काठमाडौँ। नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भिजिट भिसाकै कारण अहिलेको उपलब्धि प्राप्त गर्नेहरूले धेरै चिन्ता गर्न नसुहाउने बताएका छन् ।
शुक्रवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै घिमिरेले दुई महिनादेखि भिजिट भिसाको नाममा संसद् अवरोध गर्दै आएको रास्वपा र रास्वपा सभापति रवि लामिछानेप्रति लक्षित गर्दै भिजिट भिसाकै कारण अहिलेको उपलब्धि प्राप्त गर्नेहरूले धेरै चिन्ता गर्न नसुहाउने बताएका हुन् ।
उनले भने, ‘संसद्मा झन्डै दुई महिनादेखि केही साथीहरूले धेरै चिन्ता व्यक्त गरिरहनुभएको छ । धेरै चिन्ता गर्न आवश्यक छैन । हामीले एउटा अभ्यास गरिसकेका छौँ । भिजिट भिसामा यहाँबाट बाहिर जाने, त्यहीँको नागरिकता लिने, त्यहीँ घरजम गरेर बस्ने, केही समयपछि नेपाल फर्किने, दुई चार वटा अरू काण्ड पनि मच्चाउने, पार्टी खोल्ने त्यसपछि गृहमन्त्री, अन्य विभिन्न मन्त्री हुँदै उपप्रधानमन्त्रीसम्म हुने अभ्यास हामीले गरिसकेका छौँ । किन चिन्ता गर्नुहुन्छ? भोलि भिजिट भिसामा जाने साथीहरूले त्यही अभ्यास दोहोर्याउलान् नि त । धेरै चिन्तित यसमा किन हुनुहुन्छ ? मलाई त यसबाट पनि आश्चर्य लागेको छ, जुन पार्टीको धेरै सांसद, धेरै नेताहरू यही भिजिट भिसाबाट आज यो ठाउँसम्म आइपुग्नुभएको छ । यो सफलताको श्रेणी उक्लिनुभएको छ । त्यही साथीहरू भिजिट भिसाको बारेमा सबैभन्दा बढी चिन्तित भएको पाएको छु । भिजिट भिसामा गएर उतै घरजम गर्नु, उतैको नागरिकता, पासपोर्ट लिनु निश्चय पनि अन्तर्राष्ट्रिय कानुनअनुसार पनि गलत कार्य हो । यो राम्रो कार्य होइन । कुनै पनि देशले राम्रो भन्दैन ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ८ गते, २०८२ - १४:०४
देशको जटिल राजनीतिक अवस्थालाई निकास दिन म फेरि जनयुद्धको आधारभूमि रुकुम फर्किए
माघ ८ गते, २०८२ - १३:१७
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनको नाममा अरुको घर जलाउन नपाइने भन्दै त्यस्ता व्यक्तिलाई सरकारले कारबाही नगरेको बताएका छन् । ...
माघ ८ गते, २०८२ - १३:०८
बर्दिबास। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि महोत्तरीको उम्मेदवारी दर्तामा उल्लेख्य चाप देखिएको छ । चार लाख ३१ हजार २५२ मतदाता रहेको जिल्लामा प्रतिनिध...
माघ ८ गते, २०८२ - ११:४७
सुलीकोट। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गोरखा जिल्लाका दुई निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २७ जना...
माघ ८ गते, २०८२ - ११:३३
भोजपुर । षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको अभावमा काकाकुल बनेको छ । लामो समयदेखि बस्तीका ५० परिवार पानीको समस्याले पीड...
माघ ८ गते, २०८२ - ११:२१
काठमाडौं । बुधबार एकैदिन सुनको भाउ तोलामा १० हजार ४ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ...
माघ ८ गते, २०८२ - ११:१२
दमक। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नंं। ५ मा सबैभन्दा बढी उम्मेदवारी परेको छ । देशकै ध्यान केन्द्रित भएको झा...
माघ ८ गते, २०८२ - १०:४५
काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचन हुने १६५ सिटका लागि ३ हजार ४८४ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार कुल उम्मेदवारमध्ये ३...
माघ ७ गते, २०८२ - १७:१९
सर्लाही । कांग्रेस सभापति गगन थापाले सर्लाही-४ बाट मनोनयन दर्ता गराएका छन् । आफू टिकट वितरणमा व्यस्त भएपछि सभापति थापाले वारेसमार्फत उम्मेदवारी दर्ता ...
माघ ७ गते, २०८२ - १७:०६
चितवन। आगामी प्रतिनिधि सभा निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता गरेक...




प्रतिकृया लेख्नुहोस्: