काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपालले हालै गम्भीर राजनीतिक अस्थिरताको चरण पार गरेको बताएका छन्। उनले देशभित्रको असन्तोषलाई उपयोग गर्दै बाह्य शक्तिहरूले राजनीतिक अस्थिरता निम्त्याउन खोजेको दाबीसमेत गरेका छन्।
क्युबामा सम्पन्न कम्युनिस्ट तथा मजदुर पार्टीहरूको २५औँ अन्तर्राष्ट्रिय बैठकलाई सम्बोधन गर्दै ज्ञवालीले जेनजी आन्दोलनपछि नेपालको राजनीतिक तथा सामाजिक परिस्थितिमा आएको परिवर्तनबारे धारणा राखेका हुन्।
उनका अनुसार जेनजीको आन्दोलनका रूपमा सुरु भएको प्रदर्शन पछि हिंसा र विनासतर्फ मोडिएको थियो। प्रदर्शनका क्रममा सार्वजनिक संस्थाहरू आक्रमणको निशाना बनेको, ऐतिहासिक सम्पदामा क्षति पुगेको तथा लोकतान्त्रिक संरचना कमजोर भएको उनले बताए।
ज्ञवालीले आफ्नो मन्तव्यमा २४ भदौको घटनाक्रमबारे समेत चर्चा गरेका थिए। उनले उक्त घटनापछि निर्वाचित सरकार ढलेको र संसद् विघटन भएको उल्लेख गरे।
‘देशभित्रको असन्तोषलाई उपयोग गरेर बाह्य शक्तिहरूले राजनीतिक रूपमा अस्थिरता ल्याउन खोजेकोमा हामी धेरै चिन्तित छौँ,’ ज्ञवालीले बैठकमा भनेका थिए।
यद्यपि, उनले नेपाली जनता लोकतान्त्रिक प्रक्रियामा सहभागी भइरहेको र जनताको मतप्रति विश्वास कायम रहेको बताएका छन्।
अन्तर्राष्ट्रिय बैठकमा ज्ञवालीले बदलिँदो विश्व शक्ति–संघर्ष र वामपन्थी पार्टीहरूबीचको सहकार्यका विषयमा समेत धारणा राखेका थिए। उनले विश्व राजनीतिमा देखिएको नयाँ शक्ति सन्तुलनका बीच वाम पार्टीहरूबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
ज्ञवालीले समाजवादी सिद्धान्त र कार्यक्रमको आवश्यकताबारे विभिन्न तथ्य प्रस्तुत गर्दै त्यसको औचित्य पुष्टि गर्ने प्रयास गरेका थिए।
बैठकका क्रममा उनले क्युबाले नाकाबन्दी र विभिन्न कठिनाइको सामना गर्दै अघि बढेको भन्दै प्रशंसासमेत गरे। ‘क्युबाले कठिनाइलाई साहसका साथ सामना गरेको छ। नाकाबन्दीलाई मर्यादाका साथ झेलेको छ,’ उनले भने।
अन्तर्राष्ट्रिय कम्युनिस्ट तथा मजदुर पार्टीहरूको बैठकमा नेपालमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमसँगै विश्व शक्ति–संघर्ष, समाजवाद र वामपन्थी दलबीचको सहकार्यबारे ज्ञवालीले नेपालको धारणा प्रस्तुत गरेका हुन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २४ गते, २०८३ - १५:२०
पश्चिम नवलपरासी। तीनतर्फबाट भारत र एकतर्फबाट उर्लंदो नारायणी नदी। सुस्ताको भूगोल जति संवेदनशील छ, यहाँका बासिन्दाको दिनचर्या उस्तै जोखिमपूर्ण छ। बर्से...
श्रावण २४ गते, २०८३ - १५:१०
काठमाडौँ। संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । पार्टी सभापति गगनकुमार थापाको अध्यक्षतामा पार्टी केन...
श्रावण २४ गते, २०८३ - १५:००
काठमाडौँ। ३२औँ विश्व आदिवासी दिवसको अवसरमा आइतबार विभिन्न कार्यक्रम आयोजना गरि मनाइएको छ । ‘प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचानसहितको सम...
श्रावण २४ गते, २०८३ - १४:४४
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति नागरिकमा तीन प्रकारको धारणा देखिएको बताएका छन्। उनले नागरिकसँगको संवादका...
श्रावण २४ गते, २०८३ - १४:३३
लमजुङ। लमजुङको राइनास नगरपालिका–६ फूलबारीमा एक वृद्वाको घाँटी रेटेर हत्या भएको छ । ७५ वर्षीया काली सार्की घरभित्रै हत्या भएको अबस्थामा फेला परेको ह...
श्रावण २४ गते, २०८३ - १४:११
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिकका गुनासा, सुझाव र अपेक्षालाई सरकारको नीति निर्माण तथा कार्यान्वयनसँग जोड्न ‘नागरिक, नीति र ने...
श्रावण २४ गते, २०८३ - १३:४०
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपालले हालै गम्भीर राजनीतिक अस्थिरताको चरण पार गरेको बताएका छन्। उनले देशभित्रको असन्तोषलाई उपयोग...
श्रावण २४ गते, २०८३ - १३:३२
काठमाडौँ । ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पतालको आईभीएफ सेन्टरमा १७ वर्षीया किशोरीको डिम्ब निकालिएको घटनामा वरिष्ठ स्त्रीरोग तथा आईभीएफ विशेषज्ञ ...
श्रावण २४ गते, २०८३ - १३:१०
दैलेख। दैलेखमा एक युवक आफ्नै डेराको कोठामा मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार नारायण नगरपालिका–६ स्थित डेराको कोठा...
श्रावण २४ गते, २०८३ - १२:४८
बुटवल । तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह गोरुसिंगे जंगलमा मृत फेला परेका छन्। ६५ वर्ष...



प्रतिकृया लेख्नुहोस्: