Khabar Dabali २५ श्रावण २०८३ सोमबार | 10th August, 2026 Mon
Investment bank

रास्वपाले 'नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरु गर्दै', मन्त्रीले महिनामा एकपटक जनतासँग प्रत्यक्ष संवाद गर्ने

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिकका गुनासा, सुझाव र अपेक्षालाई सरकारको नीति निर्माण तथा कार्यान्वयनसँग जोड्न ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।

रास्वपाले आगामी भदौ पहिलो सातादेखि कार्यक्रम सुरु गर्ने जनाएको छ। पार्टीका सहमहामन्त्री असिम शाहद्वारा जारी विज्ञप्तिअनुसार कार्यक्रममार्फत सरकारमा सहभागी रास्वपाका मन्त्रीहरूले महिनामा कम्तीमा एकपटक पार्टीको केन्द्रीय कार्यालयमा उपस्थित भएर नागरिकसँग प्रत्यक्ष संवाद गर्नेछन्।

कार्यक्रमलाई दुई चरणमा सञ्चालन गरिने रास्वपाले जनाएको छ। पहिलो चरणमा साँझ ५ बजेदेखि ६ बजेसम्म मन्त्रीहरू आम नागरिकका लागि खुला रहनेछन्। उक्त समयमा नागरिकले आफ्ना समस्या, गुनासा, अपेक्षा तथा सुझाव प्रत्यक्ष रूपमा राख्न सक्नेछन्।

दोस्रो चरणमा साँझ ६ बजेदेखि मन्त्री, पार्टीको केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्यहरूबीच संयुक्त बैठक हुनेछ। पहिलो चरणमा नागरिकबाट प्राप्त सुझावका आधारमा देशका समसामयिक, बहुआयामिक तथा नीतिगत विषयमा छलफल गरिने पार्टीले जनाएको छ।

रास्वपाका अनुसार कार्यक्रमको मुख्य उद्देश्य नागरिक, सरकार र पार्टी संगठनबीचको समन्वयलाई प्रभावकारी बनाउनु हो। नागरिकका मुद्दालाई प्रभावकारी ढंगले सम्बोधन गर्न साझा राजनीतिक रणनीति निर्माण गर्ने, मन्त्रीहरूलाई प्रत्यक्ष रूपमा जवाफदेही बनाउने र वास्तविक समस्याका आधारमा राष्ट्रिय नीति तथा कानुन निर्माणमा पार्टीको धारणा तय गर्ने लक्ष्य राखिएको छ।

त्यस्तै, नागरिक, पार्टीको संगठनात्मक तह, संसदीय दल र सरकारमा रहेका प्रतिनिधिबीच प्रभावकारी सूचना तथा कार्ययोजनाको आदानप्रदान गर्ने उद्देश्य पनि कार्यक्रमको रहेको रास्वपाले जनाएको छ।

पार्टीले लोकतन्त्रको मर्म निर्वाचित नेतृत्व निरन्तर नागरिकको निगरानी, सुझाव र सम्पर्कमा रहनु भएको उल्लेख गर्दै जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कार विकास गर्न कार्यक्रम सुरु गर्न लागेको जनाएको छ।

बैठकका क्रममा उनले क्युबाले नाकाबन्दी र विभिन्न कठिनाइको सामना गर्दै अघि बढेको भन्दै प्रशंसासमेत गरे। ‘क्युबाले कठिनाइलाई साहसका साथ सामना गरेको छ। नाकाबन्दीलाई मर्यादाका साथ झेलेको छ,’ उनले भने।

अन्तर्राष्ट्रिय कम्युनिस्ट तथा मजदुर पार्टीहरूको बैठकमा नेपालमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमसँगै विश्व शक्ति–संघर्ष, समाजवाद र वामपन्थी दलबीचको सहकार्यबारे ज्ञवालीले नेपालको धारणा प्रस्तुत गरेका हुन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिनिधिसभा बैठकमा चार विधेयक प्रस्तुत हुँदै, दुई मन्त्रीसँग सांसदको प्रश्नोत्तर

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको सोमबार बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत हुने भएका छन्। बैठकमा दुई मन्त्रीसँग सांसदको मन्त्रालयगत प्रश्नोत्तर...

विशेष महाधिवेशनले कांग्रेस कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी कमजोर बनेको र अहिले फुटको अवस्थामा पुगेको बताएका छन्। आ...

दोलालघाटबाट बेपत्ता ६७ वर्षीया तिलकुमारीको शव सुनकोशीमा भेटियो

काभ्रेपलाञ्चोक । काभ्रेको भुम्लु गाउँपालिका–८ दोलालघाटबाट बुधबार साँझ बेपत्ता भएकी ६७ वर्षीया तिलकुमारी पराजुलीको शव ओखलढुंगास्थित सुनकोशी नदीमा फेला ...

माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै

चितवन । चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको काम अघि बढेको छ । नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्याल...

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

काठमाडौँ । खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार अनुगमन तीव्र ...

आगामी निर्वाचनको तयारी थाल्न महामन्त्री आचार्यको आग्रह

रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रूपन्देहीले शनिबार भैरहवामा विभिन्न कार्यक्रम आयोजना गर्दै पार्टी संगठन विस्तार र आगामी निर्वाचनको तय...

तुलसीपुरमा एम्बुलेन्स दुर्घटनामा डेढ महिने शिशुको मृत्यु

दाङ। तुलसीपुर उपमहानगरपालिकाको एम्बुलेन्स दुर्घटना हुँदा डेढ महिने शिशुको मृत्यु भएको छ । शनिबार राति करिब ९ बजे तुलसीपुर–११ उरहरीमा हलवार स्वास्थ्...

नेतृत्व फेरे प्रधानमन्त्री नै बन्छु भन्नेले पनि हार्ने परिस्थिति आयो: नेता महत

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले चुनावअघि पार्टीको नेतृत्व परिवर्तन गरे कांग्रेसले आमनिर्वाचनमा जित हासिल गर्दै सरकार गठन गर्ने भन्ने...

हामी कानुनी रूपमा बलिया छौँ, सर्वोच्चको आदेशबाट नडराउन सभापति थापाको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको वैधानिकता र विशेष महाधिवेशनबारे सर्वोच्च अदालतले पुनरवलोकनको अनुमति दिएको विषयलाई सहज रूपमा लि...

ठेक्का लागेर पनि रोकियो तटबन्ध : सुस्तावासीको श्रमदानमै छ गाउँको भरोसा

पश्चिम नवलपरासी। तीनतर्फबाट भारत र एकतर्फबाट उर्लंदो नारायणी नदी। सुस्ताको भूगोल जति संवेदनशील छ, यहाँका बासिन्दाको दिनचर्या उस्तै जोखिमपूर्ण छ। बर्से...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending