Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

रुसी वार्ताकारहरूले पुटिनसँगको सम्भावित भेटबारे छलफल गर्न थालेको जेलेन्स्कीको भनाइ

खबरडबली संवाददाता

किएभ । इस्तानबुलमा यसै साता हुने वार्ताका लागि मस्को र किएभका वार्ताकारबिच छलफल भएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र रुसी समकक्षी भ्लादिमिर पुटिनबिच भेटवार्ताको सम्भावनाबारे छलफल भएको युक्रेनी प्रतिनिधिमण्डललाई उद्धृत गर्दै जेलेन्स्कीले शुक्रबार एक विज्ञप्ति जारी गरी बताए । 

युक्रेनले दुई नेताबिच बैठकका लागि दबाब दिइरहेको छ र युद्धरत पक्षहरूलाई सम्झौता गर्न दबाब दिइरहेका डोनाल्ड ट्रम्पले पनि बैठकमा भाग लिन सक्ने आशा व्यक्त गरेको छ । पुटिनले आफू जेलेन्स्कीलाई भेट्न तयार रहेको तर तीन वर्षदेखि जारी युद्ध अन्त्यका लागि वार्ताको अन्तिम चरणमा मात्र भएको बताए । 

जेलेन्स्कीले एएफपीलगायत पत्रकारसँग भने, “हामीलाई युद्धको अन्त्य आवश्यक छ, जुन सम्भवतः नेताहरूको बैठकबाट सुरु हुन्छ ।” उनले भने, “हामीसँगको वार्तामा उहाँहरुले यस विषयमा छलफल गर्न थाल्नुभएको छ । यो कुनै न कुनै प्रकारको बैठकको ढाँचातर्फ अघि बढिसकेको छ ।” बुधबार इस्तानबुलमा भएको नयाँ चरणको वार्तामा युक्रेनका प्रमुख वार्ताकार रुस्तम उमरोभले अगष्टको अन्त्यअघि वार्ता गर्ने प्रस्ताव गरेका थिए । 

अमेरिकी राष्ट्रपति ट्रम्पले यसै महिनाको सुरुमा रुसलाई युक्रेनसँग शान्ति सम्झौता गर्न वा व्यापक प्रतिबन्धको सामना गर्न ५० दिनको समय दिनुएका थिए । यद्यपि रुसी वार्ताकार भ्लादिमिर मेदिन्स्कीले आसन्न बैठकको सम्भावनालाई कम महत्व दिए । “बैठकको तयारी राम्रोसँग हुनुपर्छ । त्यसपछि मात्र यसको अर्थ हुन्छ,” मेदिन्स्कीलाई उद्धृत गर्दै रुसी सरकारी समाचार संस्था तासले जनाएको छ ।

प्याट्रिअट्स र ड्रोन खरिद्का लागि सम्झौता

द्वन्द्व अन्त्यका लागि भएको वार्ताले अहिलेसम्म केही परिणाम दिन सकेको छैन । युक्रेनले रुसले निर्णय गर्ने कुनै वास्तविक शक्ति नभएको तल्लो तहका अधिकारी पठाएको आरोप लगाएको छ भने दुवै पक्षको अडानमा आमूल परिवर्तन आएको छैन । रुसले युक्रेनलाई सेप्टेम्बर २०२२ मा मस्कोले कब्जा गरेको दाबी गरेका चार युक्रेनी क्षेत्रहरूबाट प्रभावकारी रूपमा पछि हट्न आग्रह गरेको छ ।

युक्रेनले युद्धविरामपछिसम्म कुनै पनि क्षेत्रमा वार्ता गर्न अस्वीकार गरेको छ र क्रिमियासहित कब्जा गरिएको क्षेत्रमाथि रुसको दाबीलाई मान्यता नदिने बताएको छ । जेलेन्स्कीका अनुसार रुसले कुनै ठूलो सफलता बिना अझै पनि मोर्चाका धेरै भागमा अगाडि बढ्ने प्रयास गरिरहेको छ ।

युक्रेनले आफ्ना सैनिकका लागि हतियार पठाउन र युक्रेनी शहरहरूमा दैनिक रुसी आक्रमणको सामना गर्न आफ्ना पश्चिमी समर्थकहरूसँग आग्रह गर्दै आएको छ । जेलेन्स्कीले युरोपेली देशहरूलाई अमेरिकी हतियार खरिद गर्न र किएभलाई दिन अनुमति दिने सम्झौताको एक भागको रूपमा आफ्नो देशले १० प्याट्रियट हवाई रक्षा प्रणालीका लागि कोष सुरक्षित गर्न काम गरिरहेको बताए । 

“संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिले यी प्रणालीहरू हस्तान्तरण गर्ने छन्, हामीलाई बेच्नेछन् । हाम्रो काम सबै १० प्रणालीका लागि कोषको जमघट गर्नु हो,” जेलेन्स्कीले भने ।युक्रेनले जर्मनीबाट दुई र नर्वेबाट एक गरी तीन वटा प्रणालीका लागि रकम सुरक्षित गरिसकेको उनले बताए । जेलेन्स्कीले वासिङ्टन र किएभले युक्रेनलाई संयुक्त राज्य अमेरिकालाई ड्रोन उपलब्ध गराउन १० देखि ३० अर्ब डलरको सम्झौतामा सहमत भएको पनि बताए । 

आलोचकलाई स्पष्टिकरण दिने अवसर

जेलेन्स्कीले भने, “उहाँ युद्धको मुद्दामा केन्द्रित हुनुहुन्छ किनकि अहिले युक्रेनमा पहिलो मुद्दा युद्ध हो ।” तर भ्रष्टाचार विरोधी दुई निकायको स्वतन्त्रता खारेज गर्ने कानुन पारित भएपछि उनले विरोध प्रदर्शनको सामना गरिरहनुभएको छ । यो कानुन पारित भएपछि युक्रेनमा रुसको आक्रमणपछिको सबैभन्दा ठूलो सार्वजनिक विरोध प्रदर्शन सुरु भएको थियो र किएभका युरोपेली सहयोगीहरूले आलोचना गरेका थिए ।

जेलेन्स्कीले भने, “मानिसहरूले केही नचाहँदा वा कुनै कुरा मन नपराउँदा प्रतिक्रिया दिनु सामान्य कुरा हो ।” जेलेन्स्कीले भने, “मेरो लागि यो धेरै महत्वपूर्ण थियो, हामीले सुन्यौं र पर्याप्त प्रतिक्रिया दियौं ।” त्यसपछि सरकारले युक्रेनको राष्ट्रिय भ्रष्टाचारविरोधी ब्यूरो (एनएबीयू) र विशेष भ्रष्टाचार विरोधी अभियोजक कार्यालय (एसएपीओ)जस्ता भ्रष्टाचार विरोधी निकायको स्वतन्त्रता बहाल गर्ने उद्देश्यले एक विधेयक पेश गरेको छ ।

जेलेन्स्कीप्रति वफादार रहेको संसद्ले कानुनको मस्यौदालाई अनुमोदन गर्छ कि गर्दैन त्यो भने हेर्न बाँकी नै छ । विवादास्पद कानूनको किएभका युरोपेली सहयोगीहरूले आलोचना गरेका छन् । उनीहरूले यस कदमले युक्रेनको युरोपेली सङ्घमा सामेल हुने प्रयासको लागि महत्वपूर्ण भ्रष्टाचार विरोधी सुधारलाई कमजोर पार्न सक्ने चिन्ता व्यक्त गरेका थिए । “हामी युरोपको हिस्सा बन्न चाहन्छौँ । कोही पनि जोखिम मोल्न तयार छैनन्,” जेलेन्स्कीले भने ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending