कात्तिक महिनाको १९ गतेबाट गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्न सुरु गरिएको गैरेले बताए । आर्थिक वर्ष २०७९/८० मा १२ जना, २०८०/८१ मा ४८ जना र गत आर्थिक वर्षमा १८ जना गरी कुल ७८ जनाले गैर आवसीय नागरिकता लिएका हुन् ।
गैरआवासीय नेपाली नागरिकता लिनका लागि आवश्यक कागजपत्र पूरा गरेको खण्डमा एकै दिनमा नागरिकता प्रदान गर्दै आएको कार्यालयले जनाएको छ । नेपालबाट विदेशमा गएर त्यहीको नागरिकता लिइसकेका प्रवासी नेपालीहरुले गैर आवासीय नेपाली नागरिकता लिन थालेका हुन् ।
प्रशासनका न्यून जनशक्ति रहेकाले एकै दिन धेरै गैरआवासीय नागरिकता लिन आएमा उसै दिन प्रदान गर्न नसकिने गैरेले बताए।
गैरआवासीय नेपाली नागरिकले नागरिकता प्राप्त गर्नका लागि सम्बन्धित वडाको सिफारिससहितको निवेदन, नेपाली नागरिकता त्याग गरेको प्रमाण, विदेशी मुलुकको नागरिकता, नागरिक भएको प्रमाण, सार्क सदस्य राष्ट्रवाहेकका देशमा बसोबास गरेको प्रमाण, हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपिसहितका कागजात पेस गरेको खण्डमा सम्बन्धित प्रशासन कार्यालयबाट गैर आवासीय नेपाली नागरिकता प्रदान हुनसक्ने व्यवस्था रहेको छ ।
गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्रको हकमा राजनीतिक तथा प्रशासनिक अधिकार वाहेकका सम्पूर्ण अधिकार प्रयोग गर्न पाउने व्यवस्था रहेको छ । नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० लाग्र भएपछि गैरआवासीय नेपाली नागरिकले नागरिकता प्रमाणपत्रको व्यवस्था सुरु भएको हो । गैरआवासीय नागरिकताले भोट दिन, चुनाव लडन, राहदानी बनाउन पाउने छैनन् । तर सम्पति राख्न, व्यापार व्यवसायमा लगानी गर्न पाउनेछन् ।
८७ जनाले त्यागे नेपाली नागरिकता
यस्तै, गुल्मी जिल्ला प्रशासनबट ८७ जनाले नागरिकता त्याग गरेका छन् । निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ६८ जना र गत आर्थिक वर्षमा १९ जना गरी कुल ८७ जनाले नागरिकता त्याग गरेका छन् । गत आर्थिक वर्षमा तीन जनाको नागरिकता रद्द गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ८ गते, २०८२ - १४:३६
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमल शाहसहित माघ १२ गते जनकपुर जाने भएका छन् । जनकपुरमा उनले जानकारी मन्दिरको दर्शन गर्नेसहित राजावादीहर...
माघ ८ गते, २०८२ - १४:३२
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र सङ्घ ९यूएन० विश्व शान्ति र सुरक्षा कायम राख्न महत्वपूर्ण भूमिका खेलिरहेको भन्दै यसलाई जा...
माघ ८ गते, २०८२ - १४:०४
देशको जटिल राजनीतिक अवस्थालाई निकास दिन म फेरि जनयुद्धको आधारभूमि रुकुम फर्किए
माघ ८ गते, २०८२ - १३:१७
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनको नाममा अरुको घर जलाउन नपाइने भन्दै त्यस्ता व्यक्तिलाई सरकारले कारबाही नगरेको बताएका छन् । ...
माघ ८ गते, २०८२ - १३:०८
बर्दिबास। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि महोत्तरीको उम्मेदवारी दर्तामा उल्लेख्य चाप देखिएको छ । चार लाख ३१ हजार २५२ मतदाता रहेको जिल्लामा प्रतिनिध...
माघ ८ गते, २०८२ - ११:४७
सुलीकोट। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गोरखा जिल्लाका दुई निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २७ जना...
माघ ८ गते, २०८२ - ११:३३
भोजपुर । षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको अभावमा काकाकुल बनेको छ । लामो समयदेखि बस्तीका ५० परिवार पानीको समस्याले पीड...
माघ ८ गते, २०८२ - ११:२१
काठमाडौं । बुधबार एकैदिन सुनको भाउ तोलामा १० हजार ४ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ...
माघ ८ गते, २०८२ - ११:१२
दमक। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नंं। ५ मा सबैभन्दा बढी उम्मेदवारी परेको छ । देशकै ध्यान केन्द्रित भएको झा...
माघ ८ गते, २०८२ - १०:४५
काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचन हुने १६५ सिटका लागि ३ हजार ४८४ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार कुल उम्मेदवारमध्ये ३...




प्रतिकृया लेख्नुहोस्: