Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

नेपाली राजनीतिको ब्राण्ड कमरेड प्रचण्ड: वर्षमान पुन

खबरडबली संवाददाता

काठमाडाैं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले  आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली राजनीतिको ब्राण्ड भएको बताएका छन् ।

पार्टी सम्वद्ध अखिल क्रान्तिकारीले शनिबार राजधानीमा गरेको कार्यक्रममा पुनले प्रचण्डले आफूलाई रुपान्तरण गर्न भने जरुरी रहेको बताए । प्रचण्डकै नेतृत्वमा जनयुद्ध, शान्ति प्रक्रिया र संविधान निर्माण भएको र समाजवादको आधार बसाउन अझै केही समय उनको नेतृत्व आवश्यक रहेको उनको भनाइ थियो । ‘हामी अध्यक्ष प्रचण्डको नेतृत्वमा एकताबद्ध र गोलबन्द छौं । कमरेड प्रचण्ड परिवर्तनको राजनीतिको ब्राण्ड हो, हामीले उहाँलाई ब्राण्डका रुपमा स्थापित गरेका छौं । उहाँको ब्राण्ड भ्यालु राम्रो छ ।’

यद्यपि अध्यक्ष प्रचण्डले पनि आफलाई रुपान्तरणको  प्रयत्न भने गर्नुपर्ने पुनले बताए । पुनले पटकपटक मन्त्री, सांसद् भएका र दशक अघिदेखि पार्टीको महत्वपूर्ण भूमिकामा रहेका नेताहरुले बिग्रिएको जति दोष प्रचण्डको थाप्लोमा हालेर उमिक्न नपाउने स्पष्ट गरे । ‘कमरेड प्रचण्डले पनि आफूलाई रुपान्तरणको प्रयत्न गर्नुपर्छ । उहाँले त्यो गर्नैपर्छ ।  साथै हामी दोतश्रो तेश्रो तहका नेताहरु छौं ।

अध्यक्षको टाउकोमा सबै हालेर हामी उम्किन पाउँदैनौं’, पुनले भने, ‘हामी पनि कोही अर्थमन्त्री, कोही गृहमन्त्री, कोही ऊर्जामन्त्री, कोही विभिन्न खालका मन्त्री भएका छौं । मन्त्री हुँदा या सांसदमा हुँदा, पार्टीको उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव विभिन्न जिम्मेवारीमा छौं ।

पार्टीलाई राम्रै बनाउने हाम्रो पनि दायित्व हुन्छ । हामीले सरकार र संसदमा हुँदा के राम्रा नराम्रा गर्‍याैं ? गर्न हुने र न हुने गर्‍याैं ? हामी आफूतिर पनि फर्कन तयार हुनुपर्छ । समीक्षा गरेर आन्दोलनलाई अगाडि बढाउन हामी तयार पनि छौं ।’ कमजोरी भएका ठाउँमा आत्मालोचना गरेर आफूलाई सच्याउनुपर्ने भन्दै पुनले सापेक्षित रुपमा नेपालका अन्य दलको तुलतामा माओवादी केन्द्रका अध्यक्ष र नेताहरु अरुभन्दा असल र मुलुकको हितप्रति इमान्दार रहेको दाबी गरे ।

दोश्रो तहका नेताहरुले पहिलो र पछिल्ल्लो पुस्ताबीच समन्यव र सन्तुलन मिलाएर पार्टीलाई गतिशिल बनाउने भूमिका खेल्नुपर्ने उनले बताए । ‘अनुभवी र परिपक्व पहिलो पुस्ता र जोश जाँगर भएको तेश्रो पुस्तालाई मिलाउँदा पार्टी संगठन गतिशिल हुन्छ ।

हामी दोश्रो पुस्ताका नेताहरुले अहिले त्यही भूमिका खेल्नुपर्छ । एकांकी रुमपा पुरानो ज्ञानले मात्र आजको दुनियाँ चल्दैन । नयाँ र पुराना पुस्ताले मात्र पनि चल्दैन । सबैतिर भत्काउँछु, सबै खत्तम, यो खत्तम, ऊ खत्तम म मात्र सही भनेर जता पनि ठोक्ने, जता पति गडगडाउने गरेर हुँदैन ।’

फरक प्रसंगमा पुनले सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी ओलीको निरंकुश, स्वेच्छाचारी र भ्रष्ट प्रवृत्तिले जनताको बलमा सत्ताच्युत भएका प्रतिगामी शक्तिले टाउको उठाउने जमर्को गरेको आरोप लगाए । उनले ओलीले अहिलेको प्रणालीमाथि विगतदेखि नै आक्रमण गर्दै आएको भन्दै फेरि संसद विघटन गर्न सक्ने दाबी गरे । ‘निरंकुश र स्वेच्छाचारी प्रवृत्तिका केपी ओली नेतृत्वको वर्तमान सरकार बनेको एक  वर्षमा राज्य दोहन र भ्रष्टाचार डरलाग्दो रुपमा बाहिर आएको छ ।

प्रधानमन्त्री सबै पार्टीलाई तोडफोड गरेर साइजमा राख्न र विपक्षीलाई तर्साउन तल्लिन हुनुहुन्छ । आफ्नो कुर्सीमाथि खतरा आइपर्दा उहाँले फेरि संसद् विघटन गर्ने तयारी गर्नुभएको छ भन्ने सुन्नमा आएको छ । यसअघि दुईपटकसम्म गरेको संसद विघटन सही थियो भन्ने पुष्टि गर्न उहाँले त्यो काम नगर्नुहोला भन्न सकिँदैन’, पुनले भने । उनले ओलीजस्तै प्रवृत्तिका पुराना पार्टी र नेताका अयोग्यता, भ्रष्टाचार र स्वेच्छाचारी कार्यशैली देखाएर व्यवस्था नै खराब भन्ने स्थापित गर्न खोजिएकाले परिवर्तन पक्षधर शक्तिहरु एकजुट हुनुपर्ने उल्लेख गरे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: