Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

बाढीलेमोटर गुड्ने पुल बगाएपछि स्ट्रेचरमा बिरामीको उद्धार

खबरडबली संवाददाता

फुङलिङ। बाढीलेमोटर गुड्ने पुल बगाएपछि ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा स्ट्रेचरमा बोकेर बिरामीको उद्धार गरिएको छ । फक्ताङलुङ गाउँपालिकाको विभिन्न क्षेत्रमा रहेको बेलिब्रिज तथा अस्थायी काठेपुल बाढीले बगाएका कारण स्थानीयले बोकेरै बिरामीको उद्धार गरेको हो । 

फक्ताङलुङ गाउँपालिका –५ तापेथोक र ६ लेलेप जोड्ने रानीपुल र तापेथोकमै रहेको ताम्मावाखोलाको अस्थायी काठेपुलमा बाढीले क्षति पुगेपछि स्थानीयले सास्ती खेप्नुपरेको छ । 

यस्तै, मर्कामा गएराति फक्ताङलुङ –६ लुङथुङका स्थानीय परेका छन् । करिब ३० वर्षीया महिला पेम्बा शेर्पा सिकिस्त बिरामी परेपछि स्थानीयले घण्टौँसम्म बोकेर उहाँको उद्धार गरेका छन् । स्थानीय तेन्जिङ वालुङ शेर्पाका अनुसार करिब ३ घण्टा निरन्तर बोकेर गाडी सञ्चालन हुने क्षेत्रसम्म लगेर बिरामीलाई जिल्ला अस्पतालमा भर्ना गरिएको छ । लेलेपको लुङथुङदेखि तापेथोकको ताम्मावाखोलासम्म बिरामीलाई स्ट्रेचरमा बोकेर उद्धार गरिएको छ । बेलुकी साढे ८ बजे बिरामीलाई बोकेर हिँडेको टोली करिब मध्यराति १२ बजेमात्र गाडीको सुविधा भएको ठाउँ ताम्मावाखोलामा पुगेको थियो । 

गाउँमा रहेको करिब १५ जना युवाको समूहले महिलालाई बोकेर मध्यराति गाडी भएको स्थलसम्म पुर्‍याएका थिए । बिरामी पुर्‍याएर फर्किएको समूह अहिले बिहान ७ बजेमात्र घरगाउँ पुगेको स्थानीय शेर्पाको भनाइ छ । स्थानीयका अनुसार बाढीले पुल बगाएपछि यातायात ठप्प हुँदा खाद्यान्नलगायतका सामग्री बोकेर लानुपर्ने बाध्यता छ । 

भूगोल हिसाबले जिल्लाको सबैभन्दा ठुलो पालिका फक्ताङलुङ गतवर्ष पनि सबैभन्दा धेरै प्रभावित बन्दा ४ जना मानिसले ज्यान गुमाएका छन् । यसवर्ष बाढीले नै फक्ताङलुङ गाउँपालिकाको थाक्पाखोलाको काठेपुल र माइक्रोहाइड्रोमा क्षति गरेको छ । जसका कारण अझै पनि सयौँ परिवार विद्युत् सेवाबाट वञ्चित भएका छन् । जसको निर्माण कार्य जारी रहे पनि सम्पन्न हुन अझै महिनौँ दिन लाग्ने स्थानीयले बताएका छन् । 

यता बाढीले पुल बगाएर सदरमुकाम फुङलिङसँगको सडक सञ्जाल टुटेकाले पालिकामा निर्माणाधीन जलविद्युत् आयोजनासँग समन्वय गरी तत्काल मर्मत गर्ने योजनामा रहेको पालिका उपाध्यक्ष रविन साम्रा लिम्बू ९बिकास० ले जानकारी दिए। उनका अनुसार मौसमका कारण मर्मतको कार्य प्रभावित भएकाले ढिलाइ भइरहेको छ ।     

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाही-४ मा सभापति गगन थापाको वारेसमार्फत उम्मेदवारी दर्ता

सर्लाही । कांग्रेस सभापति गगन थापाले सर्लाही-४ बाट मनोनयन दर्ता गराएका छन् । आफू टिकट वितरणमा व्यस्त भएपछि सभापति थापाले वारेसमार्फत उम्मेदवारी दर्ता ...

रवि लामिछानेले वारेसबाट दर्ता गरे उम्मेदवारी

चितवन। आगामी प्रतिनिधि सभा निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता गरेक...

रुकुम पश्चिमबाट जनार्दन शर्माले गराए उम्मेदवारी दर्ता

रुकुम । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गरेका छन् । मुख्य नि...

रौतहट-२ मा अफताब आलमका छोराले गराए कांग्रेसबाट उम्मेदवारी दर्ता

रौतहट । रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका स्वर्गीय नेता अफताब आलमका छोरा डा। फिरदोस आलमले उम्मेदवारी दर्ता गराएका छन् । यसअघिको निर्वाचनमा...

दुर्गा प्रसाईं हाजिरी जमानीमा छुटे

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् । सोमबार पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याइएका नागरिक बचाउ महाअभियानका संयो...

रवि लामिछानेसँग पर्सा अदालतले माग्यो १ करोड धरौटी

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग जिल्ला अदालत, पर्साले १ करोड धरौटी माग गरेको छ । सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा...

जगदीश खरेलले गरे ललितपुर-२ बाट उम्मेदवारी दर्ता

काठमाडौं । निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले आगामी निर्वाचनका लागि ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । जेनजी आन्दोलनपछि ...

एमालेलाई नजिस्क्याउन झापाबाट ओलीको चेतावनी

झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्बर ५ बाट मनोनयन दर्ता गरेका छन् ।  मनोनयन दर्ताका क्रममा रास्वपा र ...

ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार उनले झापा...

भक्तपुर–२ मा दीपशिखाको उम्मेदवारी दर्ता (फोटोफिचर)

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले अधिकृतको कार्यालय पुगेर भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending